देशैभर बिहानैदेखि बढ्यो वायु प्रदूषण
काठमाडौं । आज बिहानैदेखि लगभग देशैभर तुवाँलो लागेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार देशका पहाडी र तराई भेग तुवाँलोले ढाकेको हो।
आज पश्चिमी क्षेत्रलगायत देशका केही स्थानमा हल्का वर्षाको सम्भावना त छ तर त्यो तुवाँलो हटाउन तथा मौसम सफा गराउन पर्याप्त नहुने बताए ।
काठमाडौं उपत्यकाकै केही स्थानमा आज फाटफुट वर्षाको सम्भावना देखिएको छ, तर यसले तुवाँलो हटाउने वा वायु प्रदूषण घटाउने सम्भावना छैन।
खासगरी पश्चिमी क्षेत्र तथा देशका अन्य पहाडी र तराई क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले ती स्थानमा तुवाँलो केही कम हुने सम्भावना देखिए पनि आज दिनभर नै लगभग देशभरै तुवाँलो रहने सम्भावना छ।
मौसमविद्का अनुसार चैतका बेला हावाहुरी चल्ने तथा मेघगर्जनसहित वर्षा हुनुपर्ने हो। तर निकै दिनदेखि त्यसो हुन नसक्दा मौसम सुक्खा भई देशभर डढेलो बढेको छ। जसको धुवाँले वायु प्रदूषण पनि बढेको हो। यसैगरी वायु मण्डल स्थिर हुँदा अर्थात् चलायमान नहुँदा तल्लो वायु मण्डलमा रहेका धुलकणरफोहोर हट्न नपाएको मौसमविद् बताउँछन्।
मौसमविद्का अनुसार फाटफुट हल्का वर्षा हुने सम्भावना रहे पनि कम्तीमा आगामी तीन दिनसम्म डढेलो निभाउने, मौसमै सफा गराउने तथा वायु प्रदूषणै हटाउने गरी पर्याप्त वर्षा हुने सम्भावना छैन।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply