देशभर संगठन बनाउँछौं, चुनाव भए ओलीलाई एक्ल्याउँछौं– माधव नेपाल
पोखरा । नेकपा एमालेका नेता माधवकुमार नेपालले देशव्यापी संगठन बनाउने उद्घोष गरेका छन् ।
जिल्लासँगै प्रदेश र केन्द्रीय निकायहरु पनि बनाउने बताएका उनले आयोगमा कानुनी विषय भएकाले छुट्टै केन्द्रीय कमिटी भने नबनाउने उनले प्रष्ट पारे । बिहीबार कास्की जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै नेता नेपालले भने देशव्यापी संगठन बनाउने अभियानमा हिँडेका छौं ।
भोलि गाउँपालिकाको चुनाव भयो भने हामी दिन्छौं टिकट । प्रदेशसभाको सदस्य बनाउन हामी चयन गर्छौ, उम्मेदवार । राष्ट्रियसभा र प्रतिनिधिसभाको चुनावको टिकट पनि हामी दिन्छौं उनले अघि भने घोषणा गरुन् त चुनाव हामी अरुसँग सिटको तालमेल गर्छौं सबैलाई मिलाएर लान्छौं । यसका लागि मोहन वैद्यदेखि मोहनविक्रम सिंहसम्म सबैसँग कुराकानी भएको उनले बताए ।
८ लाखमध्ये ६ लाख कार्यकर्ता आफूहरुसँग रहेको भन्दै उनले भने हिम्मत छ भने कारबाही गरे हुन्छ ।
यद्यपि २८ फागुनका निर्णय फिर्ता लिन र २ जेठ २०७५ मा फर्किने हो भने सबै बिर्सिन तयार रहेको उनले बताए । केपी ओली पनि सुध्रिउन् भनिरहेको भन्दै उनले भने, ‘केपी ओली तयार छन् छैनन् किनभने प्रधानमन्त्री पद जान्छ कि भने चिन्ता छ, अध्यक्ष पद जान्छ कि भन्ने चिन्ता छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply