मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिदै माओवादी केन्द्र
विराटनगरप्रदेश । १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्ताव नेकपा माओवादी केन्द्रले पनि फिर्ता लिने भएको छ।
आज दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकबाट उसले अविश्वास प्रस्ताव फिर्ता लिने भएको हो।
कारण नेकपा हुँदा अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल पक्षका सांसदले एमाले पुनर्स्थापना भएपछि यही चैत १७ गते आफ्नो नाम झिकेका छन्। जसले गर्दा अविश्वास प्रस्ताव पास नहुने देखेपछि माओवादी केन्द्रले पनि निर्णय फिर्ता लिने भएको हो।
माओवादी केन्द्र संसदीय दल स्रोतका अनुसार आज बस्ने बैठकमा प्रस्तावक र समर्थकको सम्बोधनपछि प्रस्ताव फिर्ता गरिनेछ।
तत्कालनी नेकपाका प्रचण्ड–नेपाल समूहका ३७ सांसदले गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। तर पार्टीको नाम विवादमा ऋषि कट्टेलले हालेको मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते कट्टेलकै पक्षमा फैसला गर्दै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरिदिएपछि राजनीतिक ‘कोर्स’ उलटपुलट भएको हो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply