मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिदै माओवादी केन्द्र
विराटनगरप्रदेश । १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्ताव नेकपा माओवादी केन्द्रले पनि फिर्ता लिने भएको छ।
आज दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकबाट उसले अविश्वास प्रस्ताव फिर्ता लिने भएको हो।
कारण नेकपा हुँदा अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल पक्षका सांसदले एमाले पुनर्स्थापना भएपछि यही चैत १७ गते आफ्नो नाम झिकेका छन्। जसले गर्दा अविश्वास प्रस्ताव पास नहुने देखेपछि माओवादी केन्द्रले पनि निर्णय फिर्ता लिने भएको हो।
माओवादी केन्द्र संसदीय दल स्रोतका अनुसार आज बस्ने बैठकमा प्रस्तावक र समर्थकको सम्बोधनपछि प्रस्ताव फिर्ता गरिनेछ।
तत्कालनी नेकपाका प्रचण्ड–नेपाल समूहका ३७ सांसदले गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। तर पार्टीको नाम विवादमा ऋषि कट्टेलले हालेको मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते कट्टेलकै पक्षमा फैसला गर्दै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरिदिएपछि राजनीतिक ‘कोर्स’ उलटपुलट भएको हो।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply