हिमालयको ग्राउन्ड ह्याण्डलिङ यथास्थितिमा राख्न मन्त्री भट्टराईको निर्देशन
बुधवार डेस्क
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले नागरिक उड्डन प्र्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमा बोलाएर हिमालय एयरलाईन्सलाई ग्राउन्ड ह्याण्डलिङको अनुमति दिएको बारेमा जानकारी लिएको मन्त्रालयको उच्च स्रोतले बतायो । मन्त्री भट्टराईले सचिव केदारबाबु अधिकारीलाई पनि सँगै राखेर मन्त्री तथा मन्त्रालयको उच्च तहसँग कुनै पुर्व जानकारी र सहमति नलिई उक्त निर्णय लिएको बारे महानिर्देशकसँग जवाफ मागेको प्राधिकरण उच्च स्रोतले बतायो ।
मन्त्री , सचिव र महानिर्देशकवीच भएको सो छलफलमा मन्त्री भट्टराईले अहिलेलाई उक्त निर्णय यथास्थितिमा राख्ने र हिमालय एयरलाईन्सको प्राविधिक क्षमता, व्यवसायिक प्रस्ताव, जनशक्तिलगायतका सम्पूर्ण कुराहरुको अध्ययन गरेर मात्र थप निर्णय लिन निर्देशन दिएको स्रोतकोे दावी छ । मन्त्री भट्टराईले यस्ता संवेदनशील निर्णय गर्दा मन्त्रालयको उच्च नेतृत्वलाई जानकारी गराएर मात्र गर्न पनि निर्देशन दिएको बुझिएको छ ।
त्यस्तै, निर्देशिकामा उल्लेख भए अनुसारको मापदण्ड पुरा नगरि ग्राउण्ड ह्याण्डलिङ लिएका अरु कुनै एयरलाईन्स भए तीनको ग्राउण्ड ह्याण्डलिङ नेपाल एयरलाइन्सलाई दिनसमेत मन्त्री भट्टराइले निर्देशन दिएको स्रोतको दावी छ । स्रोतका अनुसार एयर इण्डियन र थाई एयरवेजले आवश्यक मापदण्ड पुरा नगरि ग्राउण्ड ह्याण्डलिङ सेवा उपयोग गर्दै आएका छन् ।
प्राधिकरणको ग्राउण्ड ह्याण्डलिङ निर्देशिका २०७२ को परिच्छेद २ को दफा ४ मा ग्राउण्ड ह्याण्डलिङका लागि त्रिभुवन विमानस्थलमा हप्तामा ३५ उडान गर्ने एयरलाईन्सलाई ग्राउण्ड ह्याण्डलिङ अनुमति दिने सक्ने प्रावधान छ । हिमालय एयरलाईन्सको हप्तामा ४५ उडान अनुमति स्वीकृत भएको प्राधिकरणले जनाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply