भारतका लागि राजदूतमा कसले मार्ला बाजी ?
काठमाडौं । दीपकुमार उपाध्यायलाई फिर्ता बोलाइएपछि रिक्त रहेको भारतस्थित नेपाली राजदूत नियुक्तिका लागि गृहकार्य सुरु भएलगत्तै कूटनीतिक वृत्तमा सल्बलाहट सुरु भएको छ । सम्भावित राजदूतका रूपमा पााचजनाको नाम अघि आएको स्रोतले बतायो ।
दुई देशबीचको सम्बन्ध चिसिएको बेला राजदूत नियुक्तिका लागि पठाइने हुादा भारतले तुरुन्तै स्वीकृति (एग्रिमो) दिने नामको खोजी भइरहेको स्रोतको भनाइ छ । ‘मेरो नाम पठाए तुरुन्तै एग्रिमो आउाछ’ भन्ने दाबीसहित प्रतिस्पर्धीहरू दौडमा रहेको उच्च स्रोतले जानकारी दियो ।स्रोतका अनुसार राजदूत नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओली आफैंले छलफल सुरु गर्नुभएको छ । भारतसागको सम्बन्ध संवेदनशील भएका कारण त्यही महत्त्व बुझ्न र बोक्न सक्ने पात्रको खोजी भइरहेको स्रोतले बतायो । स्रोतले भन्यो– ‘त्यसका लागि एमाले र एमाओवादीका शीर्ष नेताका साथै परराष्ट्रमन्त्री कमल थापासाग पनि एक चरण छलफल भएको छ ।’ त्यसक्रममा विभिन्न सूत्रहरूबाट पााच नाम छलफलमा आएको थाहा भएको छ ।
दुई देशबीच सम्बन्ध चिसिएको बेला राजदूत नियुक्तिका लागि पठाइने हुादा भारतले तुरुन्तै स्वीकृति (एग्रिमो) दिने नामको खोजी भइरहेको स्रोतको भनाइ छ । ‘मेरो नाम पठाएमा तुरुन्तै एग्रिमो आउाछ’ भन्ने दाबीसहित प्रतिस्पर्धीहरू दौडमा रहेको उच्च स्रोतले जानकारी दियो ।
डा. भेषबहादुर थापा
स्रोतका अनुसार परराष्ट्रमन्त्री थापाले भारतका लागि सम्भावित राजदूतमा डा. भेषबहादुर थापाको नाम अघि सार्नुभएको छ । सन् १९८० मा अमेरिकाको राजदूत हुादा राजा वीरेन्ऽको भ्रमण गराएर ख्याति कमाउनुभएका थापा सन् १९९६ मा फेरि राजदूत भएर अमेरिका पुगे पनि दुई वर्षमै सन् १९९८ मा राजदूत भएर दिल्ली पुग्नुभएको थियो । स्मरण रहोस्, नेपालमा प्रजातन्त्र बहालीपछि भारतमा राजदूतका रूपमा आफ्नो कार्यकाल पूरा गर्ने एक मात्र राजदूत डा. थापा हुनुहुन्छ । उहााको कार्यकाल झन्डै डेढ वर्ष थपिएको पनि थियो । थापा अहिले सरकारले भारतसाग वार्ता गर्न गठित इमिनेन्ट पर्सन्स ग्रुप (एपीजी) को संयोजक हुनुहुन्छ ।पुराना कूटनीतिज्ञ डा. थापाको भारतीय कूटनीतिक वृत्तमा राम्रै छवि रहे पनि ८० वर्षको उमेरमा चौथोपटक राजदूत बनाएर पठाउने वा नपठाउनेबारे प्रधानमन्त्री ओली निर्णयमा पुग्न सक्नुभएको छैन । नाताले उहाा परराष्ट्रमन्त्री कमल थापाका दाइ पर्नुहुन्छ ।
माधवप्रसाद घिमिरे
लबिङको दोस्रो नम्बरमा पूर्वगृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेको नाम रहेको स्रोतले बतायो । दलहरू आपसी विवादमा फासेर सरकारविहीनता हुने अवस्थामा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गैरराजनीतिक सरकार बनाएर निर्वाचन गराउने योजनाका ‘आर्किटेक्चर’ घिमिरेको नाम अघि सारे भारतबाट सजिलै एग्रिमो प्राप्त हुने विश्लेषण भइरहेको छ । तत्कालीन सरकारको वैधानिक प्रमुख रेग्मी भए पनि मुख्य योजनाकार र सञ्चालक घिमिरेलाई नै मानिन्थ्यो । एकसाथ गृह र परराष्ट्र मन्त्रालयको कार्यभार सम्हालेर नेपालमा नयाा कीर्तिमान राख्नुभएका घिमिरे कम बोल्ने र मिसनमा सफलतापूर्वक लाग्ने व्यक्तिका रूपमा चिनिनिुहुन्छ ।
पूर्वपरराष्ट्रमन्त्री घिमिरेबारे माओवादी त्यति सकारात्मक हुन नसकेको स्रोतको भनाइ छ । गत निर्वाचनमा आफूलाई ‘अदृश्य धााधली गरेर हराइएको’ दावी गर्दै आएको माओवादीले त्यसका लागि तत्कालीन सरकारका हर्ताकर्ता गृहमन्त्री घिमिरेलाई मुख्य दोष दिादै आएको छ ।
भीम उदास
त्यसैगरी, संयुक्त राष्ट्रसंघमा कामको अनुभव हासिल गरेर केही समयअघि नेपाल फर्किनुभएका भीम उदासको नाम पनि सम्भावित राजदूतको सूचीमा छ । विश्व खाद्य कार्यक्रमको प्रमुख भएर अफ्रिकी मुलुकहरूका साथै म्यान्मारमा समेत अनुभव हासिल गर्नुभएका उदास व्यावसायिक र गैरराजनीतिक व्यक्तिका रूपमा चिनिनुहुन्छ । रेग्मी सरकारका पालामा पनि उहााको नाम राजदूतका रूपमा चर्चामा आएको थियो । उहााकी छोरी सुम्निमा उदास सीएनएनको वरिष्ठ सम्वाददाताका रूपमा दिल्लीमा रहेको र राहुल गान्धीलगायतका भारतीय राजनीतिको उच्च पंक्तिसाग सहज पहुाच रहेका कारण सजिलो हुने तर्क गरिादै आएको छ ।गैरआवासीय नेपाली अभियानको सुरुका अभियन्तामध्येका एक उदास भोजपुरका बासिन्दा भएका कारण शीतल निवासबाट सहयोग प्राप्त हुने र लाजिम्पाटको पहिलेदेखिकै ‘सफ्ट कर्नर’ कायम रहने विश्वासमा रहेको बताइन्छ ।
डा. निश्चलनाथ पाण्डे
सार्कका विषयमा विद्यावारिधि गर्नुभएका र भारतीय बौद्धिक वर्गसाग सम्बन्ध विस्तार गर्दै गर्नुभएका डा. निश्चलनाथ पाण्डेको नाम पनि राजदूतका रूपमा बालुवाटार पुगेको स्रोतले जानकारी दियो । उहााका पिता रमेशनाथ पाण्डे परराष्ट्रमन्त्री भइसकेको र भारतमा उहााका व्यक्तिगत मित्रहरूसमेत रहेका कारण एग्रिमो तुरुन्त आउनेमा वालुवाटारलाई विश्वास दिलाउन खोजिएको स्रोतले बतायो ।
शंकरदास वैरागी
प्रधानमन्त्री ओलीलाई राजनीतिक खिचातानी र लफडामा नफसी परराष्ट्र सचिव शंकरदास बैरागीलाई राजदूत बनाएर दिल्ली पठाउन पनि सुझाव प्राप्त भएको छ । सार्कका सबै मुलुकका परराष्ट्र सचिवहरू राजदूत भएर भारत जाने चलनजस्तै भएको र परराष्ट्र सचिवलाई नै राजदूत बनाएर पठाउादा भारतलाई स्वीकार गर्न पनि सजिलो हुने भएका कारण उहााको नाम अघि सारिएको बताइन्छ ।
स्रोतका अनुसार अहिल्यै कसलाई पठाउने भन्नेबारे प्रधानमन्त्री ओलीले कुनै मनस्थिति बनाइनसके पनि दौडमा रहेका व्यक्तिहरूको सम्भावनाबारे भने छलफल जारी छ ।
यसअघि भारतले राजदूतमा प्रस्तावित दुईजनाको नाममा एग्रिमो नदिएको उदाहरण छ । ०६५ सालमा पुष्पकमल दाहालका पालामा प्रस्तावित डा. चन्ऽकान्त पौडेल (हाल योजना आयोग सदस्य) र ०६८ मा डा. बाबुराम भट्टराईका पालामा प्रस्तावित राम कार्की (हाल सांसद)को नाम भारतले अस्वीकृत गरेको थियो ।
चीनमा निवर्तमान परराष्ट्रमन्त्री महेन्ऽबहादुर पाण्डेलाई पठाउन लागिएको र भारताट भर्खरै फिर्ता गरिएका उपाध्याय पनि पूर्वमन्त्री भएका कारण प्रोटोकलमा पनि ख्याल गरेर छिमेकमा सन्तुलन मिलाउनुपर्ने बाध्यता सरकारमाथि छ । एक चरणको छलफलमा पूर्वमन्त्री डा. प्रकाशचन्ऽ लोहनीको नाम आए पनि उहााले इच्छा नगरेको बताइन्छ ।
गैरराजनीतिक, व्यावसायिक र तटस्थ व्यक्ति पाउन गाह्रो भएका कारण कसलाई राजदूत बनाउने भन्ने निर्णय हुन सकेको छैन । स्रोतका अनुसार अब एक–दुई दिनमा संसदीय सुनुवाइका लागि नियमावली बनेसागै अरू २२ जना राजदूतको नाम सुनुवाइमा पठाउादा भारतका लागि पनि नाम प्रस्ताव गरेर पठाउने सरकारको योजना छ ।
विगतमा भारतले रोकेको थियो एग्रिमो
यसअघि भारतले राजदूतमा प्रस्तावित दुईजनाको नाममा एग्रिमो नदिएको उदाहरण छ । ०६५ सालमा पुष्पकमल दाहालका पालामा प्रस्तावित डा. चन्ऽकान्त पौडेल (हाल योजना आयोग सदस्य) र ०६८ मा डा. बाबुराम भट्टराईका पालामा प्रस्तावित राम कार्की (हाल सांसद) को नाम भारतले अस्वीकृत गरेको थियो ।
अरू पनि छन् एग्रिमो रोक्ने
दाहालकै सरकारका पालामा अमेरिकाका लागि राजदूतमा प्रस्तावित सुखदेव साह र फ्रान्सका लागि प्रस्तावित पम्फा भुसालका ती मुलुकले एग्रिमो दिएका थिएनन् । त्यतिबेलै बेलायतका लागि प्रस्तावित रामस्वार्थ रायका नाममा ढिलो गरी एग्रिमो आए पनि सरकार ढलिसकेका कारण उनको नियुक्ति रोकिएर डा. सुरेशचन्ऽ चालिसे राजदूत बनेको थियो भने राम कार्कीका नाममा फ्रान्सले पनि ढिलो गरी एग्रिमो दिए पनि माधव नेपाल सरकारले आफूसाग तिक्त सम्बन्ध रहेका माओवादी पार्टीका नेताको साटो परराष्ट्रका सहसचिव मोहनकृष्ण श्रेष्ठलाई राजदूत बनाएर फ्रान्स पठाएको थियो ।
पञ्चायतकालमा डा. मोहम्मद मोहसिनका नाममा साउदी अरबियाले एग्रिमो नदिएको एक मात्र उदाहरण छ । साउदी अरेबियाले नै हालै जेद्दाका लागि प्रस्तावित सहसचिव सुरेश अधिकारीका नाममा पनि एग्रिमो पठाएन । ६ महिना परराष्ट्रमा हाजिर गरेर कुरेका उनी अहिले सूचना तथा सञ्चार मन्त्रालय पुगेका छन् ।
महावाणिज्यदूतमा पनि विलम्ब
सरकारले चार महिनाअघि भारतको कलकत्ताका लागि महावाणिज्यदूतमा नियुक्त गरेर सहसचिव एकनारायण अर्यालको नाम पठाए पनि भारतले अझै एग्रिमो दिएको दिएको छैन । उनीसाग नियुक्त सहसचिवद्वय गोविन्द कार्की (ल्हासा) र कमल भट्टराई (हङकङ)ले कार्यभार सम्हालेको दुई महिना पुगिसकेको छ । स्रोतका अनुसार भारतले ढिलो गरेर आफ्नो असन्तुष्टि जनाए पनि कर्मचारी भएका कारण उनको एग्रिमो भने रोकिनेछैन ।
सम्बन्धित समाचार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
-
नारायणघाट–मुग्लिन सडक मर्मत तयारी: एमसीए–नेपालद्वारा महत्वपूर्ण ओरिएन्टेसन कार्यक्रम
-
कालीगण्डकी नदीमा रैथाने माछाको विविधता: स्वाद, पोषण र प्राकृतिक शुद्धताको प्रतीक
-
नेपालमा सम्बन्ध विच्छेदको दर दोब्बर, हरेक १० विवाहमध्ये एक टुट्दै
-
नेपालमा चेरी खेतीको भविष्य उज्यालो, पहाडी जिल्लामा ठूलो सम्भावना
-
विद्यार्थी ठगीको आरोपमा ९५ कन्सल्टेन्सीमा प्रहरीको आकस्मिक अपरेशन
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपाली कांग्रेसको निर्देशन : २१ जेठभित्र क्रियाशील सदस्यता नवीकरण अनिवार्य
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
Leave a Reply