के हुदैछ आज प्रदेश १ को प्रदेशसभा बैठकमा ?

काठमाडौं, ९ फागुन । प्रदेश १ को जारी सातौ हिउँदे अधिवेशनको तेस्रो बैठक आजका लागि बोलाइएको छ । तर आजको प्रदेशसभा बैठक सरकारले नै अवरोध गर्ने भएको छ ।
संसद् सचिवालयले आजको बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले बैठक अवरुद्ध गर्ने बताएको हो ।
यसअघि गत माघ २५ को बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो । तर सत्तारुढ नेकपा ओली समूहले नै अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।
आइतबार दिउँसो २ बजे आह्वान गरिएको बैठक पनि सञ्चालन गर्न नदिने नेकपा ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताएका छन् । बैठक सञ्चालन गर्नका लागि पार्टी दुई वटा हुनु पर्ने उनीहरूको भनाइ छ ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्ताव पास हुने भएपछि सत्तापक्ष आत्तिएको छ । नेपाली कांग्रेसले पनि अविश्वासको प्रस्तावमा समर्थन गर्ने बताईसकेको छ । पद गुम्ने भएपछि केहि दिन अघि मात्र मुख्यमन्त्री राईले प्रदेश सभा नै भंग हुने धम्की दिएका थिए ।
सम्बन्धित समाचार
-
पुनरावलोकनमा जान्छौंः माधव नेपाल
-
निर्वाचन आयोगले भोलि नै पूर्वएमाले र माओवादी केन्द्रलाई चिठी लेख्दै
-
प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी वैठक आज बस्दै, नेकपा बदरको फैसलाविरुद्ध निर्णय लिने
-
आयोगको अर्कमण्यताले मूठभेडको खतरा
-
नेकपाले सांसदलाई सिंहदरवार बोलायो
-
नेकपाको आधिकारिकता विवाद सल्ट्याउदै निर्वाचन आयोग
-
पुर्नस्थापित प्रतिनिधिसभाको आज पहिलो बैठक, के के छ कार्यसूची ?
-
स्थानीय तहमा मनपरी : गतवर्ष मात्रै पिए र सल्लाहकारका नाममा पौने ६ करोड, गाडी खरिदमा अर्बांै स्वाहा
-
दुई वर्षपछि आज विप्लब सार्वजानिक हुँदै
-
ओली समूहको संसदीय दलको बैठक भोली
-
आज कांग्रेसको पदाधिकारी बैठक, भोली संसदीय दल बस्दै
-
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन देउवा तयार
Leave a Reply