चीनबाट आज आठ लाख डोज कोरोना खोप ल्याइँदै
काठमाडौं । कोरोना भाइरसविरुद्धको आठ लाख डोज चिनियाँ खोप आज (सोमबार) काठमाडौं ल्याइँदैछ । चीन सरकारले सहयोग गरेको आठ लाख डोज खोप आज राति साढे ८ बजेसम्ममा काठमाडौं आउने भएको हो ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ उडिसकेको छ । सो जहाज सोमबार राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने निगमका प्रवक्ता करिष्मा श्रेष्ठले जानकारी दिएकी छिन् ।
चीन सरकारले कोरोनाविरुद्धको ‘भेरासेल’ खोप नेपाललाई उपलब्ध गराउन लागेको हो । चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ ।
सो खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्दैछिन् । खोप लगाउनुपर्ने जनसंख्या धेरै भएको र अनुदानमा आउन लागेको खोपको मात्रा कम भएकाले स्वास्थ्य मन्त्रालयले कस्ता व्यक्तिहरुलाई खोप दिने भन्ने निर्णय भने गरिसकेको छैन ।
सो खोप कसरी र कस्ता व्यक्तिका लागि लगाउने भनेर स्वास्थ्य मन्त्रालयले छलफल गरिरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले बताएका छन् । ‘यो खोप आम सर्वसाधारणलाई पुग्ने आएमा सोही अनुसार दिन सकिन्थ्यो, सीमित मात्र आउने भएकाले जोखिम समूहमा पर्ने लक्षित वर्गलाई प्राथमिकीकरण गरेर लगाउने कि भन्ने कुरा भएको छ,’ डा अधिकारीले भने, ‘योजनाहरु बन्दै छ, छलफल भइरहेको छ, तर अहिले नै कस्ता समूहलाई लगाउने भन्ने टुंगो लागेको छैन ।’
विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिसिल्ड खोपभन्दा बढी प्रभावकारी देखिएको अधिकारीहरु बताउँछन् । यद्यपि भेरासेल खोप कोभिसिल्डको तुलनामा महँगो पर्दछ । यसअघि भारत सरकारले भारतकै सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply