१६ चैत्र २०७७, सोमबार ०४:३२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सिके राउतविरुद्ध फेरि पक्राउ पुर्जी
नवलपरासी । जिल्ला अदालत नवलपरासीले जनमत पार्टीका अध्यक्ष सिके राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
रौतहट जिल्लाको महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषा जनकपुर उपमहानगरपालिका वडा नम्बर ८ डेरा गरि बस्ने सिके राउत भन्ने डाक्टर चन्द्रकान्त राउतको नाममा अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
राउत यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्झौता गरि शान्तिपुर्ण राजनीतिमा आएका राउतविरुद्ध राज्य विरुद्धको संगठित अपराध कसुरमा मुद्दा तलाइएको छ ।
राउतविरुद्द यसअघि नै पक्राउ पुर्जीसहितको सुचना जारी भएपनि घरद्वारा पत्ता नलागेका कारण फेरी पक्राउ पूर्जी गरेको अदालतले सुचनामा उल्लेख गरेको छ । उक्त सुचनामा ३५ दिन भित्र हाजिर हुन आउन राउतलाई अदालतले आदेश दिएको छ ।
राउतसँगै रामकुमार तामाङको नाममा पनि अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply