प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी वैठक आज बस्दै, नेकपा बदरको फैसलाविरुद्ध निर्णय लिने

काठमाडौं । सर्वोच्च अदालतले नेकपा नामको विवादमा गरेको फैसलाको विषयमा आवश्यक छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो ११ बजे पेरिसडाँडामा बोलाईएको भएपनि फेरी ३ बजेलाई सारिएको छ ।
सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको अवस्थामा अबको अन्योल र रणनीतिबारे छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । सर्वोच्चको फैसलापछि प्रचण्ड–नेपाल समूहले हिजो कानुन व्यवसायीसँग छलफल गरेको थियो ।
छलफलमा अदालतको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको भएको सुझाव आएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । आजको स्थायी कमिटीको बैठकपछि पार्टीको आधिकारिक धारणा तय गरी सार्वजनिक गर्ने प्रचण्ड–नेपाल समूहको तयारी छ ।
सर्वोच्चको हिजोको फैसला ‘राजनीति फैसला’ भएको टिप्पणी प्रचण्ड–नेपाल पक्षले गरेको छ । प्रवक्ता श्रेष्ठले आइतबार सामाजिक सञ्जालमा कानुनको विरुद्धमा राजनीतिक फैसला भएको र त्यसमा सहमत हुन नसक्ने बताएका छन् । तर यो फैसलाले सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी निर्णय दिने कार्य गरेको छ । तसर्थ यो फैसला अस्वभाविक छ ,संविधान एवं कानूनको बिरुद्ध छ , राजनीतिक आग्रह प्रेरित छ, बितण्डतापूर्ण छ र गलत छ ।
यो फैसलाप्रति हाम्रो गम्भीर असहमति छ उनले लेखेका छन्, नेपालको राष्ट्रिय सार्वभौमिकता, नेपाली जनतामा नीहित सार्वभौमसत्ता, नेपाली जनताको आत्मनिर्णयको अधिकार, संविधान, लोकतन्त्र, राजनीतिक स्थिरता, कानूनको शासन र ब्यवस्थाको बिरुद्ध बिभिन्न शक्तिहरुको षड्यन्त्र जारी छ भन्नेतर्फ पनि हाम्रो गम्भीर ध्यान जानु आवश्यक देखिएको छ । सर्वोच्चको हिजो आइतबार को फैसलाविरुद्ध पुनरावलोकनमा जाने सम्भावना रहेको प्रचण्ड–नेपाल पक्षका नेताहरु बताउँछन् ।
सम्बन्धित समाचार
-
कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने, संसद सचिवालयमा पत्र दर्ता
-
एमालेमा एकताको बिन्दुको खोजी
-
एमालेको नौ प्रदेश र ६७ जिल्ला नेतृत्वमा पुनर्गठन
-
दलहरुबीच नयाँ समन्वय र समझदारी कायम हुने सभामुखको विश्वास
-
उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
-
प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने
-
तत्काल कुनै क्षेत्र बन्द नहुने, आज नयाँ स्वास्थ्य मापदण्ड सार्वजनिक गरिने
-
अहिलेको संकटको मुख्य दोषी प्रधानमन्त्री – प्रदीप गिरी
-
सभामुखले बोलाउँदा किन गएनन् मुख्यमन्त्री छुट्टै बोलाए सर्वदलीय छलफल
-
लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुन्छ – मन्त्री केसी
-
निर्वाचन आयोगले फैसला नदिनु विडम्बना – नेता नेपाल
-
ओलीलाई साथ दिनेहरु दास हुन् – वरिष्ठ नेता नेपाल
Leave a Reply