प्रतिनिधि सभा पुनर्स्थापनापछि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटघाट
काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बिहीबार साँझ शीतल निवास पुगेको स्रोतले जानकारी दिएको छ । भेटका क्रममा राष्ट्रपति र प्रधानमन्त्रीबीच झण्डै डेढ घण्टा कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार उनीहरूबीच अब के कसरी संसद् बैठक सञ्चालन गर्ने भन्ने विषयमा छलफल भएको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते संसद् विघटन गर्दै वैशाख १७ र २७ का लागि चुनाव घोषणा गरेकी थिइन् । त्यसविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले विघटन बदर गर्दै संसद् पुनर्स्थापना गरेको हो । त्यसयता प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भएको यो नै पहिलो भेटवार्ता हो ।
सर्वोच्चले संसद पुनःस्थापनासँगै १३ दिनभित्र संसदको पहिलो बैठक बोलाउन राष्ट्रपति र प्रधानमन्त्रीका नाममा निर्देशनात्मक आदेश गरेपछि शीतलनिवास पुगेका प्रधानमन्त्री ओलीले आगामी राजनीतिक कदमबारे छलफल गर्न राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन् ।
संसद विघटनको कदम सर्वोच्च अदालतले उल्ट्याइदिएपछि राष्ट्रपति भण्डारीमाथि महाभियोग लगाउनेबारे पनि दलहरुबीच अनौपचारिक छलफल भइरहेका अवस्थामा प्रधानमन्त्री शीतलनिवास पुगेका हुन् । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच संसदको बैठक कहिले डाक्ने भन्नेबारे छलफल भएको बुझिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply