वामदेवको अवरोधमा आज छलफल
काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई वामदेव गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशबारे आज (बुधबार) छलफल हुने भएको छ ।
सर्वोच्चले आज विपक्षी रिट निवेदक दिनेश त्रिपाठी र सरकारलाई छलफलका लागि इजलासमा बोलाएको छ । गौतमको मनोनयन संवैधानिक प्रश्न भएकाले संवैधानिक इजलासमा बेग्लै छलफल हुने सम्भावनाका कारण आजै फैसला आउने सम्भावना भने न्यून छ । यद्यपि, गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्नुपर्नाका कारणबारे आज सरकारले आफ्ना तर्फबाट संवैधानिक र कानुनी तथ्य र नजिरहरू प्रस्तुत गर्ने सम्भावना छ ।
राष्ट्रियसभाको सांसदको मनोनयन भएका गौतमलाई मन्त्री बनाउने चर्चा भइरहेका बेला गत ७ भदौमा दिएको अन्तरिम आदेशले थप जिम्मेवारीका लागि अवरोध खडा गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन आदेश जारी गरेको थियो ।
उनलाई भएको अवरोधका कारण पनि मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारीमा विलम्ब हुँदै गएको छ । गौतम स्वयं अवरोध नभएको अवस्थामा महŒवपूर्ण मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सामेल हुन आतुर छन् । मन्त्रिपरिषद्बाट सिफारिस भएर राष्ट्रपतिबाट मनोनीत भएका गौतमले १ असोजमा राष्ट्रिय सभा सदस्य पदको सपथ खाएका थिए । शपथलगत्तै उनले राष्ट्रियसभाको गरिमा बढाउनेगरी काम गर्ने बताएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply