ज्ञवालीको लुटमा अख्तियारको मौनता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ हजारदेखि ५ हजार १० हजार रुपैयाँ घुस लिने खरिदार, सुब्बालाई पक्राउ गरेका समाचार दैनिक आउने गर्दछन् । तर, करोडौं रुपैयाँ भ्रष्टाचार गर्नेका विरुद्ध परेका उजुरी अख्तियारले तामेलीमा हाली उन्मुक्ति दिने गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव धनराज ज्ञवाली त्यस्तै पात्रमध्येका हुन् । नेपाल दूरसंचार प्राधिकरणको बोर्ड सदस्य हुँदा एनसेलसँग करोडौं घुस लिएर उसकै हितमा काम गर्दैआएका उनी अहिले कानुन मन्त्रालयबाट नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को बोर्ड सदस्य छन् । हिजो नियामक निकाय दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्य हुँदा एनसेलको एजेन्ट भएर काम गरेका थिए उनले । तर आज एनसेलको प्रतिस्पर्धी कम्पनी टेलिकमको बोर्ड सदस्य छन् । उनले टेलिकमले गरेका व्यापार प्रवद्र्धनका सबै गोप्य सूचना अहिले पनि एनसेलका सतीशलाल आचार्य समूहलाई दिएर करोडौं लाभ लिइरहेको आरोप छ । कानुन मन्त्रालयका एक अधिकारीका अनुसार दूरसञ्चार प्राधिकरणमा बोर्ड सदस्य भइसकेका सहसचिव ज्ञवालीलाई कानुन मन्त्रालयले टेलिकमको बोर्ड सदस्यमा पठाउनै नहुने हो । तर, दादागिरी देखाएर उनी टेलिकमको बोर्ड सदस्यका रूपमा कार्यरत छन् । प्राधिकरणको बोर्ड सदस्यको म्याद गत वर्ष सकिनासाथ एनसेलको डिजाइनमा उनी टेलिकमको बोर्ड सदस्य भएका हुन् । तर, कानुन मन्त्रालयले भने उनलाई वरिष्ठ सहसचिवलाई पठाउने व्यवस्थाअनुसार टेलिकमको बोर्ड सदस्यमा पठाएको तर्क दिने गरेको छ । वरिष्ठ सहसचिव नै भए पनि नियामक निकायको बोर्ड सदस्य भइसकेका व्यक्तिलाई त्यही निकायले नियमन गर्ने टेलिकमको बोर्ड सदस्य बनाउने कार्यलाई उचित मान्न नसकिने अधिकारी बताउँछन् ।
अस्ट्रेलियाको पीआरवाहक र श्रीमतीदेखि सबै परिवार उतै भएका सहसचिव ज्ञवालीविरुद्ध अख्तियारमा अकूत सम्पत्तिका धेरै उजुरी परेका छन् । विगतमा लोकमानसिंह कार्कीका पालामा परेका उजुरीमा छानबिन सुरु भएपछि उनी उनकै शरणमा परे । र, लोकमानको शरणमा परेपछि उनको निर्देशनअनुसार नेपालको निजामती प्रशासनका उच्च तहका कर्मचारीबारे सबै सूचना दिने काम गर्न थाले । दूरसञ्चार प्राधिकरणका सदस्य उनले एनसेलका सतीशलाललाई लोकमानसँग कनेक्सन मिलाइदिने काम पनि गरेका थिए । अरू पनि धेरै ठूला मुद्दामा लोकमानलाई सूचना दिएर आर्थिक लाभ लिने वातावरण उनले बनाइदिएको अख्तियार स्रोत बताउँछ । लोकमानका सूचकका रूपमा धेरैको सूचना दिएका उनका बारेमा दीप बस्न्यातले प्रमुख आयुक्त हुनासाथ अकूत सम्पत्तिको फाइल पुनः छानबिनको प्रक्रिया सुरु गरेका थिए । तर, दीप बस्न्यातसँग पनि त्वंशरणम् गरी विगतमा लोकमानलाई जस्तै दीपलाई पनि उच्च प्रशासकहरूको सूचना दिएर सहयोग गरे । बस्न्यातले उनको उजुरी तामेलीमा नराखी उनीसँग चाहिएका सबै सूचना लिए । बस्न्यातको अख्तियारबाट बहिर्गमनपछि नवीन घिमिरे प्रमुख आयुक्त भए । घिमिरे प्रमुख आयुक्त भएपछि उनले अख्तियारको अकूत सम्पत्तिको निस्तेज गराउने प्रयास गरिरहेका छन् । वामदेव गौतम गृहमन्त्री हुँदा उनका पीए भएर लिनुसम्म फाइदा लिएका उनले भ्रष्टाचार गरी आर्जित सबै सम्पत्ति अस्ट्रेलियातिर लगिसकेका छन् । लालबाबु पण्डित अघिल्लोपटक सामान्य प्रशासन मन्त्री हुँदा विदेशी डीभी पीआर लिनेलाई जागिर वा विदेशी बसाई अनुमति पीआर एक रोज्न भनेपछि उनले पीआर त्यागेको बताउने गरेका छन् । तर उनी बेलाबेलामा अस्ट्रेलिया गइरहन्छन् । नेपालका शक्तिकेन्द्रसँग निकट रहेका उनले एनसेलका सतीशलालको कनेक्सन नेकपा अध्यक्ष पुष्पकमल दाहालसम्म पु¥याएर पनि लाभ लिन सफल भएका थिए । नेकपाका अध्यक्ष दाहाल र नेकपा नेता वामदेव गौतमलाई एक बनाउने सूत्रधार पनि आफैं भएको फुर्ती गौरवका साथ उनी भन्ने गर्दछन् । बुटबल भएका उनी अहिले भावी प्रधानमन्त्री दाहाल नै हुन् भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको समेत बदख्याइँ गर्दै हिँड्ने गरेको स्रोतले बतायो ।
(सच्चाइएकोः आज प्रकाशित बुधबार साप्ताहिकको यहि समाचारमा ज्ञवालीको घर बुटबल हुनपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । सम्पादक)
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply