इजलासमै किन झोक्किए प्रधानन्यायाधिस ?
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि एक महिनादेखि सर्वोच्च अदालतको संवैधानिक इजलास बहस जारी छ । रिट निवेदकातर्फबाट बहस सकिएर अहिले सरकारी पक्षले प्रतिरक्षा बहस गरिहेका छन् । आजको बहसमा अधिवक्ता ईश्वरीप्रसाद भट्टराई बोलरहेका बेला प्रधानन्यायाधीस चोलेन्द्र शमसेर राणा निकै झोक्किए । बहसका लागि १५ मिनेट समय दिइएको भएपनि भट्टराईले ३० मिनेटमा पनि आफ्नो बहस नसेकपछि उनी रन्किएका हुन् ।
आजको इजलासमा प्रधानमन्त्रीका निजी वकिलले ईश्वरीप्रसाद भट्टराईले शुरुमा बहस गरेका थिए । भट्टराई बोल्न थालेको करिब २५ मिनेटमा भट्टराईले राजनीतिक दलसम्बन्धी ऐनमा टेकेर सरकार बन्न नसक्ने व्यवस्थाको जिकिर गर्न खोज्दै थिए ।
‘राजनीतिक दलसम्बन्धी ऐनको श्रीमान् यति भन्न नपाउँदै चोलेन्द्र शमशेर जबराले ‘थप विषयको बहस नोटमा दिनुस् सक्नुस’ भने ।
जबराले त्यति भन्दा पनि भट्टराई भने रोकिएनन्, ‘हैन श्रीमान’ भन्दै थिए । पुनः जबराले जवाफ दिए ‘१५ मिनेटको समय दिएको ३० मिनेट भइसक्यो ।’ उनले र्को साथीलाई गाइड गर्न दिन आग्रह गरे ।
यति भन्दा पनि अझै भट्टराई रोकिएनन् । अझै आफ्नो दलिल पेस गर्न थाले । इजलासले भनेको समेत नटेरेपछि जबरा जंगिए । जबरा भन्दैथिए ‘नाई नाई नाई छोडिदिनुस्, बहस नोट दिनुहोस् अरु प्लिज ।’
एउटा नजिर बाँकी रहेको भन्दै भट्टराई अड्डी कस्न थाले । अनि प्रधान न्यायाधीश जबराले भने, ‘भनेकै मान्नु हुन्न यार, हाम्रो बाध्यतालाई बुझ्नु न ।’
तेस्रो नम्बरमा बहस गर्न आएका सीपी रेग्मी शुरुदेखि नै दबावमा परे । उनी सिटबाट उठेर पोडियममा पुगे र फेरि झोला र कागजपत्र लिन आफ्नो सिटमा फर्किए । उनी पटक पटक नै ओहोररदोहोर गरेपछि जबराले भने, ‘छिटो आउनुस्, त्यसो गर्दागर्दै तपाईंको समय सिद्धियो ।’
रेग्मीले बहस थालेपछि उनले फेरि भने, ‘मुख्य बुँदा भनेर बहस नोट दिँदा हुन्छ ।’ रेग्मीको १५ मिनेट समय सकिएपछि जबराले भनिहाले, ‘ठीकै छ अब बस्नुस् (हाहाहा) ।’
रेग्मी अझै रोकिएनन् । उनी पनि संसदीय व्यवस्थामा संसद विघटन प्रधानमन्त्रीको अधिकार हुने विषयमा विभिन्न देशको उदाहरण दिँदै थिए । जबराले फेरि भने, ‘सिद्धियो केही भन्नै परेन ।’
रेग्मीले ‘अन्त्यमा’ भन्दै अमेरिकाको उदाहरण दिन थाले । जबराले झोंक्किदै भने, ‘छोडिहाल्नुस्, बन्द गरिहाल्नुस् ।’
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply