मन्त्रीलाई यिनैचाहिँ किन प्यारा ?
काठमाडौं । सामान्यतया निजामती सेवा, प्रहरी, सेना जहाँसुकै पनि अवकाशको मुखमा भएको मान्छेलाई महŒवपूर्ण ठाउँको जिम्मेवारी नदिने परम्परा नै छ । अवकाशको मुखमा महŒवपूर्ण ठाउँ दिनु भनेको लुट्न जा भनेजस्तो हो भन्ने बुझाइ छ । तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार विभागको महानिर्देशकमा अवकाश हुन केही महिना मात्र बाँकी भएका एक विवादास्पद व्यक्तिलाई ल्याएका छन् ।
इमानदार छवि भएका भुवनेश्वर आचार्यलाई हटाएर मन्त्री विष्टले विभागको महानिर्देशकमा गृहमा भएका दिलीप चापागाईंलाई ल्याएका हुन् । उनी कांग्रेस पृष्ठभूमिका मान्छे हुन् । लामो समय एलडीओ भएका उनी कर्मचारी प्रशासनभित्र सबैभन्दा बदनाम एलडीओका रूपमा चिनिन्थे । स्थानीय निकायमा जनप्रतिनिधि नभएको बेला झन्डै सात जिल्लाको एलडीओ भ्याएका उनले त्यही समयमा अथाह पैसा कमाएको बताइन्छ । एलडीओका रूपमा सबैभन्दा पछि उनी रामेछाप जिल्लामा कार्यरत थिए । त्यहीबेला सहसचिव बढुवा भएपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आफूलाई चुनाव जिताउन धनुषाको सीडीओ बनाएर लगेका थिए । निधिलाई चुनाव जिताउन भरमग्दुर प्रयास गरे पनि उनको केही लागेन ।
धनुषामा कांग्रेस नेता निधिको निकट अर्का एक कर्मचारी छन्, जीवनाथ चौधरी । उनी जिविसको लेखापालमा भ्रष्टाचारको आरोप लागेर अहिले पनि निलम्बनमा छन् । विशेष अदालतमा उनको मुद्दा चलिरहेको छ । धनुषाको अपराधको सम्पूर्ण जननी नै सञ्जय टक्ला यिनै चौधरीलाई मानिन्छ । टक्लालाई निधिले नै सिध्याइदिए, तर चौधरीलाई संरक्षण गरे । चौधरीले जानकी मन्दिरको हजारौं बिघा मन्दिर रामतपेश्पर दास भन्ने महन्थसँग मिलेर झ्वाम्प । तिनै चौधरीसँग मिलेर चापागार्इंले धनुषामा अवैध रूपमा सञ्चालित अस्पताल, क्लिनिक आदि सबैसँग पैसा उठाएर करोडौं कमाइसकेको बताइन्छ । यिनै मान्छे अहिले मन्त्री विष्टको प्यारो भएको देख्दा नेकपाका कार्यकर्तासमेत आश्चर्यचकित भएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply