सुधारको दिशामा नेपाल–भारत सम्बन्ध
काठमाडौं । नाकाबन्दी र नेपाली भूमि अतिक्रमणका कारण भारतप्रति नेपाली जनतामा नकारात्मक विम्ब यथावत् रहेका बेला त्यसलाई चिर्नेगरी दुई देशबीचको सम्बन्ध सुधारको पहल अगाडि बढेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अविश्वास, आशंका र नकारात्मक बिम्ब हटाएर नेपालसँगको सयौं वर्षदेखिको जनस्तरको सम्बन्ध प्रगाढ बनाउने कुरामा प्रतिबद्ध रहेको संकेत गरेका छन् ।
खासगरी एक महिनायताको घटनाक्रमलाई मात्रै नियाल्ने हो भने पनि भारत नेपाल दुवै सम्बन्धलाई सुधार्ने र नकारात्मक बिम्ब हटाउन आतुर रहेको संकेत गर्छ । एक महिनाअघि प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनको अवसरमा ट्विट गर्दै सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै दुई देशबीचको सम्बन्ध प्रगाढ बन्ने अपेक्षा गरेका थिए । त्यसलाई तत्काल ट्विटमा मेन्सन गरेर रेस्पोन्स गर्दै मोदीले भारत पनि सम्बन्ध सुधारमा आतुर रहेको जनाउ दिएका थिए । त्यसको ठीक एक हप्ताकै बीचमा दुई देशका प्रधानमन्त्रीहरूबीच टेलिफोन वार्ता भएपछि नेपाल–भारत सम्बन्ध सुधारले नयाँ दिशा पक्रिको कूटनीतिक विश्लेषकहरूले बताउँदै आएका छन् ।
खासगरी कालापानी, लिपुलेक हुँदै लिम्पियाधुरासम्मको नक्सा प्रकाशनपछि नेपालले कूटनीतिक वार्ताबाटै समस्या समाधानको अपेक्षा गर्दै आएको छ । तर, तत्काल वार्ताको सम्भावना नरहेको कूटनीतिक सन्देश दिए पनि भारतले प्रधानमन्त्रीको ओलीको उच्चस्तरीय पहलपछि भने निरन्तर संवादमा बसिरहेको छ । जसले गर्दा छिट्टै दुई देशबीच पहिलो चरणमा मन्त्रीस्तरीय वार्ताको सम्भावना बढेको अनुमान गर्न थालिएको छ ।
गत वर्ष मात्र भारतको सहयोगमा अमलेखगन्जसम्म सम्पन्न भएको पाइपलाइन बिछ्याउने कार्यले ढुवानी भाडाबापत एक वर्षमा ८० करोड रुपैयाँ बचत भएको छ । यसले व्यापारघाटालाई सन्तुलनमा ल्याउन ठूलो सहयोग पुगेको छ । भारतकै सहयोगमा अघिल्लो साता जनकपुर–जयनगर रेल सञ्चालन उद्घाटन भएको छ । रेल नेपालले किने पनि लिक निर्माणमा भारतकै सहयोग रहेको हो । २०६७ सालमा तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको सरकारले राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणमा नेपालका तराई भूभागको ६ वटा स्थान जोड्नेगरी भारत सरकारसँग रेलवे विस्तारको सम्झौता गरेको थियो । ढिलै भए पनि पहिलो चरणमा नियमित सेवा सञ्चालन हुनेगरी सुरुवात हुने कुरा नेपालजस्तो विकासोन्मुख मुलुकका लागि धेरै महŒवपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसबाट अन्य परियोजनाहरूसमेत क्रमशः अगाडि बढ्दै जाने अपेक्षा गरिएको छ ।
नेपालसँग भएका सम्झौताहरू कार्यान्वयनका लागि दुई सातायता दुई देशको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको नियमित बैठक बसिरहेको छ । त्यसक्रममा अहिलेसम्म पूरा हुन नसेकेका सम्झौताहरूलाई अगाडि बढाउने सम्बन्धमा रहेका समस्या पहिचान गर्दै तदरुकताका साथ अगाडि बढाउने प्रयास भइरहेको छ । भारतले सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्रीस्तरीय भ्रमणमा जोड दिइरहेको कूटनीतिक स्रोतहरूले जनाएका छन् । जसले गर्दा छिट्टै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमण गर्ने सम्भावनासमेत रहेको बताइएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply