यस्ता कामले छवी बन्ला र आइजी सा’प ?
काठमाडौं । नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले विगतमा प्रहरीका उच्च अधिकारीहरूसँग निहित अधिकार पनि आफैंले खोसेर संगठनलाई बपौतीजस्तो ठानेको भन्दै आलोचना बढेको छ ।
विगतमा क्षेत्रीय प्रहरी प्रमुखले प्रयोग गर्दै आएको अधिकार मुलुक संघीयतामा गइसकेको अवस्थामा संघीय प्रहरीलाई दिनु पर्नेमा उल्टै खोसेका छन् । अहिले डीआईजीलाई प्रदेश प्रहरी प्रमुखको भूमिका दिइएको छ । उनीहरूले विगतमा क्षेत्रीय प्रहरी प्रमुखले प्रयोग गर्दै आएको अधिकार प्रयोग गर्नमा आईजी खनालले रोक लगाएपछि उनीविरुद्ध असन्तुष्टि बढेको हो ।
विगतमा प्रहरी निरीक्षकसम्मलाई कारबाही गर्ने अधिकार क्षेत्रीय प्रहरी प्रमुखलाई नै हुन्थ्यो । रवीन्द्रप्रताप शाह आईजी हुँदादेखि नै यो अधिकार माथिबाट तल प्रत्योजन गरिएको थियो । तर अहिले त्यो अधिकार आइजी आफैले प्रयोग गर्न थालेका छन् । स्रोतका अनुसार, रूपन्देहीको सालझन्डी र बेलैया इलाका प्रहरी चौकीका प्रहरी निरीक्षकले आचरणविरुद्ध काम गरेको भन्दै त्यहाँका प्रदेश प्रहरी प्रमुखका रूपमा रहेका डीआईजी शेरबहादुर बस्नेतले कारबाहीका लागि स्वीकृति प्रदान गर्न प्रधान कार्यालयलाई लेखिपठाएका थिए । तर, आईजी अर्यालले अझै उक्त अधिकार रोकेर राखी स्वीकृति दिएका छैनन् । यसमा उनको ठूलो स्वार्थ जोडिएको बताइएको छ ।
त्यति मात्र होइन, अहिले आईजी खनालले विभिन्न मालदार क्षेत्रहरूमा विशेष टोली सिधै हेडक्वार्टरबाट खटाउने गर्दै आएका छन् । अझ २ नम्बर प्रदेशमा त सिधै आफ्ना घुमुवाहरू विशेष टोलीका रूपमा खटाउने गर्दा ती घुमुवाले सिंगो प्रहरी संगठनकै बदनाम गरिरहेको बताइएको छ । खासगरी नाका क्षेत्र र तस्करी हुने क्षेत्रहरूमा केन्द्रबाटै विशेष दरबन्दी भन्दै टोली परिचालन गर्दै आएका छन् । त्यस्तो विशेष टोली परिचालन गर्दा पनि प्रदेशकै गर्न सकिनेमा आफ्ना पुराना, विश्वासी र सेटिङमा काम गर्नेहरूलाई छानीछानी पठाँउदाखेरि उनको विश्वसनीयता गुम्दै गएको हो । त्यसरी खटाइएकामध्ये एक हुन सई कृष्णदेव साह । लामो समय धनुषा बसेर अकूत कमाएका साह केही अघि मात्र सरुवा भएकामा आईजी खनालले पुनः उनलाई धनुषा पठाएका छन् ।
साहले धनुषा बसेर असुलीको काममा तीव्रता दिएको बताइएको छ । तीन दिनअघि धनुषाको खजुरी भन्ने स्थानबाट एक अवैध कपडा ओसारिरहेको ट्याक्टर पक्राउ गरेको थियो । त्यो ट्याक्टर त्यहाँका चर्चित तस्कर गठ्ठार मियाँको थियो । साहको टोलीले ट्याक्टर पक्राउ गरेपछि मियाँले ४० लाख रुपैयाँ अन द स्पट साहलाई दिएका थिए । तर त्यो ठाउँमा अन्य प्रहरीहरू पनि रहेकाले पैसा लिन नमानेको बताइएको छ । ती तस्करको सामान पक्रिएर धनुषा प्रहरीलाई जिम्मा लगाइएको छ । यता, यो घटनापछि ती तस्कर भने आफूले जीवनभरि सई साहलाई सहयोग गरेको तर अहिले उसैले अप्ठ्यारो पारेको भन्दै गुनासो गर्दै हिँडिरहेको सुनिन्छ । त्यस्ता घुमुवाहरूको आईजीको सचिवालयमा सिधै सम्पर्क हुने र डिलिङअनुसार काम हुने गरेको स्रोतको दाबी छ ।
यसैबीच, क्यानडाबाट महिला तथा बालबालिका हिंसा र मानव अधिकारसम्बन्धी एक प्रशिक्षणका लागि महिला प्रहरी निरीक्षकलाई निमन्त्रण आएकोमा आईजी खनालले भने गोलमाल गरेका छन् । प्र्रहरीको तालिम केन्द्रले एक इन्सपेक्टरको नाम सिफारिस गरेर आईजीको कार्यालयमा टिप्पणी पठाएकोमा आईजी खनालले भने सो टिप्पणी काटेर एसपी गंगा पन्तलाई सिफारिस गरेका छन् । यो घटनालाई पनि रहस्यमय तरिकाले हेरिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply