देशैभर बिहानैदेखि बढ्यो वायु प्रदूषण
काठमाडौं । आज बिहानैदेखि लगभग देशैभर तुवाँलो लागेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार देशका पहाडी र तराई भेग तुवाँलोले ढाकेको हो।
आज पश्चिमी क्षेत्रलगायत देशका केही स्थानमा हल्का वर्षाको सम्भावना त छ तर त्यो तुवाँलो हटाउन तथा मौसम सफा गराउन पर्याप्त नहुने बताए ।
काठमाडौं उपत्यकाकै केही स्थानमा आज फाटफुट वर्षाको सम्भावना देखिएको छ, तर यसले तुवाँलो हटाउने वा वायु प्रदूषण घटाउने सम्भावना छैन।
खासगरी पश्चिमी क्षेत्र तथा देशका अन्य पहाडी र तराई क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले ती स्थानमा तुवाँलो केही कम हुने सम्भावना देखिए पनि आज दिनभर नै लगभग देशभरै तुवाँलो रहने सम्भावना छ।
मौसमविद्का अनुसार चैतका बेला हावाहुरी चल्ने तथा मेघगर्जनसहित वर्षा हुनुपर्ने हो। तर निकै दिनदेखि त्यसो हुन नसक्दा मौसम सुक्खा भई देशभर डढेलो बढेको छ। जसको धुवाँले वायु प्रदूषण पनि बढेको हो। यसैगरी वायु मण्डल स्थिर हुँदा अर्थात् चलायमान नहुँदा तल्लो वायु मण्डलमा रहेका धुलकणरफोहोर हट्न नपाएको मौसमविद् बताउँछन्।
मौसमविद्का अनुसार फाटफुट हल्का वर्षा हुने सम्भावना रहे पनि कम्तीमा आगामी तीन दिनसम्म डढेलो निभाउने, मौसमै सफा गराउने तथा वायु प्रदूषणै हटाउने गरी पर्याप्त वर्षा हुने सम्भावना छैन।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply