११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
काठमाडौं ।केपी शर्मा ओली नेतृत्वको एकीकृत मार्क्सवादी–लेनिनवादी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक दिउँसो १ बजे भक्तपुरको गण्डुस्थित अध्यक्ष ओली निवासमा आयोजना हुने भएको हो।
यसअघि जेठ २ गते बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो। आजको बैठकलाई एमालेभित्र संगठनात्मक पुनर्संरचना र आगामी स्थानीय तह निर्वाचनको तयारीसँग जोडेर महत्त्वपूर्ण रूपमा हेरिएको छ।
पार्टी स्रोतका अनुसार बैठकको मुख्य एजेन्डा ११औँ महाधिवेशनपछि नेताहरूबीच जिम्मेवारी बाँडफाँट गर्ने रहेको छ। विशेषगरी आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सदस्यहरूलाई स्थानीय तहसम्म खटाउने तयारी गरिएको छ।
एक नेताका अनुसार प्रत्येक केन्द्रीय सदस्यलाई एउटा नगरपालिका वा गाउँपालिकाको जिम्मेवारी दिइनेछ। उनीहरूलाई स्थानीय तहमा पार्टी संगठन सुदृढ बनाउन, कार्यकर्ता परिचालन गर्न तथा जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्न निर्देशन दिइने तयारी छ।
त्यसैगरी, केन्द्रीय विभाग तथा विभिन्न निकायहरूमा समेत जिम्मेवारी वितरण गर्ने विषयमा बैठकमा विस्तृत छलफल हुने जनाइएको छ। एमालेले संगठनलाई अझ सक्रिय र चुनावकेन्द्रित बनाउने रणनीति अघि सारेको नेताहरूको भनाइ छ।
बैठकले गत फागुनमा सम्पन्न निर्वाचनहरूको समीक्षा गर्न बस्ने केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्नेछ। पार्टीभित्र निर्वाचनको समीक्षा, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे व्यापक छलफलको तयारी भइरहेको बताइएको छ।
यता सरकारले हालै हटाएका सुकुम्बासी बस्ती, उनीहरूको व्यवस्थापन तथा सरकारी कदमप्रति जनस्तरमा देखिएको असन्तुष्टिको विषय पनि बैठकको एजेन्डामा समेटिएको छ। नेताहरूका अनुसार जनभावना, सामाजिक असर र राजनीतिक प्रभावबारे सचिवालयमा गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply