एआईजी खनाललाई फौजदारी अभियोग !
काठमाडौं । ‘गुन्डा नाइके’ गणेश लामामार्फत तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारलाई प्रभावमा पारी एक नम्बरको डीआईजीमा बढुवा हुँदै प्रतिस्पर्धीभन्दा एक वर्षअघि एआईजी भएका शैलेन्द्र खनालमाथि फौजदारी अभियोग लाग्ने भएको छ । सशस्त्र प्रहरी बलले चार वर्षअघि एपीसी खरिद गर्ने टेन्डर गरेर ठेक्का दिइसकेपछि रद्द गरेको विषयमा ठेकेदारले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।
सुरुमा जिल्ला अदालत काठमाडौंबाट ठेकेदार पराजित भएपछि उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले ठेकेदारको पक्षमा फैसला गर्दै टेन्डर परेको कम्पनीबाट एपीसी खरिदको आदेश दिएको थियो । तर, उक्त आदेश पालना गर्नुको साटो अदालतविरुद्ध नै सशस्त्र प्रहरी बलमा माइन्यूट भएको थियो । अदालतविरुद्ध माइन्युट भएपछि कल्याणकारी सेवा केन्द्रका अध्यक्षसमेत रहेका प्रशासन विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) प्रेमकुमार शाही र शान्ति मिसन हेर्ने मानवस्रोत विकास विभाग प्रमुख एआईजीपी शैलेन्द्र खनालसहित चार जनालाई अदालतले मानहानिमा पत्र काटेको छ । अदालतको मानहानी फौजदारी अपराधमा पर्दछ । एक वर्षअघि बढुवा भए पनि आईजीपी नहुने चिन्तामा उनी वाम गठबन्धनका नेताहरूको घरघरमा धाउन थालेका छन् । एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनी एक महिनाअघि सपत्नी पुगेका थिए । तर, चुनावमा कांग्रेस नेताहरू चन्द्र भण्डारी र विजय गच्छदारलाई मात्र सहयोग गरेको सूचना वामनेताहरूसम्म पुगेको छ । पहिला काठमाडौंमै घर हो भन्ने खनाल अहिले गुल्मीका नेताहरूलाई गुल्मी घर भन्छन् त काठमाडौंका नेताहरू प्रकाशमान सिंहलगायतलाई काठमाडौंकै भएकाले जसरी पनि आईजीपी हुनुप¥यो काठमाडौंको कोही भएको छैन भन्ने गरेको बताइन्छ । उनको घर पनि प्रकाशमान सिंह जितेकै काठमाडौंको क्षेत्र नम्बर १ मा पर्दछ । उनले भ्रष्टाचार गरेको पैसा मिटर ब्याजमा आफ्ना साला अर्चन जोशीमार्फत विभिन्न व्यवसायमा समेत लगानी गर्दै आएका छन् । आफ्नो व्यक्तिगत स्वार्थपूर्तिका लागि गोप्य सूचनाहरू भारतीय दूतावासमा समेत बिक्री गर्नेमा उनी सशस्त्रभित्र चिनिँदै आएको बताइन्छ ।
उनले गच्छदारलाई सहदेव कक्षपतिसँगको सम्बन्धका कारण भिनाजु भन्ने गर्दछन् । कक्षपति गच्छदारका सालो नाता पर्ने भएकाले खनाल भिनाजुको नाता लगाउने गर्दछन् । चुनावअघि अमेरिकाबाट फर्किनासाथ उनी गच्छदारलाई आर्थिक सहयोग गर्न सुनसरी नै पुगेको कुरा सार्वजनिक भएको थियो । उनी हरेक नेता र प्रशासनका उच्च अधिकारीलाई एउटा न एउटा नाता लगाउन खप्पिस छन् ।
ती अधिकारीका अनुसार संगठन प्रमुखलाई गुमराहमा राखेर अदालतविरुद्ध माइन्युट गर्न लगाउने र फैसला कार्यान्वयन नगर्ने काममा एआईजीद्वय खनाल, शाहीसहितका चार अधिकृत लागेपछि उच्च अदालतले उनीहरूलाई पत्र काटेको थियो ।
(क्षमाप्रार्थी छौं ः यस समाचारको प्रिन्ट संस्करणमा भुलवस् नेपाल प्रहरीका डिआइजी सर्वेन्द्र खनालको तश्वीर पर्न गएकोमा क्षमाप्रार्थी छौं ।)
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply