दिल्लीमै दिल हराएपछि महतोलाई ¥याख¥याख्ती
काठमाडौं । अटेरी स्वभावका नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का निमित्त कार्यकारी–निर्देशक वैद्यनाथ महतोलाई प्रधानमन्त्री कार्यालयले स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री कार्यालयले कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयमार्फत महतोलाई स्पष्टीकरण सोधिएको हो ।
प्रधानमन्त्री कार्यालयले महतोलाई प्रधानमन्त्रीको निर्देशन लत्याउँदै विदेश भ्रमणमा गएको र प्रधानमन्त्रीको भारत भ्रमणका बेला चरम लापरबाही देखाएको हुँदा ती विषयमा स्पष्टीकरण सोधिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरूलाई विदेश भ्रमणमा नजान निर्देशन दिए पनि कार्यकारी–निर्देशक महतो भने वैशाखको पहिलो हप्ता कार्यालयबाट बिदा लिएर मोरक्कोको भ्रमणमा गएका थिए । कृषि तथा भूमिव्यवस्था र सहकारीमन्त्री चक्रपाणि खनालले उनलाई विदेश भ्रमणमा जान स्वीकृत नदिएपछि उनले बिदा मिलाएर नार्कको नाममा आएको निम्तोमा व्यक्तिगत तवरले विदेश भ्रमण गरेका थिए ।
कार्यकारी–निर्देशक महतोले प्रधानमन्त्रीको निर्देशनलाई लत्याउँदै मोरक्कोको एउटा गोष्ठीमा भाग लिन जान केही कर्मचारीलाई स्वीकृति दिएका थिए । उनले वरिष्ठ वैज्ञानिकहरू डा. धु्रव थापा, शेखररमण उपाध्याय र सुरज वैद्य र वैज्ञानिक चेतना मानन्धरलाई मोरक्को जान स्वीकृति दिएका थिए । ती कर्मचारीहरू नार्कको प्रतिनिधित्व गरेर मोरक्को गएका भए पनि महतो भने नार्ककै कोटामा बिदा लिएर उनीहरूसँगै मोरक्को गएका थिए । मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले कार्यकारी–निर्देशक महतोलाई ‘किन विदेश भ्रमणमा गएको ?’ भनी मन्त्रालयमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएका छन् ।
यसैगरी, केही समयअघि सम्पन्न प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला सँगै गएका कार्यकारी निर्देशक महतोलाई लापरबाही देखाएको भन्दै मन्त्रालयले त्यसबारे पनि स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला कृषिसम्बन्धी महŒवपूर्ण सहमति हुने भएपछि नार्कको कार्यकारी निर्देशकको हैसियतले महतोलाई पनि भ्रमणमा सामेल तुल्याइएको थियो । तर, भारतको उत्तराखण्डस्थित प्रसिद्ध पन्तनगर कृषि तथा प्रविधि विश्वविद्यालयमा प्रधानमन्त्रीसँगै जानुपर्नेमा महतो भने गएनन् । उनी पन्तनगर नगई दिल्लीमै बसेका थिए । महतोलाई पन्तनगरमा आयोजना हुने कार्यक्रममा सामेल तुल्याउने हिसाबले भ्रमण दलमा राखिएको थियो ।
पन्तनगरस्थित कृषि विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि पनि प्रदान गरेको थियो । त्यहीँ नै दुई देशबीच कृषिसम्बन्धी सहमति पनि भएको थियो । तर, सो कार्यक्रममा नगई दिल्लीमा नै महतो बसेपछि त्यसबारे प्रस्ट पार्न पनि उनलाई स्पष्टीकरण सोधिएको बताइन्छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply