नेतृत्व सच्चिँदा एमालेलाई थुप्रै सम्भावना खुला
बुधबार डेस्क
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एकता प्रक्रिया भंग गराएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि उथलपुथल र तरंगित वातारवरणमा मुलुकको राजनीतिले नयाँ बाटो समात्ने निश्चित भएको छ ।
अदालतले पार्टीका नाममा मात्रै माग दाबी गरेको ऋषी कट्टेल समूहलाई जिताउने कुरा स्वाभाविक मान्न सकिए पनि फैसलाले त्यसभन्दा अघि बढेर एकता प्रक्रिया नै भंग गराउनु उचित÷अनुचितमा बहस पैरवी चलिरहेको छ । तर, अदालतको फैसलाअनुसार पूर्व पार्टी ब्युँतिएपछि भने विगतका कमजोरीको वस्तुनिष्ठ समीक्षासहित अघि बढ्दा थुप्रै सम्भावनाको ढोका पनि खुला गरेकाले वामपन्थी जनमत त्यति धेरै बेखुस देखिएको छैन । त्यसैले फैसलालाई नेकपाको दुई पंक्तिमा विभाजित मनोविज्ञान र त्यसभित्रका समूह–उपसमूहबीचको टक्करलगायतका व्यबहारिक पक्ष र भविष्यमा कम्युनिस्ट आन्दोलनलाई पु¥याउनद सक्ने क्षतिलाई समेत मध्यनजर गरेर लेखाजोखासहितको विश्लेषण भइरहेको छ । भविष्यको क्षतिको तुलनामा संवैधानिक र कानुनी दृष्टिबाट होइन, व्यावहारिक पक्षबाट हेर्दा भने अदालतको फैसलालाई सकारात्मक नै मान्ने ठूलो वामपन्थी जनमत देखिएको छ ।
एमाले १ सय २१ सिट र माओवादी केन्द्र ५३ सिटसहित प्रतिनिधिसभामा उपस्थित छ । ब्युँतिने काम नेताहरूका कारण नभएर अदालतको फैसलाबाट भएकाले अबका दिनमा नेतृत्वले सुझबुझ राख्दा फेरि पनि मुलुकको नेतृत्व एमाले वा एमाले–माओवादीको नयाँ शीराबाट जन्मिने पार्टीको काँधमै आउने अनेकौं आधार छन् । कम्तीमा फेरि पनि वामपन्थी दलले नै अबको निर्वाचनमा पनि बहुमत ल्याउने र त्यति हुन नसके ठूलो दलका रूपमा उदाउने थुप्रै आधार खडा गरेको छ ।
३ जेठ २०७५ मा दुई पार्टी एकता वामपन्थी जनमतको जगमा भएको थियो । तर, त्यो एकतालाई दिगो बनाउने उद्देश्यका साथ सम्पूर्ण विधि, प्रक्रिया पु¥याएर होइन कि, एकातिर ओली र अर्कातिर प्रचण्डको गैरलोकतान्त्रिक शैलीमा तत्काल व्यक्तिगत लाभहानीको लेखाजोखाको परिणाम थियो । फलतः एकीकरण भएको ६ महिना नपुग्दै पार्टी एकता नितान्त तत्कालीन दुई पार्टी अध्यक्षको महŒवाकांक्षा पूर्तिका लागि भएको थियो भन्ने पुष्टि हुनेगरी सिद्धान्त, विधि, प्रक्रियामाथि कत्लेआम गर्ने प्रक्रिया सुरु भयो र अढाइ वर्षकै बीचमा पार्टी विभाजित हुने तहमा पुग्यो ।
अदालतको फैसलाबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनःस्थापित भएसँगै उत्पन्न तत्कालिक प्रतिक्रिया र मनोविज्ञानबाट माथि उठेर अबको ध्यान तीन काममा केन्द्रित भएको खण्डमा सकारात्मक सम्भावनाका ढोकाहरू खुल्दै जाने अनुमान गरिएको छ । तत्कालीन हिसाबले पहिलो, विगतमा निष्क्रिय रहेका पार्टी संरचनाहरूको पुनःस्थापना र सञ्चालन । दोस्रो, गत निर्वाचनमा एउटै घोषणापत्रका आधारमा एमाले र माओवादीको वाम गठबन्धनलाई प्राप्त जनादेशका आधारमा वाम गठबन्धनको सरकारको निरन्तरता र वामपन्थी जनमत विभाजित हुन नदिन आगामी निर्वाचनमा वाम गठबन्धन निर्माण गरेर जाने गरी वातावरण निर्माण गर्दै गएको खण्डमा पार्टी एकताको औचित्य स्थापित हुने मात्र होइन, फेरि पनि बहुमतको सरकार बन्ने आधारहरू खडा हुँदै जान सक्ने आँकलन गर्न सकिन्छ ।
यी तमाम कामको शुरुवात भने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पार्टी एकतादेखिका कमजोरीहरूलाई वस्तुनिष्ठ समीक्षासहित अघि बढाएको खण्डमा सिंगो एमाले पंक्तिमा नयाँ उत्साहको वातावरण निर्माण हुनेछ । व्यक्तिवादबाट होइन, पार्टी र सरकारलाई विधिबाट संचालनका लागि ठोस प्रस्ताव राख्ने, पार्टी र सरकारको कामको जिम्मेवारी शक्ति सन्तुलनको आधारमा सबै पक्षको स्पेश खडा हुनेगरी ओलीबाटै प्रस्ताव आउनेबित्तिकै पार्टी र सरकार दुवैतिरको काममा गति पैदा हुनेछ । लाखौं एमालेपंक्ति पार्टी काममा जोडिनेछ र सरकारको कामसमेत जनस्तरमा स्थापित हुँदै जानेछ । त्यसका लागि उनले अस्वस्थ तरिकाबाट होइन, स्वस्थ वाताबरणबाटै वर्तमान सरकार टिकाएर लैजान माओवादी केन्द्रलाई पनि सरकारमा राखिरहने वातावरण निर्माण गर्न सक्नुपर्छ । कथंकदाचित यो वातावरण निर्माण हुन नसक्दा पनि तत्कालीन नवौं महाधिवेशनपछि दुई समूहमा रहेको एमालेको मनोविज्ञान सम्बोधन हुनेगरी पार्टी केन्द्रदेखि तलसम्मको संरचना पूर्ववत् रूपमा ब्युँताउने, आवश्यकताअनुसार पार्टी कामको जिम्मेवारीमा पनि पुनर्गठन गर्ने र चुनाव केन्द्रित हुनेगरी गर्न सक्नुपर्छ ।
यद्यपि, यी तमाम कामका लागि प्रधानमन्त्री र पार्टी अध्यक्षको हैसियतमा ओलीले अब कसरी पाइला अगाडि बढाउलान् भन्ने नै सर्वत्र जिज्ञासाको विषय बनेको छ । अदालतको फैसलाले ओली र नेपालसहितको समूहलाई तत्कालीन एमालेमै पु¥याएको हो । तर, उनको सचिवालयमा रहेका व्यक्तिहरू भने आफूहरू मात्र एमाले, माओवादी केन्द्रसँग रहेकाहरू भने पार्टीभित्र आउन खोजे जस्तो कू–प्रचार गर्ने, सुरुमै नेताहरूको तेजोबध गर्नेजस्ता गलत क्रियाकलापमा संलग्न देखिएका छन् । जबकि तत्कालीन एमालेको सिंगो संरचना ओलीको एकल निर्णयबाट विघटन भएको थियो । त्यति मात्र होइन, ओलीले पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवादमा समेत सम्झौता गरेर सिंगो नेकपालाई व्यक्तिवादका आधारमा सञ्चालन गर्न खोजेका थिए । यस्ता तमाम कमजोरीहरू ओलीले सच्याउने र अरू नेताहरूले पनि साथ दिनेबित्तिकै एकताबद्ध भएर मुलुकलाई निर्वाचनतिर डो¥याउने र अर्कोपटक पनि सरकारको नेतृत्व गर्न सक्ने एमालेका लागि सम्भावनै सम्भावनाका ढोकाहरू खुला भएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply