गगनको प्रश्न : केपी ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा ?
नवलपरासी, ९ फागुन । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा हुन् ? भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलीले सडकबाट सम्मानित अदालतलाई धम्क्याउने र तर्साउने काम गरेको चर्चा गर्दै नेता थापाले अदालतले केपी ओलीको निर्लज्जताको भारी बोक्न नसक्ने बताए ।
नेपाली कांग्रेस नवलपरासी हुप्सेकोट गाउँपालिकाले आज आयोजना गरेको आमसभामा बोल्दै नेता थापाले बहुमत प्राप्त सरकारको प्रधानमन्त्रीले सडकमा गएर न्यायालयलाई धम्क्याउने काम संसारका कुनै मुलुकमा नभएको बताए । केपी ओली सन्काहा भएको बताउँदै थापाले अगाडि भने, ‘ प्रधानमन्त्रीले जेजे गल्ती गर्दै जान्छन् त्यसको साक्षी अदालत बस्न सक्दैन ।’ न्यायाधीशले विवेक पु¥याउँछन् कि पु¥याउँदैनन् भनेर जनताले प्रतीक्षा गरिरहेको उल्लेख गर्दै नेता थापाले भने, न्यायालयबाट संविधानसम्मत फैसला आउनेमा नेपाली कांग्रेस विश्वस्त छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply