डिआइजी बढुवामा मनोमानी
काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआइजी)को बढुवा सिफारिसमा चरम अन्याय भएको भन्दै असन्तुष्टी बढेको छ । बढुवामा अन्याय भएको भन्दै दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अदालत जाने तयारीमा समेत लागेका छन् । बढुवाको सिफारिसमा नपरेका एसएसपीद्वय लव विष्ट र बलराम शर्मा पौडेलले न्यायका लागि अदालत जाने निर्णय लिएको स्रोतले बतायो ।
बढुवा समितिले केही दिनअघि मात्रै एसएसपी गणेश केसी, रमेश भट्टराई र केदारमान सिंह भण्डारीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।
सो सिफारिसमा आफूहरूमाथि गम्भीर घात हुनुका साथै कार्यसम्पादन मूल्यांकनसमेत नभएको कारण न्यायका लागि अदालत जाने निर्णय गरिएको बताइन्छ । कामलाई भन्दा अन्य विषयलाई नै प्राथमिकता दिई बढुवाको सिफारिस गरेका कारण अदालत जानुपर्ने बाध्यता आएको विष्टको भनाइ छ । त्यसो त आफु सिफारिसमा नपरेपछि एसएसपी विष्टले सामाजिक सञ्जालमार्फत पनि आफ्नो असन्तुष्टी पोखेका थिए । उनले सोमबार आफ्नो फेसबुक वालमा लेखेका थिए, ‘वास्तवमा नेताको चाकडी गरेर पाइने डिआइजीपी पद मैले नस्विकारेकै हो । बढुवा समितिका एआइजीपीले समेत दौडधुप गर्न सल्लाह दिएका थिए । यो देशका नेताहरू मैले पनि चिनेको थिएँ तर मैले भेटिनँ । म सधैं आफ्नो कर्तव्यमा विश्वास गर्छु र सधैं गरिरहनेछु । कसैको चाकडी र निगाहबाट प्राप्त हुने विषय मेरो रोजाइमा पर्ने छैन । जय नेपाल । ’
एसपीबाट एसएसपीमा बढुवा हँुदा विष्ट पहिलो नम्बरमा थिए । तर, डीआईजी बढुवाको सिफारिसमा आफूलाई अन्यायपूर्वक फालिएको विष्टको दाबी छ ।
प्रहरी महानिरीक्षकको प्रत्यक्ष मातहतमा रहेको प्रहरी कल्याणकारी कोषमा काम गरिरहेका विष्ट पछिल्लो समय विवादमा आएका थिए । उनले कल्याण कोषमा सुधार गर्नुको साटो आफुखुसी त्यसको साधन स्रोत दुरूपयोग गर्ने र पहुँचवालालाई तेल लगायतको प्रवन्ध गर्ने काम गर्दै आएका थिए ।
सिफारिस समितिबाट आफूमाथि अन्याय भएको भन्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई उनीहरूले उजुरी गरिसकेको बुझिएको छ । बढुवा समितिले एकजना डीआईजीको पद रिक्त भए पनि मंगलबारबाट ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउन लागेका दुई डीआईजीको पद रिक्त हुने जनाई तीनजनाको सिफारिस गरेको थियो । डीआईजीद्वय हेमन्त मल्ल ठकुरी र केशव अधिकारीले उमेर हदका कारण मंगलबारबाट अनिर्वाय अवकाश पाएका छन् ।
उनीहरूले अवकाश पाउनुअगावै बढुवा समितिले तीनजनालाई डीआईजीमा सिफारिस गरेको हो । एकजना मात्र बढुवा हुँदा प्रहरी महानिरीक्षक अर्यालले एसएसपी गणेश केसीलाई डीआईजी बढुवा गर्न चाहेका थिए । त्यसो त केसी पनि विवादमा नआएका भने होइनन् । माधवकुमार नेपाल नेतृत्वको सरकारका पालामा गृहमन्त्री भएका भीम रावलले केसीलाई महानगरीय प्रहरी परिसरको प्रमुखबाट ठाडो आदेशमा हटाएका थिए । त्यो बेला केसीले मोटो रकम लेनदेन गरेको प्रमाण सहितको उजुरी तत्कालिन गृहमन्त्री रावल समक्ष परेको थियो ।
यो पटकको बढुवामा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एसएसपी रमेश भट्टराईलाई जसरी पनि सिफारिसमा पार्न दबाव दिएको बुझिएको छ । उनी पिताम्बर अधिकारी भन्दा अघि ललितपुर जिल्लाको इन्चार्ज हुँदा दिँउसै जाँड खाएर कार्यालयमा भेटिएको भन्दै अहिले पनि केही सेवाग्राहीले चर्चा गर्छन् । गृहमन्त्रीको यस्तो दबावपछि आइजीपी अर्यालले मध्यमार्गी बाटो अवलम्बन गर्दै तिनै जनालाई समेटेको बताइएको छ । प्रहरीमा विवादका कारण लामो समयसम्म बढुवाको सिफारिस नै हुन सकेको थिएन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply