नेकपा केन्द्रीय कमिटी बैठक आज
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि पहिलोपटक नेकपा केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । आज दिउँसो १ बजे बोलाईएको बैठकमा पार्टीको परिचय पत्र र नागरिकतासहित आउन केन्द्रिय सदस्यहरुलाई भनिएको छ । केन्द्रिय कमिटी बैठक बस्नु अघि आजै स्थायी कमिटी बैठक पनि बस्दैछ ।
यसअघि गत हप्ता निर्वाचन आयोगमा पार्टी आधिकारिकताका लागि बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर संकलनार्थ अनौपचारिक रूपमा केन्द्रीय कमिटी बैठक बसेको थियो । आज बस्ने केन्द्रीय कमिटी बैठकले पार्टीले बदलिँदो राजनीतिक परिस्थिथिमा चाल्नुपर्ने कदमबारे छलफल हुने बुझिएको छ । संसद् पुनःस्थापना पछि यही फागुन २३ गतेका लागि संसद बैठक आह्वान भइसकेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्नेबारे यो बैठकमा ठोस छलफल हुने बुझिएको छ ।
निर्वाचन आयोगले पार्टी विभाजनबारे कुनै निणर्य नलिइसकेको, प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा राजीनामा नदिएको, बरु उल्टै प्रमुख सचेत हटाउनेजस्ता एकपछि अर्को असंवैधानिक कदम चालिरहेको सन्दर्भमा नयाँ सरकार गठनका विकल्पबारे यो बैठकमा छलफल हुने बुझिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply