केन्द्रीय कमिटी फेस गर्ने हिम्मत छ त ओलीसँग ?
बुधवार डेस्क
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नाममा केपी ओली र प्रचण्ड–माधव नेपालका दुवै समूहबाट यसबीचमा भएका कामकारबाहीलाई निर्वाचन आयोगले वैधता नदिने निर्णय गरेको छ । आयोगको यो निर्णयसँगै संवैधानिक निकाय नै अनिर्णयको बन्दी भएको प्रस्ट भएको छ । आफ्नो जिम्मेवारीबाट च्यूत भएको देखिएको छ ।
आयोगले यसबीचमा ओली समूहबाट भएका केन्द्रीय सदस्यको मनोनयन, अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाउनेलगायत जति निर्णय भएका थिए, ती वैध नभएको र दाहाल–नेपाल समूहबाट भएका निर्णय पनि वैध नभएको जानकारी गराइएको छ । योसम्म त ठीकै छ तर पार्टीमा उत्पन्न विवाद पार्टीभित्र मिलाउन नसकेर आयोगमा पुगिसकेपछि आयोगले विवादको छिनोफानो गर्नु जरुरी थियो, जसमा आयोग चुकेको छ । आयोगले अहिले पार्टी विभाजन भइनसकेकाले तिमीहरू मिल भन्ने अर्थको निर्णय गरेको छ । तर, सबै कुरा मिलेको भए आयोग किन गुहार्नुपथ्र्यो ?
आयोगको आइतबार साँझको निर्णयका मूलतः तीन पक्ष छन् । एउटा, यसले कुनै पनि हालतमा आधाकारिता माधव–प्रचण्ड नेतृत्वको नेकपालाई नै दिनुपथ्र्यो । विवाद हुनुअघिको साबिक केन्द्रीय कमिटीमा बहुमत जता छ, उसैले पार्टीको आधिकारिकता पाउने आयोगको ऐनको दफामा प्रस्ट लेखेकै छ । विगतमा राजनीतिक दलका यस्ता विवादमा आयोगले लिएका निर्णयको नजिर पनि त्यही नै छ । तर, के देखिन्छ भने केही गरी पनि केपी ओलीलाई दिन नसक्ने भएपछि बाध्य भएर यस्तो गरेको बुझ्न सकिन्छ । केपीलाई दिन मिल्ने एउटै छिद्र भेटेको भए अस्ति नै दिइसक्थ्यो । यो निर्णयले पहिलो अध्यक्ष, महासचिव, माइन्यूट जोसँग छ, उही आधिकारिक भन्ने ओली सिद्धान्तलाई भने खण्डित गरेको छ ।
दोस्रो, यसबीचमा दुवै समूहबाट जति पनि काम भएका छन्, ती सबै अवैध छन् भनेको छ । दाहाल–नेपाल समूहले मान्छे थपेको छैन । हाताहाती पद बाढ्ने, म्यादी भन्दै कार्यकर्तालाई बदनाम गराउने कोसिस ओली समूहबाटै भएको थियो, त्यो अवैध, गलत हो भनेको छ आयोगले । अवैध कामको थालनी पनि ओलीले नै गरेका हुन् । पार्टी बैठक आयोजना गरेर, पार्टी प्रवक्ता बदल्ने, कार्यकारी अध्यक्षबाट प्रचण्डलाई हटाउने, केन्द्रीय सदस्य मनोनयन गर्ने काम उनैले सुरु गरेका थिए । यो पनि आयोगले खारेज गरेको छ ।
तेस्रो र महŒवपूर्ण पक्ष भनेको आयोगले फेरि पनि ४ सय ४१ बाट निकास खोज, त्यो नै आधिकारिक हो भनेको छ । के ओलीसँग हिम्मत छ, केन्द्रीय कमिटी सामना गर्ने ? हिजो प्रक्रिया मिलेन होला तर ४ सय ४१ त आज पनि जीवितै छन् नि ! ४ सय ४१ को बैठक बोलाएर आफ्नो वैधता पुष्टि गर्न सक्छन् त ?
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply