चीनले किन चाहन्छ नेपालको समृद्धि ?
लीलामणि पौड्याल
नेपाल–चीन सम्बन्धलाई मैले ६ वटा ‘माइलस्टोन’ का रूपमा हेर्ने गरेको छु । पहिलो १९६० को दशकको सुरुवातको समय, जुनबेला दुई देशबीच सीमासम्बन्धी सन्धि भएको थियो । दोस्रो १९७१÷७२ को समय जुनबेला खम्पा विद्रोह भएर कुनै विदेशीको उक्साहटमा नेपाली भूमि चीनविरुद्ध प्रयोग भएको थियो । त्यो नेपाल–चीन मैत्री सन्धिमा हामीले गरेको प्रतिबद्धताविपरीत थियो । तेस्रो सन् २०१५, जुनबेला हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ‘ट्रान्जिट ट्रान्सपोर्ट’ सम्झौता भयो । जसले ‘ट्रान्जिट’का लागि वैकल्पिक मार्ग खोज्न मार्गप्रशस्त ग¥यो । भलै, त्यसको भौतिक उपलब्धि आजसम्म प्राप्त भएको छैन । तर, त्यसले वैदेशिक सम्बन्धमा ठूलै अर्थ राख्छ ।
चौथो तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा भएको बेल्ट एन्ड रोडसम्बन्धी सम्झौता । विश्वको विकास, समृद्धि, साझा स्वार्थ, शान्ति सबै कुरालाई समेटर चीनका राष्ट्रपति सी जिङ फिङले त्यो विचार ल्याउनुभएको हो । यसमा सहभागी हुन सक्दा विश्वलाई कसरी विकसित र साझा स्वार्थको, साझा भविष्यको थलो बनाउने भन्ने कुरामा हामी पनि चीन सँगसँगै छौं भन्ने कुरालाई हाम्रो त्यो सहभागिताले पुष्टि गरेको थियो । पाचौं, हाम्रो राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण । नेपालमा गणतन्त्र स्थापनापछि राष्ट्रपतिका रूपमा पहिलो राजकीय भ्रमण थियो त्यो । त्यो बेला ४० देशका राष्ट्रप्रमुख र सरकारप्रमुख मिलेर साझा घोषणापत्र जारी गर्नुभयो । त्यो घोषणामा ‘ट्रान्स हिमालयन रेलवे’ को कुरा उल्लेख गरिएको छ । छैटौं, चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमण हो । जुन २३ वर्षपछि भएको कारणले मात्र महŒवपूर्ण भएको होइन । २३ वर्षपहिला चीन एउटा सामान्य विकासोन्मुख मुलुक थियो । अहिले आर्थिक, समाजिक, प्रविधि सबै हिसाबले चीन विश्वको एउटा शक्ति हो । विश्वमा धेरै लगानी गर्ने, विश्वमा धेरै पर्यटक पठाउने, विश्वमा सबैभन्दा ठूलो व्यापार साझेदार, उत्पादनका हिसाबले विश्वमा सबैभन्दा ठूलो उत्पादन घर पनि हो चीन अहिले । १ सय ३३ भन्दा बढी मुलुकसँग उसको द्विपक्षीय व्यापारमा पहिलो छ । पहिलो ठूलो व्यापार साझेदार हो चीन अहिले । त्यो हिसाबले चीनको जुन सामथ्र्य छ, त्यो देशको शक्तिशाली नेताको नेपाल भ्रमणका कारण पनि यो महŒवपूर्ण छ ।
विश्व परिस्थितिका कारण पनि त्यो भ्रमण भिन्न छ । अहिलेसम्म हामीले अपनाइरहेको व्यापार विश्व प्रणाली जसले बनायो, उनीहरूले त्यसमा हाम्रो विश्वास छैन भनेर बाहिर निस्कन खोजिरहेको अवस्था छ । चाहे विश्व स्वास्थ्य संगठन होस्, चाहे युनिसेफ, युनेस्को, विश्व मानवअधिकार काउन्सिल, विश्व व्यापार संगठन होस् वा चाहे अरू कुनै यस्ता संगठन किन नहुन्, यी विश्वलाई नियमबद्ध बनाउन खोलिएका संगठन÷संस्थाहरू हुन् । ती संस्थाहरू अहिले धरापमा छन् । जसले तीनको स्थापनामा वकालत गरे, उनीहरू नै अब यी काम लाग्दैनन् भनेर बाहिर निस्कन खोज्दैछन् । तर, चीन ती संस्था भत्कनुहँुदैन भनेर वकालत गरिरहेको छ । त्यो वकालत गर्ने बलियो नेता सीको भ्रमण त्यसकारण पनि महŒवपूर्ण थियो । हाम्रो आन्तरिक कारणले पनि त्यो भ्रमण महŒवपूर्ण थियो । हामी २००७ सालदेखि २०७४ सालसम्म आइपुग्दा २२–२३ वटा सरकार भए, ६ वटा संविधान बने । सत्ता र संविधान परिवर्तन भइरहे । हामी अस्थिरताको चक्करमा परिरह्यौं । २०७२ सालमा आधारभूत रूपमा त्यो अस्थिरताको समस्या समाधान ग¥यौं भनिरहेका छौं हामी । संविधानसभानवाट संविधान बनाएपछि मुलुक त्यो समस्याबाट बाहिर आयो । त्यसपछि भएको चुनावबाट दुई ठूला कम्युनिस्ट घटक मिलेर सरकार बन्यो, आन्तरिक रूपमा स्थिरताको सन्देश दिएको थियो । यस्तो बेला विश्वलाई नै विकास र समृद्धिको बाटोमा लैजाने भनेर अगुवाइ गरिरहनुभएका सी भ्रमणको अर्को महŒवपूर्ण पक्ष थियो ।
भ्रमणबाट के–के उपलब्धि प्राप्त भए ?
पहिलो त नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा लैजान दुवै पक्ष सहमत भए । दीर्घकालीन सम्बन्धलाई विकास र समृद्धिका लागि अघि बढाउने भन्ने गरी हाम्रो सम्बन्धलाई परिभाषित गरियो । यो परिभाषाले हाम्रो सम्बन्धलाई आगामी दिनमा दिशानिर्देश गर्छ । दोस्रो, क्रस बोर्डर रेलवे सम्झौता हो । यो नेपालका लागि ऐतिहासिक आवश्यकता हो । नेपालका लागि यो ‘लाइफ लाइन’ हो । यो यातायातको साधन मात्र होइन । मालसामान बोक्ने मात्र होइन । यसले धेरै अर्थ बोक्छ । हामी अहिलेसम्म एउटा मुलुकमाथि यति धेरै आश्रित भयौं, त्यसबाट राजनीति, अर्थतन्त्रलगायत धेरै कुरामा विकृति पनि बोक्दै आयौं । तर, हामीले बाहिरी विश्वसँग सम्पर्क सञ्जाल बढाउन यो आवश्यक थियो । भूपरिवेष्टित देशलाई कनेक्टिभिटीका लागि दुइटा माध्यम हुन्छन् । एउटा रेल वे, अर्को हवाईजहाज । हवाई सम्पर्कको सीमा हुन्छ । विकासमा सबै आयामलाई यसले सघाउ पु¥याउन सक्दैन । त्यसकारण, रेलवेको विकल्प छैन हामीसँग । बाटो बनाएर हुँदैन । ६ लेनको बाटोलाई १५ लेनको बनाए पनि त्यसले रेलवेले गर्ने काम गर्दैन । पानी परे पनि, घाम लागे पनि, कुहिरो लागे पनि रेल आउँछ । ठीक समयमा हिँड्छ, ठीक समयमा पुग्छ । बसको जस्तो बाटोमा टायर बिग्रेर एकछिन ढिलो हुने हुँदैन । चालकलाई थकाइ लाग्यो भनेर बाटोमा एकछिन चिया खाएर ढिलो गर्ने भन्ने हँुदैन । भनेकै समयमा आउँछ । हडतालले पनि सामान्यतया रोक्दैन । हामी चीनसँग रेलमा जोडियौं भने त्यो रेलवेको कनेक्टिभिटीले हामी युरोप, मध्य एसिया, दक्षिण पुर्वी एसियासम्म जोडिन्छौं । त्यसकारण, त्यो रेलवेमा कनेक्टिभिटी भनेको विश्व सञ्जालमा आबद्धता हुनु हो ।
अर्को राष्ट्रपति सिको नेपाल भ्रमणले नेपाल विश्वभरिमा यति धेरै मान्छेमा एकैचोटि पुग्यो कि इतिहासमा कहिल्यै यस्तो भएको थिएन । नेपालको अन्तर्राष्ट्रिय प्रवद्र्धन भयो । उहाँ संसारकै सबैभन्दा सेलिब्रेटी यहाँ आउँदा नेपालको अन्तर्राष्ट्रिय प्रवद्र्धन त्यो स्केलमा भयो । त्यो भ्रमणबाट नेपालले त्यो फाइदा लियो । उक्त भ्रमणपछि विश्वमा नेपालको हैसियत ह्वात्त बढेको छ । यो भ्रमणपछि यति उच्च भ्रमण पनि सफलतापूर्वक गर्न सक्दा रहेछौं भन्ने हाम्रो ‘कन्फिडेन्ट्स लेभल’ पनि बढ्यो ।
चीनसँगको सम्बन्धलाई किन महŒव दिने ?
संसारमा सबै मुलुकका आफ्ना स्वार्थ हुन्छन् । स्वार्थ छ भनेर त्यो मुलुकसँग सम्बन्ध नै नराख्ने भन्ने हँुदैन । त्यो मुलकको हामीसँगको र हाम्रो त्यो मुलुकसँगको स्वार्थ मिल्यो भने त्यो सम्बन्ध बढाउनुपर्छ । त्यो जितजितको सम्बन्ध हो । चीनसँग हाम्रो स्वार्थ मिल्छ । चीनको सबैभन्दा संवेदनशील भाग तिब्बत हाम्रो बोर्डर हो । त्यो भएकाले ऊ नेपालमा पनि स्थिरता चाहन्छ । चीनले आफ्नै स्वार्थका कारण नेपालमा स्थिरता चाहन्छ । नेपाल सधैं गरिब भयो रह्यो भने त्यही अस्थिरतालाई मलजल गर्छ । नेपाल समृद्ध भयो भने यहाँ स्थिरता हुन्छ । त्यसकारण, चीन नेपालमा स्थिरता चाहन्छ, चीन नेपालको समृद्धि चाहन्छ । हामी पनि नेपाल स्थिर र समृद्ध चाहन्छौं । दुवै को स्वार्थ त्यहाँ मिल्यो । त्यसकारण, हामीले चीनसँगको सम्बन्धलाई घनीभूत बनाएर लैजानुपर्छ, प्राथमिकतामा राखेर जानुपर्छ, यो हाम्रो र चीन दुवैको हितमा छ । यही कुरालाई प्रस्थान बिन्दु बनाएर हामी अगाडि बढ्नुपर्छ । अर्को कुरा, चीनले दिने आर्थिक सहायता । हाम्रो विकासको ६० प्रतिशतभन्दा बढी त हामीले विदेशी ऋण र सहायताबाट बेहोर्नुपर्छ । हामीलाई अझै केही वर्ष विकास सहायता चाहिन्छ । त्यो विकास सहायता हामीले सबैभन्दा बढी पश्चिमी बिकसित देशहरूको नेतृत्वमा, उनीहरूको विचार र दृष्टिकोणबाट बनाइएका विश्व बैंक, एसियाली विकास बंैक, आईएमएफजस्ता संस्थाहरूबाट उनीहरूले बनाएको योजना र दृष्टिकोणमा सहयोग लिइरह्यौं । उनीहरूले दिएको सहयोगको ठूलो हिस्सा फर्केर त्यही जान्छ ।
यस्तो मोडेलको विकासबाट हामी कहाँ पुग्छौं ? अहिले चीनले दिने विकासको मोडल त्यसको विकल्प हुन सक्छ ? दुइटा कारणले गर्दा मलाई हुन सक्छ भन्ने लाग्छ । एउटा, चीनले अहिलेसम्म दिएको विकास सहायतामा महँगा कन्सल्टेन्ट आउँदैन । त्यसले आफ्नो विचार, मूल्य–मान्यता ल्याउँछ, के–के सिकाउँछ र फर्केर जान्छ । दोस्रो, अनुभव । अहिले संसारकै अनुभव छ । तर, गएको ४० वर्षमा जुन मात्राको, परिमाणको अनुभव चिनियाँले हासिल गरेका छन्, त्यो अरू कसैसँग छैन । हामीलाई चाँडो विकास चाहिएको हो भने चीनको विकल्प छैन । उनीहरूसँग त्यो खालको जनशक्ति मात्र होइन, प्रविधि पनि छ । अर्को, उनीहरूसँग पुँजी पनि छ । त्यो मात्र होइन, सहयोगको तत्परता पनि छ, लगानी गर्न इच्छुक पनि छ चीन । तसर्थ, हामीले उनीहरूको विश्वास जित्नुपर्छ । त्यसका लागि के–के गर्नुपर्ने हो, त्यो गर्नुपर्छ । हाम्रो राष्ट्रिय प्राथामिकता के हो र हामी त्यसलाई कुन सर्र्तमा लिन चाहन्छौं भन्ने प्रस्ट हुनुपर्छ । त्यो भयो भने हामीले चीनवाट प्रशस्त लाभ लिन सक्छौं ।
(नेपाल–चाइना मिडिया फोरमले आयोजना गरेको कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश)
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply