ईश्वरको ‘हिरो’ हुने रहर
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा सरकारका उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेलले हिरो हुने रहरले फेरि पछिल्लोपटक सिंगो राजनीतिलाई तरंगित बनाइदिएको छ । बैठकमा भएका छलपलमा चुँसम्म नबोल्ने तर बाहिर निस्कनासाथ सूचना चुहाएर राजनीतिक कद बढाउन खोज्ने उनको शैलीमा अझै ब्रेक लागेको छैन ।
विगतमा पार्टी एकता प्रक्रियाविरुद्ध पनि सामाजिक सञ्जालमा अन्ठसन्ठ लेख्दै एकता प्रक्रियालाई नै अवरुद्ध गर्ने प्रयत्न गरेका उनले पछिल्लो समय संविधान संशोधनसम्बन्धी कार्यदल गठनको विषयलाई आफू हिरो बन्ने औजारका रूपमा उपयोग गरेका छन् । स्रोतका अनुसार सचिवालय बैठकमा जब यस सम्बन्धी छलफल चलिरहेको थियो, त्यहाँ उनी एक शब्द पनि बोलेनन् । चुप बसे । तर, बैठक सकेर बाहिर निस्कनासाथ केही सञ्चारकर्मीलाई आफंैले फोन गरेर सूचना प्रवाह गरे । जब विषय छरपस्ट रूपमा बाहिर आयो, सर्वत्र त्यो कुराको आलोचना भयो अनि ट्विट गरेर आफूलाई पानीमाथिको ओभानो बनाउन तम्सिए । उनले लेखे, ‘अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुन सक्ने कुरा गर्दै आएकाभित्रैबाट यतिबेला एकाएक संविधान संशोधनको कुरा सुनिँदैछ । मानिसहरू उदेक मान्दैछन् ! केका लागि संशोधन ! खराखरी बहस गर्ने बेला आएजस्तो छ । कुरा लुकाएर, ढाँटछल गरे । कति दिन चल्छ– कसरी चल्छ ? राजनीति गरिन्छ, जुवा खेलिन्न ।’
सचिवालय बैठक मात्र होइन, मन्त्रिपरिषद् बैठकमा पनि संवेशनशील विषयमा हुने छलफलमा नबोल्ने र बाहिर आएर बैठकमा के विषयमा छलफल भयो, कसले के भने सारा कुरा बाहिर चुहाउने गरेको शंका वर्तमान मन्त्रिपरिषद्का अधिकांश सदस्यले पोखरेलमाथि नै गर्दै आएका छन् । पार्टी एकतापछि आफू पार्टी भूमिकामा आफूलाई पछि पारेको अनुभूति गरेका उनले आफ्नो प्रभाव बढाउने प्रयासका रूपमा यस्ता छिचरा काममा संलग्न हुन थालेको बताइन्छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply