एमालेको अन्तिम प्रधानमन्त्री ओली – सांसद कँडेल
काठमाठौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले अहिलेको राजनीतिक अवस्था कायमै रहे नेकपा एमालेको अन्तिम प्रधानमन्त्री केपी शर्मा ओली नै हुने बताएका छन् ।
प्रतिनिधिसभाको आज सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राजनीतिक आन्दोनलमा सहभागी नेताहरूलाई पन्छाउँदै गएको र एकता गरेर आएका दलहरूलाई गरेको व्यवहारले पनि एमालेको अन्तिम प्रधानमन्त्री ओली हुने देखाएको दावी गरे ।
कुर्सीको मोहले जुन किसिमको उहाँमा पीडा छ, यस्तै रह्यो भने एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै हुनेछन् ।’
प्रधानमन्त्रीले संसदमा आएर विश्वासको मत लिनुपर्ने कँडेलको धारणा थियो । उनले संविधान देखाउँदै सरकारको नेतृत्व गरिरहेको पार्टी विभाजन भएमा वा सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था पढेर सुनाएका थिए ।
प्रधानमन्त्री संवैधानिक व्यवस्थाबाट पन्छिन नमिल्ने उनको भनाइ थियो । फागुन २३ गते सरकारको नेतृत्व गरेको दल विभाजित भएको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने उनको धारणा थियो । ’अहिलेको सरकार यो सदनबाट ७६ ९१० अनुसार मान्यता पाएको हो । हिजो नेकपाले विश्वासको मत लिएको हो, एमालेले होइन । संविधानमा हेरे हुन्छ, धारा १०० को २ मा प्रधानमन्त्रीले नेतृत्व गर्ने दल विभाजित भएमा, सरकारलाई समर्थन गर्ने दलले समर्थन फिर्ता लिएमा भन्ने छ । आजै दल विभाजित भएको ३० दिन पुगेको छ । हामी यो अवस्थामा एमालेलाई चिन्दैनौं उनले भनेका थिए । तत्कालीन नेकपा विभाजित भइसकेपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिनैपर्ने कँडेलले बताएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply