सडकका डिजी, असुल्नमै ‘बिजी’
बुधबार डेस्क
काठमाडौं । ‘जतिन्जेल जिम्मेवारीमा बस्ने हो, सो अवधिमा इमानदारी र निष्ठासाथ बस्छु’ भनेर आदर्शवादी कुरा गर्दै हिँड्ने गरेका सडक विभाग महानिर्देशक केशवकुमार शर्मा बिडारीले कमाउने धन्दा सुरु गरेका छन् ।
शर्माले विभागअन्तर्गतका परियोजना र विभिन्न ठेकेदारहरूसँग रकम संकलनमा जोड दिएको बताइएको छ । महानिर्देशक भए वापत आउने नियमित र वैधानिक मानिएको कमिसनका अतिरिक्त परियोजना प्रमुख र ठेकेदारहरूसँग मोलमोलाइ गर्ने गरेको एक ठेकेदारले बताए । ‘निष्ठा गुमाउनुभन्दा पद नै गुमाउनु राम्रो’ भन्दै आदर्श वाक्य जप्ने उनले उक्त पवित्र भावनाविपरीत काम गर्दा अहिले विभागभरि शर्माको बदनामी भएको बताइन्छ ।
आत्मप्रशंसामा अत्यन्त रमाउने उनी महानिर्देशक भएको केही महिनामै सम्मानपत्र लिन दौडेपछि काम गर्नुभन्दा पनि हल्लाखल्लामै रुचाउने प्रवृत्ति रहेछ भनेर उनको त्यतिबेलै चर्चा चलेको थियो । यसअघि विभागकै वैदेशिक समन्वय महाशाखामा रहेर काम गरेका उनी रवीन्द्र श्रेष्ठ सडक विभागको महानिर्देशक हुँदा उनीविरुद्ध मिडियामा समाचार लेखाउन लाग्ने गरेको पत्ता लागेपछि श्रेष्ठले शंकाको घेरामा राखेका थिए । महानिर्देशक शर्माले सडक सञ्जालको विकास, विस्तार र सम्भार सम्बन्धमा नेपाल सरकारको लक्ष्य एवं जनताको अपेक्षा पूरा गर्न इमानदारीपूर्वक लाग्ने भन्दै हिँडे पनि सरकारको स्पिरिटअनुसार काम गर्न नसकेको बरु विभागमा संस्थागत घुसखोरीलाई प्रश्रय दिएको आरोप छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ राम्रो कार्यसम्पादन भएका मन्त्रीमा पर्छन् । मन्त्री बनेयता उनले मन्त्रालयको कामलाई गति दिइरहेका छन् । तर, उनीमातहतको सडक विभागका महानिर्देशक बिडारी भने प्रधानमन्त्री केपी ओली र मन्त्री नेम्वाङको स्पिरिट र चाहनाविपरीत काम गर्न लागेको देखिएको छ । प्रधानमन्त्रीले शिलान्यास गरेका सडक र पुलहरूसमेत अलपत्र पारेर कमिसन आउने योजना–आयोजना मात्र अघि बढाउन तत्परता देखाउने गरेको बताइन्छ । तत्कालीन भौतिक मन्त्री रघुवीर महासेठलाई खुसी पारेर विभागको प्रमुख बन्न सफल उनी केही विवादमा परेका छन् । महानिर्देशक शर्माले मैलुङ–स्याफ्रुबेंसी सडकको ठेक्का निकाल्दा ठेकेदारसँग साँठगाँठ गरी मापदण्ड नै परिवर्तन गरी ठेक्का सूचना निकालेका थिए । २०७६ असोजमा निकालिएको ठेक्कामा उनले गरेको बदमासीको परिणाम अहिले देख्न थालिएको छ । लेनदेनमा कुरा नमिलेपछि ज्यादै कमजोर ठेकेदारले धेरै घटेर ठेक्का हालेकाले अहिले काम नै हुन नसक्ने अवस्था सिर्जना भएको बताइन्छ ।
यस्तै महेन्द्र राजमार्गको चिसापानी पश्चिम, पथलैया पूर्व र नारायणघाट–बुटवल खण्ड निकै कमजोर बनेका छन् । जताततै खाल्डाखुल्डी पर्नमा पनि डीजी शर्माको अक्षमता र लापरबाही भएको बताइन्छ । यता काठमाडौं उपत्यकाका सडक विस्तार पनि डिजी शर्माकै कारण अलपत्र परेको छ । चाबहिल–साँखु, भक्तपुर–नगरकोट, सातदोबाटो–गोदावरी, जोरपाटी–सुन्दरीजल, बालाजु–ककनी सडक अवस्था सातआठ वर्षदेखि अलपत्र छ । महानिर्देशक शर्मामाथि टेकु पुल र तीनकुने पुल अलपत्र पार्ने ठेकेदारलाई संरक्षण र बाँकी काम गर्नेतर्फ कुनै कारबाही अगाडि नबढाएको आरोप पनि लागेको छ । ठूला ठेकेदारको प्रलोभनमा उनले पुल निर्माण प्रभावित बने पनि चासो नदिएको देखिन्छ । फेसबुकमा विभिन्न जिल्ला र आयोजनाहरू घुमेको फोटो हालेर प्रचारमा रमाउने गरेका छन् ।
पछिल्ला दिनमा उनले मन्त्रीको निर्देशनसमेत अटेर गर्न थालेपछि मन्त्री नेम्वाङ पनि उनीसँग चिढिएको बताइन्छ । ठूला ठेकेदारसँगकोे अस्वाभाविक सम्बन्धका कारण महानिर्देशक शर्माले नेपालगन्ज कोहलपुर सडकमा पप्पु निर्माणलाई तीन करोड एलडी कट्टा गरेर उल्टै झन्डै ९ करोड क्षतिपूर्ति दिलाउन सहयोग गरेको आरोप लागेको छ । यसबापत उनले ठेकेदारबाट मोटो रकम कमिशन बुझेको चर्चा छ । उनले कार्यालयको सवारीसाधन निजी काममा दुरुपयोग गर्ने र सरकारी लोगो दुरुपयोग गरेर विभिन्न निजी इस्टिच्युटमा पढाउनसमेत हिँड्ने गरेको पाइन्छ । कर्मचारी सरुवामा कसैलाई थाहा नदिनु भन्दै भित्रभित्रै पैसा उठाउने गरेको आरोप पनि उनीमाथि छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply