२१ फाल्गुन २०७७, शुक्रबार ०२:०७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
दुई वर्षपछि आज विप्लब सार्वजानिक हुँदै
काठमाडौं । सरकारसँग भएको तीन बुँदे सहमतिसँगै दुई वर्षदेखि भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ आज शुक्रबार सार्वजनिक हुँदैछन् ।
तीन बुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न आज दिउँसो २ बजे काठमाडौंमा आयोजना गरिने संयुक्त ‘विशेष समारोह’ मा चन्द सार्वजनिक हुन लागेका हुन् । चन्द र प्रधानमन्त्री केपी शर्मा ओली एउटै मञ्चमा देखिने छन् ।
बिहीबार बिहान भएको तीन बुँदे सहमतिपछि हिजै साँझ बसेको मन्त्रिपषिद् बैठकले उक्त सहमति अनुमोदन गर्दै चन्द नेतृत्वको नेकपालाई लगाइएको प्रतिबन्ध समेत फुकुवा गरिसकेको छ ।
सहमतिसँगै सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध पनि हटाएको छ । सरकारले विप्लव समूहका पक्राउ परेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुको रिहाइ र मुद्दा खारेजी गर्ने सहमति समेत गरेको छ । योसँगै विप्लव नेकपा खुला र शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply