जो मन्त्री आए पनि यामकुमारीबाट धुरुक्कै
काठमाडौं । जीवनभर नेपाली कांग्रेसनिकट रहेर लिनुसम्म फाइदा लिएकी उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले पछिल्लो समय नेकपाको चाकडी गर्न कुनै कसर बाँकी राखेकी छैनन् । उपसचिव हुँदादेखि उद्योग मन्त्रालयमै जरा गाडेर बसेर रजगज गर्दै आएकी उनले मन्त्रालयका सानातिना निर्णय गर्नुअघि पनि त्यसको सूचना प्रधानमन्त्री कार्यलयलाई दिएर तालुकदार मन्त्रीलाई नै हैरान पार्ने गरेकी छिन् । मन्त्रालयमा बसेर सचिव खतिवडाले गर्ने सुराकी थाहा पाएपछि तत्कालीन मन्त्री मातृका यादवका उनीसँग कहिल्यै राम्रो सम्बन्ध भएन । मन्त्री यादवको पद गुम्नुका पछाडि सचिव खतिवडाको पनि केही न केही हात रहेको बताइन्छ । अहिलेका उद्योगमन्त्री लेखराज भट्टलाई पनि खतिवडाले हैरान बनाएको बताइन्छ । अहिले पनि उनको सुराकीको काम थाहा पाएपछि मन्त्री भट्टले उनलाई सरुवा गरिदिन प्रधानमन्त्रीसमक्ष पटकपटक आग्रह गरिसकेको बुझिएको छ । मन्त्रीले धेरै कचकच गरिसकेपछि उनको प्रधानमन्त्री कार्यलयमै सरुवा गर्ने तयारी भएको थियो । तर, उनले बरु महिला मन्त्रालय भए पनि जाने, मन्त्रालयबाहेक अन्त नजाने अड्डी कसेपछि उनलाई महिला मन्त्रालयमै पठाउने तयारी भएको बुझिएको छ । त्यसका लागि अहिले महिला मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई प्रधानमन्त्री कार्यलयमा लगेर सो ठाउँमा खतिवडालाई पठाउने तयारी भएको हो ।
त्यति मात्र होइन, अहिले उद्योगमा छँदा आफूलाई अनुचित आर्थिक लाभमा मद्दत गरेका कर्मचारीको भइसकेको सरुवा बदर गराउन पनि उनी घुँडा धसेर लागिपरेकी छन् । केही दिनअघि सामान्य प्रशासन मन्त्रालयले ३४ जना उपसचिवको विभिन्न प्रदेशमा सरुवा गरेको थियो । ती उपसचिवहरू कोही पनि अहिलेसम्म खटाएको ठाउँमा गएका छैनन् । त्यो सरुवामा जसमा उद्योग मन्त्रालयका विमल बराल, लोकबहादुर बस्याललगायत पनि थिए । अहिले उनीहरूको सरुवा बदर गराउनुप¥यो भन्दै खतिवडाले सामान्य मन्त्रालयका सचिव यादव कोइरालासँग हारगुहार गर्ने गरेको स्रोतले बतायो । बेलाबेलामा सचिव कोइराला खाजा खान खतिवडाकै कार्यकक्षमा जाने गरेको मन्त्रालयले स्रोतले बतायो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply