फाइदा लेऊ छिमेकीबाट
दिनप्रतिदिन विश्वकै पहिलो आर्थिक महाशक्ति बन्ने दिशातिर हाम्रो छिमेकी मुलुक चीन उन्मुख छ । वर्तमानमा दोस्रो महाशक्तिका रूपमा रहेको चीनले केही दशकभित्र नै अमेरिकालाई उछिन्ने प्रक्षेपण गरिएको छ । जापान, जर्मनीजस्ता विश्वका महाशक्तिहरूलाई उछिन्दै दोस्रो महाशक्तिको रूपमा स्थापित चीनले विकास र समृद्धिको मार्गमा दु्रत गतिमा फड्को मार्दै गइरहेको विदितै छ । र, अबको केही दशकपछि नै पहिलो आर्थिक व्यवस्थायुक्त मुलुकको रूपमा स्थापित हुने निश्चितप्रायः छ ।
चीनले पहिलो अर्थव्यवस्थाको दिशातिर पाइला चाल्नु नेपालीका लागि खुसीको विषय हो । उत्तरतिरको विशाल भूभागमा फैलिएको र विश्वकै धेरै जनसंख्या रहेको मुलुकलाई हामीले छिमेकीको रूपमा पाएका छौं । भूभाग र जनसंख्याले मात्र ठूलो होइन, अब आर्थिक शक्तिका हिसाबले पनि ठूलो बन्दैछ, चीन । छिमेकीको सम्पन्नताको बाछिटाले हामीलाई स्पर्श गरेमात्रै पनि नेपालले पनि समृद्धि र सम्पन्नताको यात्रा तय गर्ने अवसर पाउनेछ । दक्षिणतिरको छिमेकी पनि आर्थिक शक्तिको होडमा कुदिरहेको छ । विश्वको चौथो आर्थिक शक्तिको रूपमा स्थापित भारतले अझ फड्को मार्ने निश्चित छ । तर, विश्वका दुई आर्थिक महाशक्तिको छेउमै उभिएर पनि हामीले अपेक्षाकृत रूपमा समृद्धि र सम्पन्नताको दिशामा आफूलाई डो¥याउन सकेका छौं त ? यस्तो प्रश्न उठ्नु स्वाभाविकै देखिन्छ ।
दुई छिमेकले समृद्ध अर्थतन्त्र निर्माणतिर प्रगति÷उन्नति गर्दै गए पनि हामीले भने आफ्ना छिमेकीहरूबाट अपेक्षाकृत रूपमा फाइदा उठाउन सकिरहेका छैनांै । अझ चीनबाट त सोचेजस्तो फाइदा लिन नै सकिरहेका छैनौं । अढाइ दशकयता चीनको उच्च तहका नेता÷राष्ट्रपतिको भ्रमण गराउन हामी असफल भएका छौं । हरेकपटक गठन भएका सरकारले चिनियाँ अधिकारीहरूसँग ‘तपाईंका राष्ट्रपतिलाई एकपटक नेपालको भूमि टेकाइदिनुस्, हाम्रो भूमि पवित्र हुन्छ’ भन्ने आशयका अनुनय–विनय गर्दै आएका छन् । तर, त्यस्तो अनुनय–विनय खेर गइरहेको छ । चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गराएर नेपालको विकास र समृद्धिमा फाइदा लिने हरेक प्रयत्न खेर गए पनि पछिल्लो समय भने चीनको चासो नेपालप्रति बढ्दै गएकोमा भने खुसी हुनुपर्ने देखिन्छ ।
केही दिनअघि चीनका परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमण अर्थपूर्ण देखिएको छ । सम्भवतः यो भ्रमणमा चीनका राष्ट्रपति सी जिनपिङको नेपालको संक्षिप्त भ्रमणको टुंगो लाग्ने अनुमान गरिएको छ । अढाइ दशकयता चीनको राष्ट्रपतिको नेपाल भ्रमण नभइरहेको सन्दर्भमा राष्ट्रपतिको भ्रमण हुँदा त्यसले द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ उचाइँमा पु¥याउनेमा कुनै दुईमत देखिँदैन । महाशक्ति बन्ने दौडमा अग्रपंक्तिमा रहेको छिमेकी देशको राष्ट्रपतिले विस्तारै समृद्धिको दिशातिर पाइला चाल्न थालिरहेको नेपालजस्तो मुलुकमा उपस्थिति जनाउनुलाई हामीले गहन उपलब्धिको रूपमा लिनुपर्छ ।
पछिल्लो समय नेपाल र चीनबीच केही महŒवपूर्ण विषयमा सम्झौता भएका छन् । खासगरी, २०७२ साल असोजमा नेपालमा संविधान जारी भएलगत्तै भारतले नाकाबन्दी लगाएपछि उत्पन्न समस्या र कठिनाइबाट मुक्ति पाउन नेपालले चीनसँग पारवाहनलगायतका सम्झौता गरेको थियो । त्यस्तै, चीनको अत्यधिक चासो रहेको बीआरआईमा नेपालले दुई वर्षअघि नै सहमति जनाइसकेको छ । बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल–चीन सीमापार रेलवे निर्माणको कुराको टुंगो लागेको थियो र हिमालयपार बहुआयामिक कनेक्टिभिटी सञ्जाल विकास गर्ने तय पनि भएको थियो । उक्त कनेक्टिभिटी सञ्जालमा चीनले नेपालमार्फत अरू देशहरूमा प्रवेश गर्ने बाटोका रूपमा प्रयोग गर्ने उल्लेख छ । तर, समय गुज्रिँदै गए पनि सम्झौता भएअनुरूप कामले गति लिन सकेको छैन ।
मूलतः नेपालले तीन क्षेत्रमा चिनियाँ लगानी र सहयोगको अपेक्षा राख्दै आएको छ । ती हुन्– रेलवे विकास, सडक निर्माण र ऊर्जा क्षेत्र । यी परियोजनाहरू बीआरआईअन्तर्गत परेका छन् । पछिल्लो समय ऊर्जा क्षेत्र र सडक निर्माणमा चिनियाँ सहयोग र लगानी अपेक्षाकृत रूपमा भित्रिइरहेका छन् । तर, रेलवे विकास दुवै देशको प्राथमिकता परे पनि त्यसले गति लिन सकेको छैन । दुई देशबीच रेल जोडिनेबित्तिकै त्यसले चीनसँग नेपालको पहुँच र सम्पर्क झन् नजिक हुने निश्चित छ । भौगोलिक विकटताका कारण अहिले छिमेकी मुलुक भए पनि चीन जति टाढा लाग्छ, रेलवे सञ्जाल विस्तार हुनेबित्तिकै त्यो दूरी कम हुने पक्का छ । यसले दुवै देशको व्यापार विस्तारका साथै पर्यटनलगायत क्षेत्रको विकासमा समेत उल्लेखनीय सहयोग पुग्ने निश्चित छ । तसर्थ, अब नेपालले आफ्ना छिमेकीहरूसँग फाइदा लिनुको विकल्प देखिँदैन । त्यसमा नै नेपालको विकास र समृद्धि जोडिन पुगेको छ ।
सम्बन्धित समाचार
-
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
-
आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply