प्रधानमन्त्रीका वचनले उपप्रधानमन्त्री–मुख्यमन्त्रीलाई घोच्दैन ?
काठमाडौं । राजनीतिक एजेन्डा सकिएपछि व्यक्ति जस्तोसुकै ठूलो पदमा भए पनि कति तल्लो स्तरसम्म झर्न सक्दो रहेछ भन्ने गतिलो उदाहरण बनेका छन् प्रधानमन्त्री केपी शर्मा ओली । आफ्ना सहकर्मी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालदेखि प्रभावशाली नेताहरू भीम रावल र योगश भट्टराईसमेतका विरुद्ध दिनहुँ विषवमन गर्न भ्याइनभ्याइ छ प्रधानमन्त्री ओलीलाई ।
पुस ५ अगाडिसम्म पार्टीका प्रधानमन्त्री निवास बालुवाटारमै डाकिएका सचिवालय, स्थायी कमिटीका बैठकमा लिफ्टबाट एक तला झर्न पनि नसक्ने प्रधानमन्त्री ओली अहिले पूर्व र पश्चिम दौडाहामा निस्केका छन् । सत्ता र शक्तिको दुरुपयोग गर्दै जम्मा गरिएका भीडमा उनले कुनै राजनीतिक अभिव्यक्ति दिँदैन । गर्छन् त केवल नेताविरुद्ध विषवमन । उनका अभिव्यक्ति र नेताहरूमाथि लगाइएका लाञ्छना सुन्दा लाग्छ, के उनी देशका प्रधानमन्त्री नै हुन् त ? उनका अभिव्यक्तिले व्यक्तिगत रूपमा उनको हैसियत त प्रस्ट देखाएकै छ तर त्योभन्दा दुःखको कुरा प्रधानमन्त्री पदको प्रतिष्ठालाई नै धूलीसात बनाएको छ । केही दिनअघि चितवन पुगेर उनी अध्यक्ष प्रचण्डमाथि खनिए । त्यहाँ निःसन्तान प्रधानमन्त्री ओलीको बर्बरावट यस्तो थियो, ‘छोरीहरू छन्, ज्वाइँहरू छन्, हेर्नैप¥यो । बनाउनैप¥यो । छोरी भएका मान्छेले त मेयर बनाउनैप¥यो । बनाउन भोटले पुगेन भने मतपत्र च्यात्नैप¥यो । ज्वाइँ छन्, के गर्ने अब घर किन्दिनै प¥यो, घडेरी किन्दिनैप¥यो, घर किन्दिनैप¥यो । पद ओहोदा दिनैप¥यो । केपी ओलीका छैनन्, कल्लाई देओस् ।’ उनको कुरा सुन्दा लाग्छ, यी सबै घटना ताजा हुन्, जसबारे यसअघि उनलाई केही थाहासम्म थिएन ।
उनको त्यो अभिव्यक्ति निश्चय नै प्रचण्डमाथि केन्द्रित थियो । तर, यहाँ चर्चा गर्न खोजिएको विषय भने ओली गुटकै नेता शंकर पोखरेलको हो । प्रधानमन्त्रीका यस्ता अभिव्यक्ति सुन्दा पोखरेलको मनमा चसक्क घोच्छ कि घोच्दैन होला ?
सबैलाई थाहा छ, नेकपा एकता हठात् भएको थियो । त्यसका पछाडि एउटै कारण थियो, सुविधाजनक बहुमतका साथ प्रधानमन्त्री हुने ओलीको अभिष्ट । त्यो अभिष्टको छायामा ओलीले चितवनको मतपत्र पनि सम्झेनन्, प्रचण्डका छोराछोरी पनि देखेनन् । त्यो बेग्लै कुरा हो । तर, विभाजनको यो बिन्दुमा नेकपा हठात् आइपुगेको होइन । नेकपा एकता भएकै दिनदेखि एकता भाँड्न सक्रिय थिए पोखरेलद्वय ईश्वर र शंकर । ईश्वरले सुरुदेखि नै सामाजिक सञ्जालमा खुलेआम एकताविरोधी अभिव्यक्ति दिइरहे । तर, सांगठनिक रूपमै एकतालाई प्रभाव पार्ने गतिविधिको सुरुवात शंकरले आफ्नो गृहजिल्ला दाङबाट गरेका हुन् । एकताको स्प्रिट जिल्ला कमिटीहरूको गठन जुन जिल्ला जसको भागमा पर्छ, उसैको साबिकको अध्यक्ष नै नेकपाको अध्यक्ष रहने भन्ने थियो । सबै जिल्लामा यही मापदण्डअनुसार पार्टी कमिटीको एकता पनि भयो । तर, दाङमा पोखरेलले एकताको त्यो स्प्रिटलाई चुनौती दिए । तत्कालीन एमालेको भागमा परेको हुनाले एमालेको निर्वाचित अध्यक्ष टीकाराम खड्का स्वतः जिल्ला कमिटी अध्यक्ष हुने थिए । तर, पोखरेलले बहिनी ज्वाइँ शिवकुमार आचार्यका खातिर बखेडा झिके । त्यहाँको विवाद मिलाउन पार्टीलाई हम्मेहम्मे प¥यो ।
ओलीकै भनाइ सापटी लिने हो भने पनि ‘ज्वाइँ छन् के गर्ने ?’ ज्वाइँको खातिरदारीका लागि पोखरेलले केही दिन अघि मात्र भूमिसम्बन्धी समस्या समाधान आयोग दाङ जिल्लाको अध्यक्षमा ज्वाइँ आचार्यलाई मनोनीत गराएका छन् । हो, प्रधानमन्त्रीज्यू, ज्वाइँ मात्र होइनन्, पत्नी पनि छन् हेर्नैप¥यो । आफंैले बनाएको हुनाले प्रधानमन्त्रीलाई ज्ञात नै होला, पोखरेलकी पत्नी सुजिता शाक्य जनजाति कोटाबाट समानुपातिक सांसद छिन् । आफ्नै बहिनी मेनका पोखरेललाई तपाईंले आफ्नो समूहको नेकपाको केन्द्रीय सदस्य बनाउनुभएको छ । शंकरले दाइ देवी पोखरेललाई विभाजित हुनुभन्दा अगाडि नेकपा घोराही उपमहानगरको इन्चार्ज पनि बनाएका थिए । शंकर मात्र होइन, प्रधानमन्त्रीज्यू तपार्इंकै मन्त्रिपरिषद्का उपप्रधानमन्त्री, जसलाई तपाईंले सायद कमिसनमा कुरा नमिलेपछि रक्षामन्त्रीबाट खोसुवा गर्नुभएको थियो, ईश्वर पोखरेलले पनि त सम्धि उपेन्द्र कोइरालाका लागि गरेको खातिरदारी बिर्सनुभएको छैन होला । जनता कोभिड–१९ को त्रासमा बाँचेका बेला ओम्नीसँग मिलेर छोराको खातिरदारी गर्ने उपप्रधानमन्त्री ईश्वर र मुख्यमन्त्री शंकरलाई प्रधानमन्त्री ओलीका निम्न कोटीका तुच्छ वाणले के साँच्चिकै घोच्दैन ?
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply