७ फाल्गुन २०७७, शुक्रबार ०४:२८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नागरिकता बोकेर आयोग जादै नेकपाका केन्द्रीय सदस्य
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी गरेको छ । बहुमत केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेकाले नेकपाको आधिकारिकता आफूहरुले नै पाउनुपर्ने बताउँदै आएको प्रचण्ड–माधव समूहले
आज निर्वाचन आयोग जाने तयारी गरेको हो ।
त्यसका लागि केन्द्रीय सदस्यहरुलाई आ–आफ्नो नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा मध्याह्न भेला हुन भनिएको छ । यसअघि यो पार्टी कुल ४३७ केन्द्रिय सदस्य मध्ये २८७ जनाको हस्ताक्षर आयोगलाई बुझाईसकेको छ । तर, प्रष्ट बहुमत आफूहरुतिर हुँदाहुँदै पनि निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद टुंगो लगाउन आलटाल गरेपछि नेकपाले सबै सदस्यहरुलाई नागरिकतासहित सशरिर आयोगमा उपस्थित गराउन लागेको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply