के हुदैछ आज प्रदेश १ को प्रदेशसभा बैठकमा ?
काठमाडौं, ९ फागुन । प्रदेश १ को जारी सातौ हिउँदे अधिवेशनको तेस्रो बैठक आजका लागि बोलाइएको छ । तर आजको प्रदेशसभा बैठक सरकारले नै अवरोध गर्ने भएको छ ।
संसद् सचिवालयले आजको बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले बैठक अवरुद्ध गर्ने बताएको हो ।
यसअघि गत माघ २५ को बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो । तर सत्तारुढ नेकपा ओली समूहले नै अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।
आइतबार दिउँसो २ बजे आह्वान गरिएको बैठक पनि सञ्चालन गर्न नदिने नेकपा ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताएका छन् । बैठक सञ्चालन गर्नका लागि पार्टी दुई वटा हुनु पर्ने उनीहरूको भनाइ छ ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्ताव पास हुने भएपछि सत्तापक्ष आत्तिएको छ । नेपाली कांग्रेसले पनि अविश्वासको प्रस्तावमा समर्थन गर्ने बताईसकेको छ । पद गुम्ने भएपछि केहि दिन अघि मात्र मुख्यमन्त्री राईले प्रदेश सभा नै भंग हुने धम्की दिएका थिए ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply