ताप्लेजुङका अग्निपिडितलाई भूकम्पपिडितलाई सरह राहतको माग

काठमाडौ । ताप्लेजुङको आगलागी पीडितहरुलाई भुकम्प पीडित सरह राहत उपलब्ध गराउन प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले माग गरेका छन ।
आज एक प्रेस विज्ञप्ती प्रकाशित गदै पूर्व मन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य भट्टराईले आगलागीका कारण आवास विहिन भएका स्थानीयहरुलाई तत्काल राहत उपलब्ध गराउन र दिर्घकालिन पून : स्थापनाका लागि भुकम्प पीडित सरह सहयोग उपलब्ध गराउन नेपाल सरकार समक्ष माग गरेको हो ।
आगलागीबाट ठूलो मात्रामा धनजनको र भौतिक क्षति भएको घटनाप्रति गहिरो दुख ब्यक्त गर्दै साँगुरो बजार,खुल्ला ठाँउको अभाब तथा दमकल लगायतका साधनका अभाबका कारण ठूलो मात्रामा क्षति हु्न पुगेको बताईएको छ । पूर्वमन्त्री भट्टराईले आगलागीलाई नियन्त्रणमा लिन प्रयत्यन गर्ने स्थानीय जनसमुदाय सुरक्षा निकाय लागयतका सवैमा धन्यवाद समेत दिएका छन । उनले पीडितहरुप्रति सहानुभुति प्रकट गदै आवश्क राहत र पून स्थापनाका लागि आ आफनो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । आगालागीबाट ४७ वटा घर जलेर नष्ट हुदा ७९ परिवार विस्थापित भएका छन . ।
सम्बन्धित समाचार
-
कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने, संसद सचिवालयमा पत्र दर्ता
-
एमालेमा एकताको बिन्दुको खोजी
-
एमालेको नौ प्रदेश र ६७ जिल्ला नेतृत्वमा पुनर्गठन
-
दलहरुबीच नयाँ समन्वय र समझदारी कायम हुने सभामुखको विश्वास
-
उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
-
प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने
-
तत्काल कुनै क्षेत्र बन्द नहुने, आज नयाँ स्वास्थ्य मापदण्ड सार्वजनिक गरिने
-
अहिलेको संकटको मुख्य दोषी प्रधानमन्त्री – प्रदीप गिरी
-
सभामुखले बोलाउँदा किन गएनन् मुख्यमन्त्री छुट्टै बोलाए सर्वदलीय छलफल
-
लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुन्छ – मन्त्री केसी
-
निर्वाचन आयोगले फैसला नदिनु विडम्बना – नेता नेपाल
-
कांग्रेसको पदाधिकारी बैठक बस्दै
Leave a Reply