नेकपा केन्द्रीय कमिटी बैठक आज
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलोपटक नेकपा केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । आज दिउँसो १ बजे बोलाईएको बैठकमा पार्टीको परिचय पत्र र नागरिकतासहित आउन केन्द्रिय सदस्यहरुलाई भनिएको छ । केन्द्रिय कमिटी बैठक बस्नु अघि आजै स्थायी कमिटी बैठक पनि बस्दैछ ।
यसअघि गत हप्ता निर्वाचन आयोगमा पार्टी आधिकारिकताका लागि बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर संकलनार्थ अनौपचारिक रूपमा केन्द्रीय कमिटी बैठक बसेको थियो । आज बस्ने केन्द्रीय कमिटी बैठकले पार्टीले बदलिँदो राजनीतिक परिस्थिथिमा चाल्नुपर्ने कदमबारे छलफल हुने बुझिएको छ । संसद् पुनःस्थापना पछि यही फागुन २३ गतेका लागि संसद बैठक आह्वान भइसकेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्नेबारे यो बैठकमा ठोस छलफल हुने बुझिएको छ ।
निर्वाचन आयोगले पार्टी विभाजनबारे कुनै निणर्य नलिइसकेको, प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा राजीनामा नदिएको, बरु उल्टै प्रमुख सचेत हटाउनेजस्ता एकपछि अर्को असंवैधानिक कदम चालिरहेको सन्दर्भमा नयाँ सरकार गठनका विकल्पबारे यो बैठकमा छलफल हुने बुझिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply