स्थायी समितिमा सुवास र प्रदीपले भने – राजीनामा दिनु नै उत्तम
बुधवार डेस्क

काठमाडौं । राष्ट्रपति विद्यादवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि आज प्रधानमन्त्री निवास बालुवाटारमा ओली समूहको नेकपा स्थायी समितिको बैठक बस्यो । सर्वत्र प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने आवाज उठिरहेको बेला आजको यो बैठकले भने राजीनामा सम्बन्धमा ठोस निर्णय लिन सकेन । कारण थियो, बैठकमा सदस्यहरुविच मत बाझिनु ।
स्रोतकाका अनुसार बैठकमा सुवास नेम्बाङ र प्रदीप ज्ञवालीले अदालतले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनिसकेपछि नैतिकताको आधारमा राजीनामा दिनु नै उत्तम हुने धारणा राखेका थिए । सहभागी सदस्यहरुको कुरा बढी सुनेका तर आफू धेरै नबोलेका प्रधानमन्त्रीले सुवास र प्रदीपको धारणा पनि मौनपूर्वक सुने । केहि बोलेनन् । त्यसो त, पुस ५ गते संसद विघटन गर्नु ठिक अगाडी बसेको मन्त्रिपरिषद् बैठकमा पनि ज्ञवालीले संसद विघटन गर्ने कुरा कानुनी र राजनीतिकरुपमा पनि औचित्यपूर्ण नहुने धारणा राखेका थिए ।
नेकपाभित्र मात्र हैन प्रतिपक्षीहरुले पनि शालिन र बौद्धिक छवी भएका नेताभनेर आदर गर्ने ज्ञवालीले संसद विघटन पछि पनि एपी वान टेलिभिजनसँगको अन्तर्वातामा यदि अदालतले प्रतिनिधिसभा पुर्नस्थापनाको फैसला सुनाएमा प्रधानमन्त्री र आफूहरुले पनि नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताएका थियो । जुन भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।
विगतमा यो संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नै छैन भन्दै थुप्रै सार्वजानिक कार्यक्रममा बोलेका नेम्बाङ भने प्रधानमन्त्रीले संसद विघटन गरेपछि भने यस विषयमा मौन रहदै आएका थिए । आफू कानुनको समेत विद्यार्थी भएकाले अदालतमा विचाराधीन विषयमा नबोल्ने बताएका थिए । तर, अदालतले संसद पुर्नस्थापना गर्नासाथ उनले आफूले पहिल्यै प्रधानमन्त्रीलाई यो कदम नचाल्न सुझाएको भएपनि उनले नमानेको प्रतिक्रिया दिएका थिए । आजको स्थायी किमिटी बैठकमा पनि नेताद्धयले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने धारणा राखे तर नेताद्धयको धारणा अनुरुपको निर्णय आएन ।
ओली समूह निकट एक नेताका अनुसार अहिले ओलीले गलत निर्णय लिन उकास्ने काम नै उपप्रधानमन्त्री इश्वर पोखरेल र लुम्बिनी प्रदशका मुख्यमन्त्री शंकर पोखरेलले गर्ने गरेका छन् । उक्त स्रोत भन्छ, इश्वरको भुमिका हेर्दा आफूमाथि प्रधानमन्त्री ओलीबाट पटक पटक भएको अपमानको बदला लिन प्रेरित भएको जस्तो देखिन्छ । अर्थमन्त्रीका लागि सपथ खान पुग्दा रक्षा मन्त्रीको सपथ खानु परेको, त्यो पनि पछि खोसुवामा परेको, पार्टी एकताको नाममा महासचिव बाटै गलहत्याईएको, उपचारका लागि सिंगापू जाँदा कार्यबाहक प्रधानमन्त्रीको जिम्मा नदिएको जस्ता थुप्रै घटनाक्रमलाई पोखरेलले आफूमाथिको अपमानकारुपमा लिएका छन् । ओलीसँगै रहेर पनि ओलीको विश्वासिलो बन्न नसक्नु र माधव–प्रचण्ड समूहले पनि दुरदुर गरेपछि आफ्नो मात्रै राजनीतिक जीवन किन सक्नु ओलीको पनि सिद्धयाउने रणनीति इश्वरले लिएको बताइन्छ ।
लुम्बिनी प्रदेशमा विष्णु पौडेलसँगको लडाईका कारण इश्वरका यी कदमलाई शंकरले पनि साथ दिएको बताईन्छ । पछिल्लो समयमा राजनीतिक मंचमा सबैभन्दा निकृष्ट शैलीको शंकरको अवतरणलाई भने धेरैले आश्चर्यकारुपमा लिएका छन् । संसद पुर्नस्थापनाको निर्णय भइसकेपछि पार्टी एकताको सम्भावनाको ढोका नै बन्द भए जसरी उनले सामाजिक संजालमा लेख्दै आएका छन् । आजको स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्रीले राजीनामा दिन नहुने संसद नै फेस गरेर जानु पर्ने कुरालाई कुतर्क गरेर उकास्ने काममा पनि पोखरेलद्धयको भूमिका प्रमुख रहेको बताइन्छ ।
–
सम्बन्धित समाचार
-
कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने, संसद सचिवालयमा पत्र दर्ता
-
एमालेमा एकताको बिन्दुको खोजी
-
एमालेको नौ प्रदेश र ६७ जिल्ला नेतृत्वमा पुनर्गठन
-
दलहरुबीच नयाँ समन्वय र समझदारी कायम हुने सभामुखको विश्वास
-
उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
-
प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने
-
तत्काल कुनै क्षेत्र बन्द नहुने, आज नयाँ स्वास्थ्य मापदण्ड सार्वजनिक गरिने
-
अहिलेको संकटको मुख्य दोषी प्रधानमन्त्री – प्रदीप गिरी
-
सभामुखले बोलाउँदा किन गएनन् मुख्यमन्त्री छुट्टै बोलाए सर्वदलीय छलफल
-
लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुन्छ – मन्त्री केसी
-
निर्वाचन आयोगले फैसला नदिनु विडम्बना – नेता नेपाल
-
ओलीलाई साथ दिनेहरु दास हुन् – वरिष्ठ नेता नेपाल
Leave a Reply