दूतावास धाउनेलाई चोख्याउने कसरत
काठमाडौं । सशस्त्र प्रहरीका डिआइजी प्रविण श्रेष्ठले झुट बोलेको स्पष्ट भएको छ । संगठनको नियम र कुटनीति प्रचलन विपरीत गोप्य रूपमा भारतीय दूतावासमा गाडीसहित भेट्न पुगेको समाचार सार्वजनिक भएपछि विवादमा आएका श्रेष्ठ यसअघि पनि लगातार भारतीय दूतावासमा पुगिरहने गरेको पुष्टि भएको छ । उनले एक तालिमबाट फर्किएपछि सोसम्बन्धी छलफल गर्नका लागि कार्यालयको अनुमति लिएर दूतावास पुगेको दाबी गरे पनि उक्त दाबी नक्कली भएको प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।
त्यसो त कूटनीतिक आचारसंहिताविपरीत गोप्य रूपमा भारतीय दूतावास गएका डिआइजी श्रेष्ठमाथि गृह मन्त्रालयले छानविन थालिसकेको बताइएको छ । आइजी खनालले विश्वास गरेर आफ्नो सचिवालयमा राखी प्रवक्ताको समेत जिम्मेवारी दिएका सुरज श्रेष्ठको नातामा दाजुभाइ पर्ने भएकाले उनलाई कारबाहीबाट चोख्याउन प्रधान कार्यालयले नै कसरत गरिरहेको बताइन्छ ।
डिआइजी श्रेष्ठ गत ६ मंसिरको दिउँसो बा२झ २३९० नम्बरको सरकारी गाडी चढेर लैनचौरस्थित भारतीय दूतावास गएका पुगेका थिए । पौने ३ बजे दूतावास छिरेका उनी ४ बजे निस्किएका थिए । यस विषयमा आइतबार गृह मन्त्रालयका उच्च अधिकारीबीच छलफल भएको छ । सचिव प्रेमकुमार राईले डिआइजी श्रेष्ठमाथि छानबिन सुरु गरी स्पष्टीकरण सोध्ने तयारी भएको बुझिएको छ ।
उनी हाल सशस्त्रको कमान्ड एन्ड स्टाफ कलेजमा कार्यरत छन् यसअघि बढी कमाइ हुने भएकाले माथिको सेटिङ मिलाएर उनी २ नम्बर प्रदेश को बाहिनीपति भएका थिए । कुनै पनि सरकारी कर्मचारीले विदेशीसँग भेट्न अनुमति लिनुपर्छ । सुरक्षा निकायको उच्च पदमा रहेका व्यक्ति त्यसरी दूतावास जानुलाई गम्भीरताका साथ लिनुपर्ने बताइन्छ । परराष्ट्र मन्त्रालयले बनाएको कूटनीतिक आचारसंहिता, २०६८ मा को दफा १० (२१) मा सार्वजनिक ओहोदामा रहेको व्यक्तिले औपचारिक कार्यक्रम वा विधिगत स्वीकार गरिएको निमन्त्रणाबाहेक नेपालस्थित कूटनीतिक नियोग वा निवासमा प्रवेश गर्न नहुने उल्लेख छ । त्यसो त आइजी खनाल पनि पटकपटक स्यान्ट्रो कार चढेर बडिगार्ड समेत नलिइ दूतावास छिर्ने गरेको समाचार पुष्टि भइसकेको छ । अहिले आइजी खनालले ब्रिफिङ गर्नका लागि श्रेष्ठलाई दूतावास पठाएको चर्चा चलेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply