एमालेको अन्तिम प्रधानमन्त्री ओली – सांसद कँडेल
काठमाठौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले अहिलेको राजनीतिक अवस्था कायमै रहे नेकपा एमालेको अन्तिम प्रधानमन्त्री केपी शर्मा ओली नै हुने बताएका छन् ।
प्रतिनिधिसभाको आज सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राजनीतिक आन्दोनलमा सहभागी नेताहरूलाई पन्छाउँदै गएको र एकता गरेर आएका दलहरूलाई गरेको व्यवहारले पनि एमालेको अन्तिम प्रधानमन्त्री ओली हुने देखाएको दावी गरे ।
कुर्सीको मोहले जुन किसिमको उहाँमा पीडा छ, यस्तै रह्यो भने एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै हुनेछन् ।’
प्रधानमन्त्रीले संसदमा आएर विश्वासको मत लिनुपर्ने कँडेलको धारणा थियो । उनले संविधान देखाउँदै सरकारको नेतृत्व गरिरहेको पार्टी विभाजन भएमा वा सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था पढेर सुनाएका थिए ।
प्रधानमन्त्री संवैधानिक व्यवस्थाबाट पन्छिन नमिल्ने उनको भनाइ थियो । फागुन २३ गते सरकारको नेतृत्व गरेको दल विभाजित भएको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने उनको धारणा थियो । ’अहिलेको सरकार यो सदनबाट ७६ ९१० अनुसार मान्यता पाएको हो । हिजो नेकपाले विश्वासको मत लिएको हो, एमालेले होइन । संविधानमा हेरे हुन्छ, धारा १०० को २ मा प्रधानमन्त्रीले नेतृत्व गर्ने दल विभाजित भएमा, सरकारलाई समर्थन गर्ने दलले समर्थन फिर्ता लिएमा भन्ने छ । आजै दल विभाजित भएको ३० दिन पुगेको छ । हामी यो अवस्थामा एमालेलाई चिन्दैनौं उनले भनेका थिए । तत्कालीन नेकपा विभाजित भइसकेपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिनैपर्ने कँडेलले बताएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply