भुसालले भने– ओलीले गरेको बर्बादीका लागि दुनियाँसँग माफी माग्छु
काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले असीमित सत्ताभोगको अतृप्त तृष्णाले अध्यक्ष केपी शर्मा ओलीलाई आफू र आफ्ना मान्छेबाहेक केही नदेख्ने बनाएको प्रतिक्रिया दिएका छन् ।
अध्यक्ष ओलीले बिहीबार मात्र भुसालसँगै सुरेन्द्र पाण्डेलाई पार्टीे सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए । त्यसतर्फ संकेत गर्दै भुसालले ओलीबारे सामाजिक सञ्जाल फेसबुकमा लेखका छन् म बस्न नपाउने कुर्ची भाँची दिन्छु यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो ।
एउटा धेरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु’ भुसालले भनेका छन् ।
ओलीले पार्टीको गौरवको चीरहरण गरिरहेको भन्दै त्यसको सामना गर्ने उनले बताए ।
यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौं उनले लेखेका छन्, मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादीका लागि मैले दुनियाँसँग माफी माग्छु ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply