‘संसद विघटनसँगै ओली सिद्धिए’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब केपी ओलीको हातमा केही पनि बाँकी नरहेको बताएका छन् । संसद विघटनसँगै उनको हातबाट सबै कुरा रित्तिएको दाहालको भनाइ थियो । हिजो नेकपा निकट पत्रकारहरुको संगठन नेपाल पे्रस संगठनको दोस्रो बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओलीलाई प्रश्न गरे– ‘पूर्व एमालेलाई विश्वासमा लिन नसक्ने ओलीजी तपाईंले आफ्नो अनुहार ऐनामा हेर्नुपर्दैन ?’
पछिल्लो समय ओली समूहले अदालतमा पनि सेटिङ मिलाएको र सूर्य चिन्ह पनि आफूहरुले पाउने प्रचार गर्दै हिँडेको भन्दै अध्यक्ष दाहालले भने– ‘यो भनेको के हो ? अदालतलाई होइन मेरो यो प्रश्न केपी गुटलाई छ ।’ ‘चौध–चौध वर्ष पार्टीको नेतृत्व गर्नुभएको माधवकुमार नेपाल र ४० औं वर्ष संगत गर्नुभएका झलनाथ खनालले त ओलीलाई चिन्न सक्नुभएको रहेनछ, मैल त कसरी चिनौं ?’– दाहालको भनाइ थियो ।
अर्का अध्यक्ष माधवकुमार नेपालले पार्टी एकतालाई केपी ओलीले आफू सत्तामा टिक्ने भर्याङमात्र बनाएको बताए । ओलीलाई भ्रमको पुलिन्दा र झूटो खेत गर्ने व्यक्तिको संज्ञा दिदै अध्यक्ष नेपालले भने ‘आफू सत्तामा टिक्न कहिले प्रचण्डलाई, अहिले मलाई भरयाङ बनाइयो, आफू टिक्न एकै दिन तीन जनालाई एउटै पद बाँड्न सक्ने व्यक्ति हो केपी ओली ।’
अहिले संसद विघटनको असंवैधानिक कदमको बचाउ गर्न साइवर सेना सक्रिय रहेको छ, कार्यकर्तालाई अरिंगालको भुमिका खेल्न उर्दी गरिएको उल्लेख गर्दै उनले भने–‘अरिंगाल र झुसिलकिराले केहि गर्न सक्दैनन । किनभने, हामी सत्य र न्यायको पक्षमा छौं ।’ संसद विघटनपछि ओली काम चलाउ मात्र भएको तर राष्ट्रपतिबाट सूचना जारी नभएको उल्लेख गर्दै नेता नेपालले भने –‘कि काम चलाउ भन्नुपर्छ कि तुरुन्त उहाँले कुर्सी खाली गर्नुपर्छ ।’ पार्टीभित्र बिधी र न्याका लागि आफूहरु निरन्तर जुध्दै आएको तर र प्रचार चाहिँ कुर्सीमा लागि भनेर गरिएको उल्लेख गर्दै नेता नेपालले भने ‘ आफू मरुन्जेल पद लिने अरुलाई त्यसो भन्ने । ओली भनेको झूटको पुलिन्दा हो ।’ अब एमाले र माओवादी भन्ने कुरा इतिहास भइसकेको उल्लेख गर्दै उनले भने –‘ एमाले भनेको ओली हो भन्ने हल्ला चलाइदै छ । सक्कली एमाले माधव नेपाल हो, ओली होइन ।’
पार्टी स्थायी समिति सदस्य योगेश भट्टराईले देखिएका महाराज फाले पनि नदेखिएका महाराजका कारण अहिले फेरि दुःख पाएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ महाराजका रुपमा लिँदै नेता भट्टराई पनि उनलाई पनि मिल्काएरै छाड्ने बताए । उनले भने ‘हामीले दुष्मनी देख्दै आएका, हामी जोसँग लड्दै आएका थियौँ, ती शासकहरुलाई त सदाका निमित्त समाप्त ग¥यौँ तर पार्टीभित्रका देखा परेका अर्का महाराजालाई भने हामीले देख्न सकेनौँ । जसले गर्दा आज फेरि हामीले दुःख पायौँ ।’
नेता भट्टराईले गुटको नेताले गुटको रक्षा र बढीमा अगामी निर्वाचनको कुरा गर्ने भए पनि राष्ट्रको नेताले पार्टी नभई मुलुकको र दसौँ पुस्ताको चिन्ता गर्ने बताए । ‘गुटको नेताले त्यो गुटको रक्षाका कुरा गर्छ बढीमा आउँदो चुनावको कुरा गर्छ’, उनले भने, ‘ राष्ट्रको नेता राजनेताले आफ्नो पार्टीको पनि चिन्ता गर्दैन्, मुलुकको चिन्ता गर्छ र दसौँ पुस्तासम्मको चिन्ता गर्छ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply