भ्रमण वर्ष २०२० लाई सफल पार्न राजनीतिक दलहरुको साझा प्रतिवद्धता
काठमाडौं । नेपालका सबै राजनीतिक दल तथा तीनका भातृसंगठनहरुले नेपाल भ्रमण वर्षलाई भव्यतापसर्वक सम्पन्न गर्न आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । विहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले मन्त्रालयकै कार्यकक्षमा आयोजना गरेको राजनीतिक दल र तीनका भातृसंगठनका प्रमुख तथा प्रतिनिधीहरुसँगको छलफल कार्यक्रममा सो प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले भ्रमर्ण वर्षको सन्दर्भमा अहिलेसम्म भएको प्रगतिबारे जानकारी गराउँदै २०७२ को महाभुकम्पको बेला मुलुकलाई त्यो पिडाबाट माथि उठाउन राजनीतिक दलहरुले जुन खालको एकता प्रर्दशन नगरेका थिए, फेरी मुलुकको समृद्धिका लागि भ्रमण वर्ष २०२० लाई भव्यतापुर्व सम्पन्न गर्न त्यस्तै खालको साझा एकता र प्रतिवद्धता जनाउन आग्रह गर्नुभएको थियो । मुलुक संवैधानिक सर्वोच्चतासहितको राजनीतिक स्थायित्वमा प्रवेश गरको उल्लेख गर्दै उहाँले भन्नुभयो–‘अब राजनीतिक एजेण्डामा धेरै विमति छैन । अबको हाम्रो मुख्य लक्ष्य र कार्यभार भनेको आर्थिक समृद्धि नै हो, त्यसका लागि पर्यटन क्षेत्र मूल आधार हो ।’ उहाँले राजनीतिक दलका अब बन्ने घोषणापत्रमा पनि पर्यटन क्षेत्रलाई प्राथामिकतामा राख्न र राजनीतिक दल र तीनका भातृ संगठनले आफ्ना कार्यकर्ता लाई पर्यटन प्रवद्र्धनका काममा लगाउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले भ्रमण वर्षलाई प्रभावकारी र परिणाममुखी बनाउनु सरकार र मन्त्रालय विशेषको मात्र काम नभएर राष्ट्रिय अभिभारा भएकाले त्यहि अनुरुप नेकपाका सब नेता कार्यकर्ताले कार्य सम्पादन गर्ने बताउनु भयो । उहाँले भ्रमण वर्षको उद्घाटनलाई भव्य बनाउन मन्त्रालयले प्रस्तुत गर्ने अपेक्षा अधिकतमरुपमा पुरा गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले भन्नुभयो–‘भ्रमण वर्षको अवधिभर नेकपाका अध्यक्षसहित सबै नेता, कार्यकर्ता तथा सदस्यहरु अवैतनिक स्वयंसेवककारुपमा सक्रिय रहनेछन् ।’ भ्रमण वर्ष २०२० मा आउने प्रत्येक पर्यटकले नेपाल एकपटक गएर पुग्ने नभइ पटक–पटक गइरहनु पर्ने गन्तव्य हो भन्ने सन्देश दिनसक्नुपर्ने बताउनु भयो ।
नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री मोहनबहादुर बस्नेतले नेपालले धेरै राजनीतिक उतार चढाव भोगिसकेकाले अब आर्थिक समृद्धिमा एकतावद्ध भएर लाग्नु पर्ने बताउनु भयो । भ्रमण वर्ष २०२० को सफलता भनेको सबैको सफलता भएकाले आफ्नो पार्टीका नेता तथा कार्यकर्ता सबै यो कामलाई आफ्नो काम भनेर लागिपर्ने उहाँको भनाइ थियो । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले भ्रमण वर्षलाई समग्र देशको तश्वीर झल्कने गरि प्रचार प्रसार गर्नुपर्ने बताउनुभयो । नीजगढ अन्तराष्ट्रिय विमानस्थल जसरी पनि बनाउने मन्त्रीको प्रतिवद्धताप्रति खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो–‘नयाँ केहि काम गर्दा सानातिना विध्न वाधा आउँछन् तर राज्यको दायित्व यसलाई पन्छाएर अघि वढ्नु हो ।’ उहाँले आफ्नो सिंगो पार्टी पंक्ति भ्रमण वर्ष सफल पार्न प्रतिवद्धभएर लाग्ने बताउनुभयो । त्यस्तै राष्ट्रिय प्रजातनत्र पार्टीकि नेतृ रोशन कार्की, राष्ट्रिय जनमोर्चाकि नेतृ तथा सांसद दुर्गा पौडेल, समाजवादी पार्टीका नेता रमेश श्रेष्ठ विभिन्न राजनीतिक दलका भातृ संगठनका नेताहरुले पनि भ्रमण वर्षलाई सफल बनाउन सक्दो योगदान दिने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव केदारबाबु अधिकारी तथा पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपका जोशीले भ्रमण वर्षको तयारी तथा गन्तव्यहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply