११ चैत्र २०७७, बुधबार ०५:३७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
तानाशाह
छम गुरुङ
समय कत्ति पनि छैन
हो नि,
जो–जसको छैन भने समय
केही पनि हुँदैन
मात्र यति भन्न सकिन्छ
कि संसारका सिक्रीहरू
एक हाते होस्
चाहे हजार माइल लम्बाइ
चाहे पृथ्वी नै बेर्न सक्ने लम्बाइ होस्
खासमा जुनसुकै जुगमा
ती सिक्रीहरू
सजिलै नचुँडिए पनि पक्कै चुँडिन्छन्
अब त्यो पनि,
यसो भनौँ
कुनै कागजी बाघ होइन, रहेन
न कुनै अग्लो दरबारको
या सानो घरको कोठे मालिक
त्यो त एउटा रातो झिंगो न हो
न इतिहास, श्रम, संघर्ष छ
न संस्कृति, नैतिकता
न त न्यायको लागि सबभन्दा पीँध–आवाज कैल्यै हुन्छ ऊसँग
संसारको अन्तिम दुःखी परजीवी,
त्यो हो है
मेरो मतलब, त्यो झिंगै न हो,
जुन सत्तामाथि होइन
बरु आज जनताको सत्यको लिसोमाथि
ऊ जोडले फ्याँकिसकेको छ
सारा जनताकै अगाडि !
००
Leave a Reply