विकल्प दिनुपर्ने नेतृत्व नै सिँगौरी खेल्दै
बुधबार डेस्क
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उत्पन्न संकट गहिरिँदै गएका बेला हिजो प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सम्पन्न भएको छ । हिजोको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले यसअघि पेस गरेका दुवै प्रस्तावमा औपचारिक रुपमा छलफल सुरु भएको छ । हिजोको बैठकमा नेताहरुले दुवै प्रस्तावका सन्दर्भमा औपचारिक बैठक र नेताहरुबीच अनौपचारिक रुपमा पनि छलफल गर्ने संकट समाधान गर्दैै पार्टीलाई एकताबद्ध बनाउन अधिकतम प्रयत्न गर्ने धारणा प्रस्तुत गरेको बैठकपछि सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । हिजोको बैठकमा अध्यक्षद्धयले आआफ्ना धारणा राखेपछि अन्य सदस्यहरुले ती धारणामाथि टिप्पणी गरेका थिए । श्रेष्ठले भने, ‘अझै संकट समाधानको निष्कर्ष निस्किएको छैन, बैठक र छलफलबाटै पार्टी एकताको रक्षा र संकट समाधानका कारण पहिचान गर्दै निष्कर्षमा पुग्न अधिकतम प्रयत्न जारी रहनेछ ।’ सचिवालय बैठक आज पनि बस्नेछ भने भोलि स्थायी कमिटी बैठक बस्दैछ ।
प्रधानमन्त्री ओलीले पार्टीभित्रको अन्तरसंघर्ष समाधान गर्नेभन्दा पनि आरोपप्रत्यारोप गर्दै पार्टी एकतालाई थप कमजोर पार्ने र विभाजनलाई प्रश्रय दिनेगरी राजनीतिक प्रतिवेदन ल्याएपछि पार्टी विभाजनको खतरा झन् बढेको छ । जीवन्त पार्टीमा वादविवाद र अन्तरसंघर्ष हुन्छन् । नेतृत्वको कुशलता भनेकै अन्तरसंघर्षको व्यवस्थापनमा प्रकट हुन्छ । त्यसका लागि आवश्यकताअनुसार लचकता प्रदर्शन गर्न नेतृत्व तयार हुनुपर्छ । उहाँकै भाषामा ‘पहिलो अध्यक्ष’ र प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी जोगाउन आवश्यक लचकता पक्कै देखाउँछन् भन्ने अपेक्षा आम कार्यकर्ताको थियो । तर, पार्टीभित्र ३८ पेज लामो राजनीतिक प्रतिवेदनमा ओलीले अहिलेसम्म आफ्ना तर्फबाट भएका कमीकमजोरी स्विकार्नेभन्दा पनि प्रत्यारोप गरेर विवाद चर्काउन जोरी खोजेको प्रचण्ड नेपालपक्षको बुझाई छ । कतिसम्म भने तत्कालीन नेकपा एमाले पार्टी पंक्तिमा कुनै छलफल नै नगरी तत्कालीन माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गर्न पुगेका उनैले अहिले माओवादीलाई पार्टी छाडेर जान सक्ने अर्थ लाग्नेगरी जवाफ पत्रमा उल्लेख गरेका छन् । यहाँसम्म कि पार्टी एकताअगावै तत्कालीन एमाले र माओवादीबीचको सम्बन्ध र अन्तरसंघर्षलाई समेत बुँदाबुँदामा खोतलेर अहिलेको पार्टीभित्रको अन्तरसंघर्ष पार्टी एकतालाई बलियो बनाउनेतिर होइन, एकता भंग गर्न प्रेरित गर्ने हिसाबले प्रतिवेदन आएको अर्को पक्षको बुझाइ छ । यसबाट पार्टी एकताको विपक्षमा रहेका आम कार्यकर्तापंक्ति निराश बनेका छन् ।
गत २६ भदौको स्थायी समिति बैठकले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा निरन्तरता दिँदै पार्टी र सरकारलाई संस्थागत र विधिसम्मत ढंगले सञ्चालन गर्ने महत्वपूर्ण निर्णय गरेको थियो । त्यस हिसाबले पहिलो वरीयताको अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा उनले त्यसयताका कमीकमजोरी स्विकारेर अब पार्टीलाई कसरी अघि बढाउने, महाधिवेशन कसरी सम्पन्न गर्ने, सरकारले अब कसरी काम गर्ने, त्यसमा पार्टीको कस्तो सहयोग रहने भन्नेजस्ता विषयलाई प्रतिवेदनमा कुनै चर्चा नगरेर ओलीले शतप्रतिशत बेवास्ता गरेका छन् । बरु, आफ्ना अभिव्यक्तिमा पटकपटक भदौ २७ मा फर्केर अघि बढ्नुपर्ने चर्चा गर्ने गरेका छन् । यदि त्यसो हो भने भदौ २७ पछि थपिएका मन्त्री र राजदूतको निर्णय बदर गर्न उनी तयार हुन्छन् त ? अर्को समूहले गम्भीर प्रश्न उठाउको छ । करिब तीन महिनायता भएका कामकारबाहीबारे आफ्ना तर्फबाट कमी भए छलफलका क्रममा जिम्मेवारी लिने र कार्यकारी अध्यक्ष र सचिवालयका अरु नेताले पनि त्यसको जिम्मेवारी लिनुपर्ने भन्दै आत्मालोचनाको भाषा शैली कतै प्रयोग गरिएको छैन । प्रधानमन्त्रीे यस्तो अहंताकै कारण केन्द्रीय सचिवालय हुँदै दुई अध्यक्षको प्रतिवेदन स्थायी समिति र केन्द्रीय कमिटीसम्म लैजानुपर्ने अवस्था देखिएको नेकपाका एक स्थायी समिति सदस्य बताउँछन् । पार्टीभन्दा आफूलाई माथि ठान्ने अहंकार र दम्भ व्यक्तिवादका रुपमा प्रस्तुत प्रतिवेदनमा पनि झल्किएको
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply