नेपालपत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सुरु
काठमाण्डोैं । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज बुधबार चुनाव हुँदैछ। केन्द्रीय अध्यक्षलगायत विभिन्न पदहरूका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।
केन्द्रीय अध्यक्षका लागि गजेन्द्र बुढाथोकी, निर्मला शर्मा र विपुल पोखरेल गरी तीन जना उम्मेदवार मैदानमा छन्। तीमध्ये शर्मा र पोखरेलले प्यानल बनाएर चुनाव लडेका छन् भने बुढाथोकी स्वतन्त्र उम्मेदवार हुन्।
शर्माको प्यानलमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट पत्रकारहरू छन् भने नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियन, एमालेको माधवकुमार नेपाल समूह निकट पत्रकार र माओवादी केन्द्रको प्रेस सेन्टरले पोखरेलको नेतृत्वमा प्यानल बनाएका छन्।
त्यस्तै प्रदेश र जिल्ला, एसोसियट र प्रतिष्ठानतर्फको नयाँ नेतृत्वको लागि पनि आजै मतदान हुँदैछ।
महासंघमा १३ हजार बढी मतदाता छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply