नेपाल – खनाल पक्षको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट भई छुट्टै कमिटी बनाउन देशव्यापी अभियान सञ्चालन गर्ने उद्घोष गरेको नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले आज स्थायी कमिटी बैठक राख्दै छ।
एक नेताका अनुसार बैठक बिहान ११ बजे कलंकीस्थित मेघा पार्टी प्यालेसमा बस्नेछ।
प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकपछि अर्को गर्दै आफ्ना पक्षका नेतालाई धमाधम कारबाही गर्न थालेपछि रणनीति बनाउन नेपाल पक्षले आफूनिकट स्थायी कमिटी सदस्यहरूको बैठक गर्न लागेको हो।
पार्टीको नाम विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते ऋषि कट्टेलको नेकपा वैधानिक, एमाले–माओवादी केन्द्र मिलेर पछि बनेको नेकपा अवैधानिक भएको फैसला गरेपछि ब्युँतिएको एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच तीव्र टक्कर परिरहेको छ।
अदालतको फैसला आएको एक हप्ता पनि नबित्दै ओलीले फागुन २८ गते आफूपक्षीय केन्द्रीय कमिटीको बैठक राखी माधव नेपाल र झलनाख खनाल पक्षका पद र जिम्मेवारी मात्र खोसेनन् गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्यसमेत बनाए।
जसका कारण रुष्ट बनेको नेपाल–खनाल पक्षले राष्ट्रिय कार्यकर्ता भेलालगायत छुट्टै गतिविधि गरिरहेको छ, समानान्तर कमिटी बनाइरहेको छ। यही आरोपमा ओलीले नेपाल पक्षका नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि भन्दै पार्टीको साधारण सदस्यतबाट समेत निलम्बन गरिसकेका छन्। एमाले लगभग फुट्ने संघारमा पुगिसकेको छ।
माधवकुमार नेपाल र भीम रावलपछि हिजो बिहीबार मात्र अध्यक्ष ओलीले सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाका लागि भन्दै पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेपछि नेपाल पक्षले देशव्यापी समानान्तर कमिटी गठन गर्ने घोषणा गरिसकेको छ। यसबीच उसले अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायत भ्रातृ संगठनको त अलग्गै कमिटी बनाइसेकेको छ।
आजको बैठकमा देशव्यापी अभियानका लागि के कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरिने नेपाल पक्षका नेताले बताएका छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply