नापीका हाकिम: घुस लिने, रिस्क नलिने
काठमाडौं । नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख नारायण रेग्मीले कुनै पनि कामको जवाफदेहिता नलिने तर दिनभर भएका कामको फाइल गनेर घुस लिने गर्दै आएका छन् । उनी दिनभर प्रायः कार्यालयमा आउँदैनन् तर बेलुका फाइल गनेर घुसको हिस्सा माग्ने गरेको बुझिएको छ । तर कुनै पनि मिसिल र लिखतमा उनले सही गर्दैनन् । कुनैबेला डिल्लीबजार नापीका प्रमुख कृष्णप्रसाद सापकोटा पनि दिनभर कार्यालय नआउने र बेलुका घुस लिन मात्र आउने गर्थे । त्यही सिको रेग्मीले ललितपुरमा गरेका छन् ।
ललितपुर नापी कार्यालयमा पाँचवटा नापी अधिकृतको दरबन्दी छ । दुईवटा अद्यावधिक र तीनवटा नापी टोलीसमेत गरी पाँचवटा दरबन्दी छन् । तर दरबन्दी अनुसारका नापी अधिकृतलाई आउनै नदिई सर्भेक्षकलाई टोली प्रमुखका रूपमा खटाएका छन् । नापनक्साका लागि तीन टोली हुनुपर्नेमा एउटा पनि गठन गरिएको छैन । उनले कार्यालयमा चारजना नापी अधिकृत हुँदाहुँदै दुईवटा टोलीमा पनि सर्वेक्षकलाई नै जिम्मेवारी दिएका छन् । सर्वेक्षकलाई नै दिने भए नापी अधिकृतको दरबन्दी किन चाहियो भन्ने प्रश्न पनि उठिरहेको छ ।
कार्यालय प्रमुख रेग्मीले सर्वेक्षक सन्तोष झा र सन्तोष यादवमार्फत दिनभर कसले कुन कुन काम गरे, कति घुस लिए भनेर रिपोर्ट लिन्छन् । र, त्यहीअनुसार भागबन्डा माग्ने गरेका छन् । यसरी कार्यालय प्रमुखले आफूले कुनै पनि कागजातमा दस्तखत नगरेपछि सरकारी सार्वजनिक जग्गा दर्ता हुनु स्वाभाविक हो । सार्वजनिक जग्गा दर्ता भए पनि आफूले दस्तखत नगरेपछि भोलिका दिनमा अख्तियारजस्ता निकायले छानबिन गरे पनि जोगिन सकिने भएकाले रेग्मी पन्छिने गरेका छन् । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कार्यालय प्रमुखलाई जवाफदेही बनाउन अनुगमन गर्न ढिला भइसकेको ललितपुर नापीकै कर्मचारी स्रोत बताउँछ । कार्यालयबाट हुने कार्यसम्पादनको जिम्मोवारी कार्यालय प्रमुखले लिनेगरी अनुगमन प्रणाली चुस्त बनाउनेतिर मन्त्रालय र विभागको ध्यानकेन्द्रित हुन आवश्यक छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्याल स्याङ्जाकै भएकाले पनि रेग्मीले त्यसको लाभ लिँदै दस्तखत नगरी घुस संकलन गर्ने कार्य गर्दै आएको बताइन्छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply