गुप्तचरका हरेक हाकिम बदनाम
काठमाडौं । गोप्य सूचना संकलन गरी सरकारलाई बुझाउँदै आएको एक मात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागका हरेक हाकिमहरू बदनामी कमाउन सफल भएका छन् । पछिल्लो समय आफ्नो दक्षता प्रदर्शन गर्नुभन्दा पनि मुख्य नेताहरूको र सत्ताको चाकरी बजाएर गुजारा गर्दै आएको सो विभागका देशभरीका जिल्लाका इन्चार्ज बदनाम सावित भएका छन् । अझ भनसुन र मुख्य नेताहरूले काखी च्याप्दा सरुवामा बदनामहरूले महŒवपूर्ण जिल्लाको अवसर पाएका छन् । गुप्चतर प्रमुख गणेश अधिकारीले क्षमताका आधारमा भन्दा चलखेल र सिफारिसका आधारमा सो सरुवा गरेको आरोप लागेको थियो ।
अहिले एसपी भूमि पाठकको काठमाडौंको प्रमुख छन् । उनी कास्कीमा कार्यरत थिए । चलखेलकै आधारमा उनले कास्कीबाट काठमाडौं सरुवा हुने मौका पाएको बताइएको छ । उनी कांग्रेस नेता गोविन्दराज जोशीका कार्यकर्ता हुन् । उनलाई जोशीले नै गुप्तचरमा भर्ना गरेका थिए । यसअघि उनी ललितपुरसमेत बसेका थिए । त्यस्तै उत्तम खनाल चितवनका प्रमुख छन् । उनी पूर्वआईजीपी सर्वेन्द्र खनालका भाइ हुन् । पहुँचवालाको नाम जोडेर धक्कु लाएकै भरमा अधिकांश गुप्तचर अधिकारीहरू सुतीसुती तलब खाने गर्छन् । नवीन्द्र अधिकारी अहिले कास्की जिल्ला प्रमुख हुन् । उनको केही महिनाअघि मात्र कास्कीमा सरुवा भएको हो । उनी अर्थमन्त्री विष्णु पौडेलनिकट हुन् । उनको घर पोखरा नै हो । कार्यक्षमतामा कमजोर भए पनि उनले पटक–पटक महŒवपूर्ण जिम्मेवारी पाएका छन् । कार्यसम्पादनमा २९ नम्बरमा रहेका विमल घिमिरे मोरङ प्रमुख छन् । तिलक प्रसाई राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख छन् । उनी कोइराला परिवारनिकट भएका आधारमा गुप्तचरमा भर्ना भएका थिए । त्यस्तै सुशान्त बराल अहिले रूपन्देही प्रमुख छन् । उनी पनि आकर्षक जिल्लाबाट आकर्षक जिल्लामै सरुवा भएका छन् । उनको झापाबाट रूपन्देही सरुवा भएको थियो । त्यस्तै कैलालीका विकास पाण्डेको महेश बस्नेतको सिफारिसमा भक्तपुर सरुवा भएको बताइएको छ । उनी पनि अनुसन्धानमा निपुणभन्दा पनि बजेट सक्ने ध्यानमा मात्र लाग्ने गरेको आरोप छ । विगतमा गरिएको सरुवामा चरम चलखेल गरेको भन्दै गुप्तचर प्रमुख अधिकारीको चर्काे आलोचना भएको थियो । सत्तारुढ दलका नेताहरूको सिफारिसमा उनले सरुवा गरेको र यसले संगठनमा मनोबल खस्किएको गुप्तचर आरोप अधिकांश गुप्तचर अधिकारीहरूको थियो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply