खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल–माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज (मंगलबार) बस्दैछ । अध्यक्ष केपी ओलीले विधान विपरित पार्टीका नेताहरुलाई कार्वाही तथा निष्कासन गर्न थालेपछि भावी रणनीति तय गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।
बठक दिउँसो १२ बजे कलंकिस्थित मेगा बैंकेटमा बोलाइएको छ । ओलीले हिजो वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टीबाट निष्कासन गरेका थिए । त्यस्तै, उपमहासचिव घनश्याम भुषाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई २४ घष्टाभित्र स्पष्टीकरण दिन म्याद तोकिएको छ ।
एमालेको स्थायी कमिटीमा खनाल–नेपाल समूहमा वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहोरा छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply