नेपालपत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सुरु

काठमाण्डोैं । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज बुधबार चुनाव हुँदैछ। केन्द्रीय अध्यक्षलगायत विभिन्न पदहरूका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।
केन्द्रीय अध्यक्षका लागि गजेन्द्र बुढाथोकी, निर्मला शर्मा र विपुल पोखरेल गरी तीन जना उम्मेदवार मैदानमा छन्। तीमध्ये शर्मा र पोखरेलले प्यानल बनाएर चुनाव लडेका छन् भने बुढाथोकी स्वतन्त्र उम्मेदवार हुन्।
शर्माको प्यानलमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट पत्रकारहरू छन् भने नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियन, एमालेको माधवकुमार नेपाल समूह निकट पत्रकार र माओवादी केन्द्रको प्रेस सेन्टरले पोखरेलको नेतृत्वमा प्यानल बनाएका छन्।
त्यस्तै प्रदेश र जिल्ला, एसोसियट र प्रतिष्ठानतर्फको नयाँ नेतृत्वको लागि पनि आजै मतदान हुँदैछ।
महासंघमा १३ हजार बढी मतदाता छन्।
सम्बन्धित समाचार
-
कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने, संसद सचिवालयमा पत्र दर्ता
-
एमालेमा एकताको बिन्दुको खोजी
-
एमालेको नौ प्रदेश र ६७ जिल्ला नेतृत्वमा पुनर्गठन
-
दलहरुबीच नयाँ समन्वय र समझदारी कायम हुने सभामुखको विश्वास
-
उपत्यकासहित ठूला शहरमा एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
-
प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने
-
तत्काल कुनै क्षेत्र बन्द नहुने, आज नयाँ स्वास्थ्य मापदण्ड सार्वजनिक गरिने
-
अहिलेको संकटको मुख्य दोषी प्रधानमन्त्री – प्रदीप गिरी
-
सभामुखले बोलाउँदा किन गएनन् मुख्यमन्त्री छुट्टै बोलाए सर्वदलीय छलफल
-
लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुन्छ – मन्त्री केसी
-
निर्वाचन आयोगले फैसला नदिनु विडम्बना – नेता नेपाल
-
कांग्रेसको पदाधिकारी बैठक बस्दै
Leave a Reply