नेपाल समूहको निष्कर्ष : ओलीले राज्यसत्ताको दुरुपयोग गरेर तानाशाही लाद्न खोजे
काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ स्थायी कमिटी सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सिङ्गो कम्युनिष्ट आन्दोलनलाई नै ध्वस्त बनाउन लागेको आरोप लगाएका छन् ।
कलङ्कीको मेघा पार्टी प्यालेसमा आज (मंगलबार) बसेको नेपाल–खनाल पक्षको वैठकपछि ११ स्थायी कमिटी सदस्यहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा ओलीले पार्टी र कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन लागेको निष्कर्ष निकालिएको छ ।
‘नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधि सभालाई अवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नु भएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा एमाले विभाजित गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण काम भइरहेका छनु’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीद्वारा एकपछि अर्को गर्दै निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको र राज्य सत्ताको दुरुपयोग गरेर तानाशाहअी लाद्ने दुष्प्रयास भइरहेको आरोप समेत लगाइएको छ । ओलीले माओवादी केन्द्रसँग आफैले गरेको सम्झौता विपरीत एकीकरणविरुद्ध लाग्ने मात्रै नभई एमाले विभाजन गर्न लागेको आरोप विज्ञप्तिमा लगाइएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply