नेपाल समूहको निष्कर्ष : ओलीले राज्यसत्ताको दुरुपयोग गरेर तानाशाही लाद्न खोजे
काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ स्थायी कमिटी सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सिङ्गो कम्युनिष्ट आन्दोलनलाई नै ध्वस्त बनाउन लागेको आरोप लगाएका छन् ।
कलङ्कीको मेघा पार्टी प्यालेसमा आज (मंगलबार) बसेको नेपाल–खनाल पक्षको वैठकपछि ११ स्थायी कमिटी सदस्यहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा ओलीले पार्टी र कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन लागेको निष्कर्ष निकालिएको छ ।
‘नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधि सभालाई अवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नु भएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा एमाले विभाजित गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षड्यन्त्रपूर्ण काम भइरहेका छनु’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीद्वारा एकपछि अर्को गर्दै निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको र राज्य सत्ताको दुरुपयोग गरेर तानाशाहअी लाद्ने दुष्प्रयास भइरहेको आरोप समेत लगाइएको छ । ओलीले माओवादी केन्द्रसँग आफैले गरेको सम्झौता विपरीत एकीकरणविरुद्ध लाग्ने मात्रै नभई एमाले विभाजन गर्न लागेको आरोप विज्ञप्तिमा लगाइएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply