‘जखमले’ नेतृत्व र जनताको अपेक्षा
टंक कार्की
अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद हामीले विकास गरेको संरचनाका कारण उत्पन्न भएको हो । किनभने, त्यो संरचनाले आजको समयमा कुनै संगति नै राख्दैन । आज हामीलाई हाम्रो राष्ट्रको सामाजिक वाणीलाई अभिव्यक्ति दिने खालको जुन संरचना चाहिन्थ्यो तर त्यो संरचनाको अभाव रह्यो । यस वीचमा हामीले एक वा दुई व्यक्ति मातहतको भीडजस्तो संरचना बनायौं । त्यसले आजको नेपाली समाजको भावनालाई अभिव्यक्ति गर्ने र त्यसलाई दिशा दिने काम गर्दैनथ्यो । आजको ‘करिस्मयाटिक’ नेतृत्व भनेको पुँजीवादी युगको जटिलतालाई सम्बोधन गर्ने सामूहिक र संस्थागत नेतृत्वमा विकसित हुनुपर्ने थियो तर त्यो संरचना नबनेको हुनाले अहिले स्थिति एकातिर, नेतृत्व अर्कातिरको विरोधाभास प्रकट भएको हो ।
अहिले मुलुकका सामु तीन ठूला चुनौती छन् । पहिलो– कोरोना माहामारी, दोस्रो– गहिरिँदो आर्थिक संकट र तेस्रो– मुलुकभित्र झन्झन् डोलिँदै गएको अन्तर्राष्ट्रिय दबाब । यी यस्ता गम्भीर चुनौतीबारे पार्टीमा कुनै कोणबाट बहस, छलफल भएको देखिँदैन । ती कुरा प्राथमिकतामा आउँदैनन् । अनि तँ ठीक र म ठीकका जुन झगडा छन् । त्यो झगडा पनि राज्य र पार्टीबीचको हुनुपर्ने समन्वयलाई पार्टीबाट राज्यका शक्तिहरूले देखाएको अरुचि, उपेक्षा, उदासीनता आदिका कारण उत्पन्न भएको हो अहिले । हामीलाई उपेक्षा ग¥यो भन्ने सरकारमा नगएका पार्टीका मान्छेहरू, हामी जे पनि गर्ने म्यान्डेट लिएर गएका हौं भन्ने सत्तामा जानेहरू । यसमा पनि धेरै चाहिँ वैयक्तिकपन झल्कन्छ । र खासमा राज्यले, सरकारले पार्टीलाई उपेक्षा गरेकै हो । निर्णय प्रक्रियामा पार्टीलाई सामेल गर्ने, पार्टी प्रक्रिया भित्रबाट निर्णय प्रक्रिया अगाडि बढाउने काममा राज्यमा गएकाहरूले उपेक्षा गर्ने प्रवृत्ति देखिन्छ । यो संस्कार करिबकरिब माथिदेखि तलैसम्म छ । पार्टी करिबकरिब ‘डिफ्रिज’जस्तो अवस्थामा छ । अढाइ वर्ष हुँदासम्म पार्टी एकताले पूर्णता पाएको छैन । सरकार र पार्टीबीच समन्वय नभएकै कारण यो काम हुन सकेको छैन । सत्तामा बस्ने साथीहरूले आफूलाई विशेष ‘प्रिभिलेज’ खोजे । पार्टीलाई नजरअन्दाज गरे । राज्य र पार्टीबीच कामको तालमेल सत्तामा रहेका साथीहरूको प्राथमिकतामा परेन ।
अहिलेको नेतृत्व कालातीत भयो । पुरानो नेतृत्व जसले अतीतका परिवर्तनका निम्ति जुन अगुवाइ ग¥यो । त्यो सराहनीय छ । यसका लागि धन्यवाद दिने, प्रशंसा गर्ने, जेजे गर्ने हो त्यो सबै गर्ने हो । तर, आजको नेपाली समाजलाई नेतृत्व गर्न २०४६ सालपछि विकसित भएको नेतृत्वलाई बिदा गरेर नयाँ नेतृत्व ल्याउनुपर्छ । नयाँ नेतृत्व भनेर ‘जखमले’ नेता खोज्ने होइन । सामूहिक नेतृत्व खोज्ने हो । हामीले हिजो धेरै विसंगति देखिसक्यौं, भोगिसक्यौं । व्यक्तिप्रधान नेतृत्वको ढाँचाको सट्टामा सामूहिकतालाई बोक्ने, अँगाल्ने ढाँचामा जानुको विकल्प छैन । त्यो नसकिने पनि होइन । मदन भण्डारी नहुँदा पार्टी चल्ला र भन्ने धेरैलाई लागेको थियो । पार्टी चल्यो । मनमोहन अधिकारी गएपछि पार्टीले समाजको त्यो माया नपाउने हो कि भन्ने पनि लागेको हो । मनमोहन गए, मदन भण्डारी गए, तैपनि पार्टी चल्यो त । राजा महाराजहरू गए, मुलुक चलेकै छ । मुलुक चलाउन नसकिने भन्ने होइन । मुलुक चलाउन पार्टीभित्र रहेका असल, समाजमा रुचाइएका, पार्टीप्रति प्रतिबद्ध, बफादार, इमानदार मान्छेहरूको सामूहिक नेतृत्व विकास गर्नैपर्छ । यसको प्रक्रिया भनेको फेरि पनि महाधिवेशन नै हो । महाधिवेशनले नै छान्ने हो । अहिले प्रधानमन्त्रीको एउटा स्तुत्य काम भनेको ‘यो नेतृत्व हामी सबैले छाडौं र नयाँ पिँढीलाई दिऔं’ भन्ने हो । यसका लागि उहाँलाई धन्यवाद दिनैपर्छ, मस्तक चाहे जेसुकै होस्, त्यतातिर म जान चाहन्नँ । मस्तकमा जाने होइन, एजेन्डामा जाऊ न ।
यसमा यदाकता दोस्रो पुस्ता निरीह भयो, यसले हस्तक्षेप गर्ने क्षमता प्रदर्शन गर्न सकेन भन्ने खालका टिप्पणी पनि सुनिन्छन् । तर, त्यसो होइन । यो त प्रक्रियाले स्थापित गर्छ । अहिले यो अवस्थामा पनि एउटा आवाज त उठिरहेको छ नि । त्यो आवाजलाई मुखरित गरौं न । सम्बोधन गरौं न । अब ओलीजी, माधवजी, झलनाथजी, प्रचण्डजी, वामदेवजीजस्ता पुराना पिँढीका नेतालाई ससम्मान बिदा गरेर, उहाँहरू कार्यकारी ठाउँमा नरहीकन पार्टीको सेवामा लाग्ने परिस्थिति निर्माण गर्न सकिँदैन ? नयाँलाई नेतृत्व दिने भन्ने मोटो दिशामा हामीले प्रतिबद्धता देखायौं भने अनि त्यसपछि यसको गृहकार्यमा लाग्न सकिन्छ । साथीहरूको छनोट होला, एउटा प्रक्रियाबाट आउलान् । यहाँ एक व्यक्ति वा कुनै जखमले नेता खोज्नुप¥यो भने हामी अँध्यारोमा परांैला । अस्पष्टता होला । तर, सामूहिक नेतृत्व छान्ने कुरा गर्दा त्यो टिम विकसित गर्न सकिन्छ । नेकपालाई पुनर्जम्म दिने, हिजो प्राप्त गरेको हैसियतमा लिएर जाने तागत भनेको अब त्यही नयाँ नेतृत्व नै हो । पुरानो नेतृत्वबाट यो काम फत्ते होला भन्नेमा कम्तीमा मलाई चाहिँ विश्वास छैन । हिजो जेजस्तो भयो, त्यसलाई हिजोकै ठाउँमा राखौं । इतिहासले त्यसको मूल्यांकन गर्ला । अब उप्रान्त कुनै पनि निर्णय गर्दा पार्टीको संस्थागत निर्णयका आधारमा मात्र अगाडि बढौं । पार्टीलाई पुनर्जीवन दिने, एकताबद्ध बनाउने, जनस्तरमा पार्टीप्रति रहेको निराशालाई चिर्ने हो भने नयाँ पुुस्तामा नेतृत्व हस्तान्तरणको विकल्प छैन । त्यसैले म फेरि पनि भन्छु, शक्तिको आशक्तिमा विवेक नगुमाऔं । असन्तुष्टमा उत्ताउलो पनि नबनौं । सात खत माफ तर अब सामूहिक र संस्थागत बनौं ।
मिसनसँग आज हाम्रो नेतृत्वको संगपति कति देखिन्छ ? आम दुनियाँ जगतले दुई तिहाइको जनमत दिएको यो पार्टीको कार्यशैली, गतिविधि जनचासोसँग सरोकार राख्नेछन् र ? यस्तो नौटंकी पनि चल्छ पार्टीमा ?
कम्युनिस्ट पार्टीको जुन आदर्श थियो, सामूहिकताको जुन अभ्यास थियो, त्यसका सबै मान्यताहरूलाई हाम्रा नेताहरूले भताभुंग बनाएर व्यक्ति आपूm हिरो बन्ने खेतीपाती सिकाए । गल्ती यही भयो । मिसनको राजनीति गर्नुपर्नेमा शक्तिको राजनीति गर्ने प्रकृति कम्युनिस्ट पार्टीमै हावी भइदियो । यसलाई परिवर्तन गर्नेपर्छ । त्यहाँ तपार्इं हाम्रो स्थान कहाँ भनेर खोज्ने होइन । तल एउटा कार्यकर्ता भएर काम गर्न पनि तयार हुनुपर्छ । जताततै ‘म पहिला’ भन्ने भावना किन विकास भयो ? कहिलेकाहिँ नेतृत्वका कारण आन्दोलनलाई लर्बराउने बनाउँछ । अहिलेको कम्युनिस्ट आन्दोलन कस्तो भइदियो भने एकजना नेता सैन्य आन्दोलनबाट उठेका भइदिए । जनयुद्धको पृष्ठभूमिबाट उठेका नेता भइदिए । सैनिक संगठन बनाएर आएका नेता भए । अर्का नेता, जीवनको अधिकांश समय जेलमा बसे । अनि बनिबनाउ संगठनमा छुछु गर्न आइपुगे । संगठन कसरी चलाउने, कसरी बनाउने, पार्टीभित्रका फरक विचारहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने नै थाहा छैन । पार्टीभित्र भिन्न भिन्न सोच, विचार र चिन्तनहरू हुन्छन् । फर्केर हेरौं न, सिपी मैनालीहरू किन छाडेर गए, राधाकृष्ण मैनाली दरबारसम्म किन पुगे, अशोक राई किन समाजवादी भए, वैद्यहरू किन छुटे, विप्लवहरू किन छुटे, गोपाल किरातीहरू किन छुटे ? समीक्षा गरौं न । हामी के ती हिजो सहिद भएका साथीहरूको रगत, पसिनासँग के साच्चै इमान्दार छौं ? साँच्चै हाम्रो नेतृत्व इमानदार छ ? नेतृत्वको आजको जीवनशैली, उनीहरूका प्राथमिकताले कम्युनिस्टको आदर्शलाई सम्पुष्टि गर्छ ? प्रश्न गरौं न । निष्कर्ष निकालौं न । कहाँ बिग्रियो ? जब हामीले नेतृत्वलाई स्वयम्भू बनायौं, ‘जखमले करिस्म्याटिक’ नेतृत्व विकास गरेर हामीले हाम्रो आन्दोलनभित्र प्राधिकार खोज्यौं । कम्युनिस्ट आन्दोलनको समीक्षा गरौं । यसले ऐनऐन मौकामा कहाँकहाँ त्रुटि ग¥यो, कुनकुन त्रुटिबाट कस्ताकस्ता जस्केलाबाट व्यक्तिगत लाभ र अवसरका निम्ति आएको तप्काचाहिँ कसरी पुरस्कृत भयो, खोजौं न हामी । तर, रोग एउटा छ, औषधि अरू खोजी भइरहेको छ अहिले ।
अहिलेको संवादमा जुन औंला ठड्याइ भइरहेको छ, यो राम्रो संकेत होइन । तलको अन्डरकरेन्टको वाणीलाई नेतृत्वले अनुभूत गर्नुपर्छ । जति चाँडो उनीहरूले यसको अनुभूत गर्छ उति चाँडो उनीहरू इतिहासको सकारात्मक मूल्यांकनका निम्ति सुरक्षित हुनेछन् । अहिले पनि म २००८ सालको पुष्पलाललाई सम्झिरहेको छु । मान्छे इतिहासलाई फर्केर पनि हेर्दोरहेछ । अखिलमा हामीले इतिहासको समीक्षा ग¥यौं । अहिले यो नेतृत्वको भोलि अर्को पिँढीले समीक्षा गर्दैन र ? त्यसैले, आज तल्लो तहमा जुन चेतना जागृत भइरहेको छ, त्यसलाई नेतृत्वले बेवास्ता गर्नुहुन्छ । आजको हाम्रो समाज जखमले नेता मान्न तयार छैन । मलाई विश्वास छ, आजका जखमलेहरूले सुधार गर्न सकेनन् भने भोली इतिहासले आफ्नै जखमलेहरू निर्माण गर्छ । र, फेरि पनि ‘साइज’मा लिएर आउँछ । यो सम्भावना म प्रबल देखिरहेको छु । (कुराकानिमा आधारित)
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply