अस्थिरताको खेती
नेपालको राजनीतिक परिदृश्यमा सबभन्दा धेरै मौलाउने खेती हो– भविष्यवाणी । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र पछिल्लो समय उत्पन्न अन्तरविरोधलाई लिएर अधिकांशले भविष्यवाणी गर्दै भने– अब नेकपामा विभाजन आउँछ, २०५४ साल दोहोरिन्छ । अर्को तप्काले भविष्यवाणी गरे– अब प्रधानमन्त्रीले मध्यावधि निर्वाचन घोषणा गर्नेछन् । राष्ट्रपतिबाट मनोनयन हुने राष्ट्रियसभाको एउटा सिटमा नेकपाका उपाध्यक्ष वामदेव गौतम र अर्थमन्त्री डा. युवराज खतिवडामध्ये कसलाई चयन गर्ने भन्ने सवालमा पार्टी र सरकारबीच मतैक्य नदेखिएपछि यस्ता अनेक भविष्यवाणी, अनुमान र प्रचारबाजीले बितेको साता राम्रै बजार पायो । कथित भविष्यवेत्ताहरूले मूलतः दुई कुरामा जोड दिए– पार्टी विभाजन र मध्यावधि निर्वाचनको घोषणा ।
गौतम र डा. खतिवडामध्ये कसलाई राष्ट्रियसभामा लैजाने ? भन्नेमा नेतृत्वबीच राम्रै बहस सिर्जना भएकोमा दुईमत छैन । अर्थमन्त्रीमा डा. खतिवडालाई निरन्तरता दिने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना रहेको हुँदा प्रधानमन्त्री स्वयं नै उनलाई राष्ट्रियसभामा लैजाने अडानमा रहे । तर, नेकपाको सचिवालयले भने उपाध्यक्ष गौतमको नाम सिफारिस गरेपछि त्यसले विवादको भुमरी निम्त्यायो । नेतृत्व तहमा रहेकाहरू दुई पात्रको पक्षमा फरक–फरक कित्तामा स्पष्टतः नै उभिन पुगे ।
तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा गठन भएयता नेतृत्व तहबीच पेचिलो बहस र विवाद निम्तिएको यो नै पहिलोपटक हो । त्यो पनि कुनै सैद्धान्तिक, वैचारिक विषयमा नभएर कुन पात्रलाई राष्ट्रियसभामा लैजाने भन्ने विषयमा विवाद देखियो । तर, सरकारको नेतृत्व गरिरहेको एउटा पार्टी अध्यक्षको रोजाइमा एउटा पात्र पर्नु र अर्का अध्यक्षको रोजाइमा अर्का पात्र पर्नुले केही समस्याचाहिँ निश्चितै उत्पन्न हुन पुगेको प्रस्टै हो । अझ पार्टीले निर्णय गरिसकेपछि त्यसलाई सरकारले अक्षरशः पालना गर्नुपर्छ भन्ने तार्किक बहस पनि जन्मियो ।
सत्तारूढ नेकपाभित्रको विवाद सतहमा पोखिएसँगै अनेक भविष्यवेत्ताहरू भविष्यवाणी गर्न तम्सिए । यो कुनै उदेकलाग्दो विषयचाहिँ थिएन । विवाद साम्य होला र एउटा निकास लेला भन्ने कुरालाई पूरै नजरअन्दाज गरेर भविष्यवेत्ताहरूले नयाँनयाँ भविष्यवाणी र अनुमान गरेर आत्मरतिमा डुब्ने मौका पाए र उनीहरूलाई त्यस्तो अवसर नेकपाका शीर्ष तहका नेताहरू दिए पनि । आखिर सडकमै बिस्कुन सुकाएपछि रमितेहरूले थपडी बजाउनु कुनै अचम्मको कुरा पनि होइन ।
नेकपाभित्र देखिएको पछिल्लो विवादलाई लिएर राजनीतिक अस्थिरता निम्त्याउन चाहने तŒवहरू सल्बलाउन पुगेको यथार्थलाई लुकाउनु निश्चय नै गल्ती हुनेछ । देशमा राजनीति अस्थिरता, भाँडभैलो निम्त्याउन चाहने तŒवहरू पहिलादेखि नै सक्रिय थिए र उनीहरू त्यस्तो अवसरको खोजीमा तल्लीन थिए । अस्थिरता चाहने तŒवहरूलाई दुई शक्तिशाली कम्युनिस्ट पार्टीबीच एकता भएको सुरुदेखि नै मन परिरहेको थिएन । एकताको बेलादेखि नै ती तŒवहरू नेकपामा विभाजन आएको हेर्न चाहन्थे । दुई शक्तिशाली कम्युनिस्ट पार्टीबीच एकता हुनु भनेको देशमा राजनीतिक स्थिरता, शान्ति कायम हुनु हो भन्ने कुरा ती तŒवहरूले राम्ररी नै ठम्याइसकेका थिए र उनीहरू जसरी भए पनि अस्थिरताको खेती गर्न चाहन्थे ।
सत्तारूढ नेकपा विभाजित हुने र देश मध्यावधि निर्वाचनमा जाने दुवै प्रायोजित हल्ला त थिए नै, यी हल्लाको अन्तर्यमा अरू केही लुकेको पाइँदैन । मात्र राजनीतिक अस्थिरता निम्त्याउने खेल लुकेको देखिन्छ । एउटा शक्तिशाली कम्युनिस्ट पार्टी फुट्नु राजनीतिक अस्थिरताको द्योतक हुँदै हो र देशलाई मध्यावधि निर्वाचनमा धकेल्नु झन् ठूलो अस्थिरता हो । तसर्थ, कथित भविष्यवेत्ताहरूले पूरै तौलेर र जोखेर नै प्रायोजित हल्ला पिटाइएको स्पष्टै देखिन्छ ।
अतः देशमा राजनीतिक अस्थिरता निम्त्याउन चाहेन तŒवहरूको वास्तविक प्रयत्नबारे सत्तारुढ नेकपाका नेतृत्व तह समयमै सजग हुनु जरुरी देखिन्छ । ती तŒवहरूको कुत्सित चाहना के हो भन्नेबारे पनि नेतृत्वले बुझ्नु आवश्यक छ । साथै, एउटा जीवन्त र क्रियाशील पार्टीमा बहस, वादविवाद र अन्तरविरोधहरू उत्पन्न हुन्छन् । तर, त्यसलाई सही ढंगले निरूपण र व्यवस्थापन गर्ने दक्षता पनि नेतृत्व तहले विकास गर्नु आवश्यक देखिन्छ ।
सम्बन्धित समाचार
-
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात
-
आठौं पटक मन्त्रिपरिषद विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा एनपी साउद
- कर्णालीको हावा
- भुमरीमा फसेको राजनीति
- झन् निरंकुश, झन् स्वेच्छाचारी
- ओली कदमले निम्त्याएका जटिलता
- नैतिकताको खडेरी
- हठात मनस्थितिको उपज
- असफल तीन वर्षे ओलीकाल
- स्वेच्छाचारिताको पराकाष्ठा
- अमर्यादित प्रधानमन्त्री
- आन्दोलन निर्विकल्प
Leave a Reply