नापीका हाकिम रेग्मीले कसरी जोडे घरघडेरी ?
काठमाडौं । पछिल्लो समय अर्बपति व्यापारी उपेन्द्र महतोले गैरकानुनी रूपमा बनाएको मेडिसिटी अस्पताललाई दुहुनो गाई बनाइरहेका नापी कार्यालय ललितपुरका प्रमुख नारायण रेग्मीले गैरकाननुनी रूपमा काठमाडौंमा जोडेको सम्पत्तिको स्रोत खुल्दै गएको छ ।
रेग्मीले अहिले बसोबास गरिरहेको घरघडेरीसमेत गैरकानुनी रूपमा जोडेको खुल्न आएको छ । उनी हाल कोटेश्वर बाग्मती नदी करिडोर आसपासमा करिब आठ आना जग्गा र त्यसमा बनेको घरमा बस्दै आएका छन् । उनले आफूनिकटहरूसँग त्यसबेला उक्त जग्गा चलनचल्तीको भन्दा धेरै कम मूल्यमा पाएको बताउने गरे पनि वास्तविकता भने अर्कै छ । स्रोतका अनुसार करिडोरसँग जोडिएको सो ठाउँमा जग्गा प्लानिङ गर्दा रेग्मीले झन्डै १४ आना नदी करिडोरको जग्गा ‘दलाली’लाई मिलाइदिएका थिए । सोबापत चार आना जग्गा उनलाई उपहारस्वरूप मिलेको र बाँकी जग्गा सस्तो मूल्यमा खरिद गरेको बुझिएको छ ।
त्यस्तै, उनले श्रीमतीका नाममा ललितपुर नागदह (नागपोखरी ?)मा सात आना जग्गा खरिद गरेका छन् । स्रोत भन्छ, ‘ललितपुर क्षेत्रमा जति पनि ठूला हाउजिङ कम्पनी छन्, तिनले गरेका जग्गा प्लटिङमा प्रत्येक ठाउँमा रेग्मीले एकएकवटा घडेरी लिएका छन् । ती घडेरी आफ्ना विभिन्न नातेदार/आफन्तका नाममा लिइएको स्रोतको दाबी छ । ललितपुर क्षेत्रमा झन्डै १० वटा ठूला हाउजिङ कम्पनी रहेको बताइन्छ । तर, रेम्मी भने आफूले ती घडेरी पहाडको जमीन बेचेर बनाएको बताउँछन् । आफूलाई बद्नाम गर्न मन्त्रालयका कर्मचारीहरुसमेत नांगो ढंगले लागेको उनले बुधबारलाई बताए ।
त्यसो त, रेग्मीको विवदित ज्जगाका बारेमा अख्तियारमा यसअघि नै उजुरी परिसकेको छ । सो उजुरी पनि उनले निकै जोडबल लगाएर तामेलीमा राखेको बुझिएको छ ।
मेडिसिटी अस्पतालसँगको यिनको सम्बन्धका बारेमा त बुधबारले गत अंक पनि समाचार प्रकाशित गरिसकेको छ । मेडिसिटी अस्पतालले सार्वजनिक जग्गा मिचेर अस्पताल बनाएको छ । साबिक नक्सामा अस्पताल भवनको बीचमा राजकुलो छ । साबिक नक्सामा राजकुलो भएकाले हालसाबिक गर्न नापी कार्यालयले आनाकानी गरिरहेको छ । कानुनमा राजकुलोले चर्चेको जग्गाबराबर त्यति नै जग्गा सरकारका नाममा सट्टाभर्ना दिए हालसाबिक गर्न सकिने व्यवस्था छ । तर अस्पतालले जग्गा सट्टाभर्ना नदिई हालसाबिक गराउन खोजिरहेको छ । त्यसका लागि अस्पतालले १ करोड रूपैयाँभन्दा बढी त घुसबापत खर्च नै गरिसकेको छ । तर पनि हालसाबिक हुन सकेको छैन ।
रेग्मी ललितपुर नापी कार्यालयको प्रमुखमा सरुवा भएका हुन् । मेडिसिटी अस्पताल पुनः हालसाबिक गर्न धाइरहेको छ । तर, पहिलाका दुई हाकिमले घुस लिएर पनि काम नगरेको थाहा पाएका उनले त झन् करोडकै माग गरेको स्रोतको दाबी छ । सर्भेक्षक शुभकान्त झामार्फत उनले घुसको डिल गरिरहेको मेडिसिटी अस्पताल स्रोतले बतायो । टोलीमा नापी अधिकृतको दरबन्दी भए पनि सर्भेक्षक झाले कार्यालय प्रमुख रेग्मीलाई दबाबमा पारी आफैं टोली प्रमुखका रूपमा सार्वजनिक जग्गा दर्ता गर्ने कार्यमा संलग्न हुँदै आएका छन् । तिनै झामार्फत मेडिसिटी अस्पतालसँग डिल गर्दै आएका छन् । अस्पतालको जग्गा हालसाबिक गर्ने भनेर गएको असारमा कार्यालय प्रमुख रेग्मीले आफ्नी आमाको उपचार पनि मेडिसिटीमा सित्तैमा गराएका छन् । करिब ५ लाख बराबरको उपचारको रकम पनि हालसाबिक गर्ने आशामा मेडिसिटीले छुट दिएको स्रोतले बताएको छ । नापीका हाकिम रेग्मीको आमाको उपचारमा अस्पतालले भीभीआईपीको भन्दा बढी खातिरदारी गरी डाक्टरहरूको लाइन नै लगाएको थियो । आमाको निःशुल्क उपचारपछि पनि रेग्मीले जग्गाको हालसाबिक गर्न मन नलगाई अड्काएर शुभकान्त झामार्फत घुस डिल गरि नै रहेका छन् ।
बुधबारले उनका बारेमा श्रंखलावद्ध समाचार प्रकाशन गर्न थालेपछि अहिले उनी ‘सरुवा मिलाइदिनु पर्यो यहाँ बस्न दिएनन्’ भन्दै मन्त्रालय धाइरहेका छन् । गत सोमबार बुधबारसँगको कुराकानीमा उनले आफू सुर्खेत सरुवा भइसकेको र आज ललितपुर बस्ने अन्तिम दिन’ भएको बताएका थिए । तर उनले भनेजस्तो हालसम्म उनको सरुवा नभएको मन्त्रालय स्रोतले बतायो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply